टिसर्ट, झोलादेखि मोटरसाइकलमा स्टिकर टाँसेर गरिने विज्ञापनमा पनि कर लाग्ने
काठमाडौँ महानगरपालिकाले टिसर्ट, झोलादेखि मोटरसाइकलमा स्टिकर टाँसेर...
पेट्रोलियम पदार्थबाट चल्ने सवारी साधनको विकल्पका रुपमा विकास भएको इभीको प्रयोग पछिल्लो समय निकै व्यापक वनिरहेको छ । इभीको खपत उच्च गतीमा वढ्न थालेसंगै भोलीका दिनमा यसले वातावरण प्रदुषणमा पार्न सक्ने असर र प्राकृतिक स्रोतको दोहनलाई नियन्त्रण कसरी गर्न सकिन्छ भन्ने विषयमा वहस चर्किदै गएको छ ।
इभीमा प्रयोग हुने व्याट्री निकै ठूलो आकारको हुने हुँदा प्रयोगमा आइसकेपछि यसको उचित व्यवस्थापन कसरी गर्ने भन्ने विषयले अहिले वातावरण संरक्षणका क्षेत्रमा काम गर्ने संघसंस्था सहित यस्ता साधन उत्पादन गर्ने कम्पनी र विश्व समुदायकै टाउको दुखाइरहेको छ ।
व्याट्रीमा प्रयोग हुने कतिपय रसायनहरु एकदमै हानिकारक हुने कारण पनि यसको उचित व्यवस्थापन अत्यत्तै जरुरी देखिएको हो । त्यसमाथी यसमा प्रयोग हुने कतिपय पदार्थहरु अत्यन्त दुर्लभ मानिने हुँदा यसको संरक्षण पनि उत्तिकै महत्वपूर्ण वनिरहेको छ ।
इभीमा प्रयोग हुने व्याट्रीको उचित व्यवस्थापन कसरी गर्न सकिएला भनेर अहिले विभिन्न संघसंस्थाहरुले अध्यायन गरिरहेका छन् । व्यवस्थापन कसरी गर्ने भन्ने विषयमा ठोस निचोड नआइसके पनि उचित विकल्पका रुपमा यसको रिसाक्लिङलाई लिन थालिएको छ । व्याट्रीको रिसाइक्ल गरिँदा यी फाइदा पुग्ने विभिन्न अध्यायनहरुले देखाएका छन् ।
वहुमूल्य धातुलाई पुन प्रयोगमा ल्याउन र यसको उत्खनन कम गर्न
इलेक्ट्रिक कारमा प्रयोग हुने व्याट्रीमा लिथियम, निकेट र कोवाल्ट जस्ता अत्यन्तै दुर्लभ एवं वहुमुल्य धातुको प्रयोग गरिएको हुन्छ । पृथ्वीको केही सिमित स्थानमा मात्र पाइने यस प्रकारको धातुको उचित संरक्षण गर्न यसको खपतलाई कम गर्नुपर्छ । प्रयोगमा आइसकेको व्याट्रीलाई रिसाइकल गरेर यी धातुलाई पुन प्रयोगमा ल्याउन सके यसले उत्खननलाई कम गर्छ र यस्ता दुर्लभ पदार्थको संरक्षण पनि हुन्छ ।
व्याट्रीको लागत कम गर्न
रिसाइकल गरेर पुन प्रयोगमा ल्याउन सकिए इभी व्याट्रीको लागत समेत कम पर्छ । व्याट्रीको लागत कम हुने वित्तिकै गाडीको मूल्य समेत कम हुन्छ र यसले इभीको प्रयोगलाई वढवा दिन्छ । अहिले इभीको ५० प्रतिशत हाराहारी लागत व्याट्रीले ओगट्दै आएको कारण यी साधन महंयो वनिरहेको छ ।
वातावरण जोगाउन र यसको उचित संरक्षण गर्न
व्याट्रीमा प्रयोग हुने रसायनहरु मानव स्वास्थ्यका लागी निकै हानिकारक समेत हुन्छन् । जसका कारण व्याट्रीलाई जथाभावी फाल्दा अर्थात नष्ट गर्दा यसबाट निस्कने रसायनले ठूलै क्षती पु¥याउँछ । यदी यसलाई उचित तवरबाट रिसाइकल गर्न सकिए बातावरणमा हुने संभावित क्षतिलाई न्युनिकरण गर्न त सकिन्छ नै साथमा यसबाट दिर्घकालसम्म लाभ उठाउन पनि सकिन्छ ।
काठमाडौँ महानगरपालिकाले टिसर्ट, झोलादेखि मोटरसाइकलमा स्टिकर टाँसेर...
नेपाली बजारमा सय भन्दा बढी ब्रान्डका ब्रेक शु उपलब्ध छन् । दुई पांग्रे र...
काठमाडौं – गएको भदौ २३ र २४ गते जेनजी आन्दोलनका क्रममा भएका भौतिक तथा अन्य...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...