सम्भवतः नेपालकै पहिलो घटना – इलेक्ट्रिक ट्याक्सीमै जन्मियो शिशु
काठमाडौं – नेपालमा इलेक्ट्रिक ट्याक्सी अर्थात ईभी ट्याक्सी चल्न थालेको...
काठमाडौं – यो वर्षको मंसिर महिनामा कुल १ हजार २१० युनिट विद्युतीय कार, जिप र भ्यान नेपालमा आयात भएका छन् । यस अनुसार चालु आर्थिक वर्ष २०८१/८२ को पहिलो पाँच महिनामा कुल ४ हजार ६९५ युनिट विद्युतीय गाडी आयात भएका छन् ।
चालु आर्थिक वर्ष २०८१/०८२ को ५ महिनामा ११ अर्ब बढीको विद्युतीय सवारी (ईभी) आयात भएको छ । भन्सार विभागका अनुसार साउनदेखि मंसिर मसान्तसम्म ११ अर्ब २७ करोड २१ लाख रुपैयाँ बढीको ४ हजार ६९७ वटा कार, जिप र भ्यान आयात भएको हो । उक्त सवारी आयातबाट सरकारले ६ अर्ब ९६ करोड २८ लाख रुपैयाँ राजस्व संकलन गरेको छ ।
मंसिरमा सबैभन्दा धेरै ५० देखि १०० किलोवाट क्षमताका गाडी आयात भएका छन् । मंसिर महिनामा ५० देखि १०० किलोवाट सम्मका ६४६ युनिट गाडी आयात भएको भन्सार विभागको तथ्यांकले देखाएको छ । यसरी आएका गाडी चीनबाट ६१८ युनिट र भारतबाट २८ युनिट आयात भएको हो ।
दोस्रो धेरै आयात ५० किलोवाटसम्मका कुल ४४० युनिट आयात भएका छन् । ५० किलोवाट क्षमताभन्दा कमका मोटर जडान भएको गाडी पनि चीनबाट नै धेरै आयात भएका छन् । चीनबाट ३४१ युनिट र भारतबाट ९९ युनिट आयात भएको देखिन्छ ।
यी दुई बाहेक १०१ किलोवाट माथि २०० किलोवाटसम्मको सेग्मेन्टमा १२४ युनिट गाडी आयात भएका छन् ।
काठमाडौं – नेपालमा इलेक्ट्रिक ट्याक्सी अर्थात ईभी ट्याक्सी चल्न थालेको...
कलाकार हरिबंश आचार्य आफैमा रमाइला छन् । यो सबैलाई थाहा भएकै कुरा हो । केही...
काठमाडौँ – आगामी वैशाख १२ गते शुक्रबार, अप्रिल २५ मा ओमोडा एन्ड जेइकोले...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...