मारुती सुजुकीका ३ नयाँ कारको नाम एस्पाको, लिबर्टा र सोलिडो हुने

मारुती सुजुकीले ३ वटा नयाँ कारको लागि ट्रेडमार्क गरेको छ । कम्पनीले एस्पाको, लिबर्टा र सोलिडोको लागि ट्रेडमार्क गराएको हो । कम्पनीले भविष्यमा यी नाम प्रयोग गरी नयाँ कार निर्माण गर्ने सम्भावना रहेको छ ।

यद्यपि सो कार कुन सेगमेन्टको लागि हो भन्ने जानकारी दिइएको छैन । सम्भावित रिपोर्ट अनुसार यी कारको नाम एमपीभीको रुपमा प्रयोग गरिनेछ । जसलाई कम्पनीको लोकप्रिय एमपीभी मारुती अर्टिगा भन्दा तल राखिनेछ ।

एस्पाको शब्द स्पेनिशबाट लिएको हो । जसमा स्पेस शब्दको उच्चारण भइरहेको छ । जसको अर्थ सो कार फेमिली बेस्ड एमपीभीको लागि प्रयोग गरिनेछ । लिबर्टा शब्द लिवर्टीबाट लिइएको हो । सोलिडो अंग्रेजी शब्द सोलिडबाट लिइएको हो ।

सुजुकीले पहिलादेखि नै अन्तर्राष्ट्रिय बजार जेडीएम–स्पेक वागनआरको अधिक प्रिमियम एडिशन सोलियो बिक्री गरिरहेको छ । एस्पाको, लिबर्टा र सोलिडो भविष्यमा इलेक्ट्रिक कार हुने सम्भावना पनि रहेको छ । सोलिडो र लिबर्टा नाम केही हदसम्म एसयूभी/क्रसओभरसँग सम्बन्धित रहेको छ ।

भारतमा ५ सिटर भएको सो मिड साइज कारको एसयूभी हुन्डाई क्रेटा र किया सेल्टोससँग प्रतिस्पर्धा हुनेछ । कम्पनीले सो कार प्रिमियम नेक्सा डिलरशीपको माध्यमले बिक्री गर्नेछ । जबकि एस्पाको चाहिं अर्टिगा र इनोभा क्रिस्टाको बीचको स्लट हुने अनुमान गरिएको छ ।

 

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...