चीनमा एकै महिना २८ हजारभन्दा बढी बिक्री भएको लिपमोटर ए१० अब नेपाली सडकमा देखिने
काठमाडौँ–चिनियाँ ईभी निर्माता लिपमोटरको चर्चित कम्प्याक्ट एसयूभी ए१० ले...
काठमाडौं - चालु आर्थिक वर्ष २०८२/०८३ को ५ महिनामा ३ हजार ८ सय युनिट विद्युतीय सवारी साधन (ईभी जीप, कार र भ्यान) आयात भएका छन् । भन्सार विभागले सार्वजनिक गरेको तथ्यांक अनुसार गत साउनदेखि मंसिर सम्ममा ३ हजार ७९८ युनिट ईभी आयात भएका हुन् ।
यस अवधिमा ५० किलोवाट सम्मका १ हजार २१५ युनिट ईभी नेपाल भित्रिएका छन् । यस्तै, ५१ देखि १०० किलोवाट सम्मका २ हजार १६४ युनिट, १०१ देखि २०० किलोवाट सम्मका ४१४ युनिट र २०१ देखि ३०० किलोवाट सम्मका ५ युनिट ईभी नेपालमा आयात भएको भन्सार विभागले जनाएको छ ।
८ अर्ब ९५ करोड ५१ लाख ४० हजार मूल्य बराबरका यी विद्युतीय कार आयात हुँदा सरकारले ५ अर्ब ५६ करोड ३३ लाख ९८ हजार रुपैयाँ राजस्व प्राप्त गरेको छ ।
गत आर्थिक वर्षको ५ महिनाको तुलनामा यस वर्षको सोही अवधिमा ईभी आयात घटेको हो । गत वर्ष साउनदेखि मंसिर मसान्तसम्म ४ हजार ६९५ युनिट विद्युतीय कार आयात भएका थिए ।
त्यसैगरी सोही अवधिमा नेपालमा पेट्रोलियम पदार्थबाट चल्ने गाडी अर्थात आईसीई इन्जिनयुक्त गाडी ३ हजार १५८ युनिट भित्रिएका छन् । विभिन्न क्षमताका पेट्रोल र डिजेल इन्जिनबाट चल्ने गाडी विशेष गरी भारतबाट बढी संख्यामा भित्रिएका छन् ।
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...