चीनमा एकै महिना २८ हजारभन्दा बढी बिक्री भएको लिपमोटर ए१० अब नेपाली सडकमा देखिने
काठमाडौँ–चिनियाँ ईभी निर्माता लिपमोटरको चर्चित कम्प्याक्ट एसयूभी ए१० ले...
काठमाडौं– नाडा अटो शो–२०२४ मा इलेक्ट्रिक गाडीको दबदबा देखिने भएको छ । भदौ ११ देखी १७ गतेसम्म अयोजना हुने उक्त शोमा इलेक्ट्रिक कार र भ्यान सहित ३ दर्जन ब्राण्डले सहभागिता जनाउन लागेको हुन् । मेलामा इलेक्ट्रिक टु–हिलरको सहभागिता समेत उल्लेख्य रुपमा हुनेछ ।
अटो शो–२०२४ मा सबैभन्दा बढी सिजी मोटर्सले ८ वटा ब्राण्डलाई शोकेस गर्ने भएको छ । सिजी मोटर्सले नेटा, आयोन वाई, एक्सपेङ, अवतार, राडार, केवाईसी र किङलङ ब्राण्डका इलेक्ट्रिक गाडी तथा हिरो ब्राण्डको मोटरसाकललाई शोकेस गर्न लागेको हो । कम्पनीले मेला स्थलबाटै एक्सपेङ, अवतार र राडार ब्राण्डलाई पहिलोपटक औपचारिक लन्च गर्ने योजना समेत बनाएको छ ।
सिजी मोटर्सपछि सबैभन्दा बढी ब्राण्ड एमएडब्लुले शोकेस गर्नेछ । उक्त ग्रुप अन्तर्गत बिक्री हुँदै आएका दिपल, सेरेस, र फोटोन ब्राण्ड मेलामा देखिने भएका हुन् । यसैगरी यो ग्रुपले पहिलोपटक नामी र सोकोन ब्राण्डलाई मेलास्थलबाटै औपचारिक लन्च गर्ने तयारी गरेको छ । एमएडब्लु ग्रुपले यामाहा मोटरसाइकललाई समेत प्रदर्शनीमा राख्नेछ ।
शारडा ग्रुपले ओमोडा र जीकर ब्राण्डका इलेक्ट्रिक कारलाई शोकेस गर्ने भएको छ । जसमध्ये जीकरलाई कम्पनीले पहिलोपटक औपचारिक लन्च समेत मेलास्थलबाटै गर्न लागेको हो । सांग्रिला मोटर्स सिट्रोन र लिप मोटर्सका ईभी लिएर मेलामा सहभगी हुँदैछ भने लक्ष्मी ग्रुप हुन्डाई ब्राण्डका ईभी तथा कम्वसन गाडी र नयाँ ब्राण्ड काईलाई लिएर सहभागी हुँदैछ ।
यसैगरी, मेलामा सिप्रदीले टाटा ब्राण्डका ईभी तथा कम्वसन गाडी, पारामाउन्ट मोटर्सले एमजी र बुलिङ, कन्टिनेन्टल ट्रेडिङले किया ब्राण्डका ईभी तथा कम्वसन गाडी, साइमेक्स ईकंले बीवाइडी,जी मोटर्सले स्काइवेल र एस क्यूप इन्टरप्राइजेजले हेनरी एबं भोल्ट्स ब्राण्डका ईभीलाई शोकेस गर्नेछन् ।
मेलामा इलेक्ट्रिक भ्यानको सहभागिता समेत उल्लेख्य रुपमा हुने भएको छ । इलेक्ट्रिक भ्यान तथा माइक्रोवस अन्तर्गत फोटोन, केवाईसी, किङलङ, एसआरएम, गोनाओ, स्काईवर्थ, डोङफेङ, सिएचटिसी, कामा, बिएडब्लु, डिएफएसके र वुलिङ ब्राण्ड सहभगाी हुनेछन् ।
मोलमा २ दर्जन हाराहारी ब्राण्डका इलेक्ट्रिक टु–ह्विलर, विभिन्न ब्राण्डका अटो कम्पोनेन्ट, ग्यारेज इक्विपमेन्ट, लुब्रिकेन्ट्स, टायर, ब्याट्री र बैंक तथा वित्तिय संस्था गरी कुल १०० हाराहारी स्टल रहने आयोजक संस्था नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालले जनाएको छ ।
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...