नौ महिनामा ७ हजार ९३ यूनिट ईभी आयत, चिनियाँ ब्राण्डको हिस्सा ६४ प्रतिशत

काठमाडौं– चालु आर्थिक वर्ष २०८०/०८१ को नौ महिनामा नेपालमा सात हजार ९३ विद्युतीय गाडी (ईभी) आयात गरिएको छ । यी गाडीहरूको आयात मूल्य १७ अर्ब ४९ करोड ४९ लाख ६९ हजार (करिब साढे १७ अर्ब) रुपैयाँ छ ।

यो अवधिमा आयातित विद्युतीय गाडीहरूबाट सरकारले सात अर्ब ७८ करोड २१ लाख ४० हजार रुपैयाँ राजस्व संकलन गरेको छ । फागुन मसान्तसम्म नेपालमा ६ हजार ४३५ विद्युतीय गाडी भित्र्याइएको थियो । चैत मसान्तसम्म एक महिनाको अवधिमा ६५८ ईभी नेपाल भित्र्याइएको हो ।

उक्त अबधीमा चिनबाट ४ हजार ५३३ युनिट ईभी आयत हुँदा भारतबाट २ हजार ४६० युनिट भित्रिएको छ । यसैगरी कोरियाबाट ४८, इन्डोनेसियाबाट ३७, जर्मनीबाट १२ र अमेरिकाबाट ३ यूनिट आयात गरिएको छ । यसरी आयत भएको ईभीमा चिनियाँ ब्राण्डले ६४ प्रतिशत हिस्सा ओगटेको छ भने भारतबाट आउने ईभीको बजार हिस्सा ३५ प्रतिशत छ ।

उक्त अबधिमा बीवाइडी एक्लैले ८ अर्ब ४ करोड बरावरको २ हजार ७१३ यूनिट इलेक्ट्रिक कार नेपाल भित्राएर बजार हिस्सा ३८ प्रतिशत पुर्याएको छ । चिनबाट अयात हुने ईभीमा उसको हिस्सा ६० प्रतिशत हाराहारी छ ।

चिनबाट बिवाइडी सहित एमजी, सेरेस, ओमोडा, जिएसी एवोन वाई, स्काइवेल, दिपल, ग्रेटवाल र नेटा लगायत ब्राण्डका ईभी आयत हुँदै आएको छ । भारतबाट भने टाटा, एमजी र सिट्रोन ब्राण्डका ईभीमात्रै आयत हुन्छन् । यसैगरी कोरियाबट हुन्डाई र किया, इन्डोनेसियाबाट वुलिङ, जर्मनीबाट बिएमडब्लु तथा औडी र अमेरिकाबाट टेस्ला ब्राण्डका ईभी आयत भइरहेको छ ।

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...