नेपाली बजारमा भित्रियो एस्कर्ट्सको डीजीम्याक्स थ्रीई ब्याक्हो लोडर

काठमाडौ – नेपालको लागि एक्स्कर्ट्स मेसिनहरुको आधिकारिक बिक्रेता आइएमई अटोमोटिभ्सले एक्स्कर्ट्सको हेभी इक्विपमेन्ट सेगमेन्टमा नयाँ मेसिन डीजीम्याक्स थ्रीई ब्याक्हो लोडरको बिक्री खुल्ला गरेको छ ।

नयाँ मेसिन अत्यधिक कार्यक्षमतासहित डिजाइन अरुभन्दा फरक रहेको छ । अपरेटरलाई काम गर्न सजिलो होस् भनेर ठुलो क्याबिन बनाइनुका साथै फ्युल इफिसेन्सीमा बिशेष ध्यान दिएको छ ।

डीजीम्याक्स थ्रीई ब्याक्हो लोडरमा अगाडी रहेको बोनेट हुडलाई इटालियन क्याबिन डिजाइनबाट साभार गरी बिशेष आकर्षक बनाइएको छ ।

रात्रीकालीन समयमा काम गर्न सजिलो होस् भन्ने उद्देश्यका साथ मेसिनको लाइटिङ्ग सिस्टममा पावरफुल तथा ठुलो साइजका एलईडी लाइटहरु प्रयोग गरिएको छ । अपरेटर कम्फर्टलाई ध्यानमा राखी आरामदायी सिट र राम्रो भेन्टिलेसन सिस्टम जडान गरिएको छ । अगाडि र पछाडि दुबैतिर क्याबिनको झयाल खोल्न सकिनेछ जस्ले गर्दा अपरेटरलाई मेसिन चलाउँदा भिजिबिलिटी राम्रो हुनेछ । स्टेयरिङ चलाउँदा सजिलो होस् भनेर आफ्नो इच्छा अनुसार एडजस्ट पनि गर्न सकिने पावर स्टेयरिङ दिइएको छ ।

सहजै मेसिन संचालन गर्नलाई स्विच साथै इन्स्ट्रयुमेन्ट बोर्डहरुमा लाइटिङको व्यवस्था गरिएको छ भने टुल्सहरु राख्न एक्स्ट्रा स्पेसको प्रावधान रहेको छ । यो मेसिन बजारमा उपलब्ध मेसिनहरुभन्दा अत्याधुनिक तथा युजर फ्रेन्ड्ली भएको कम्पनीका बिजनेस हेड कुलदीप घिमिरेले बताए ।

डीजीम्याक्स थ्रीई चौथो जेनेरेसन फिचर्समा आधारित छ । इक्विपमेन्ट मोनिटरिङ्ग सिस्टम जडान भएको हुँदा अपरेटरले मेसिन सञ्चालनको क्रममा मेसिनको बारेमा सम्पूर्ण जानकारी पाउने छन् । मेसिनको अपरेशन खर्च कम लाग्ने भएकाले ब्याक्हो लोडर सेगमेन्टमा एक्स्कर्ट्सको राम्रो मार्केट शेयर बढ्ने अनुमान गर्न सकिन्छ ।

नेपालमा एक्स्कर्सको झण्डै ११०० युनिटभन्दा पनि बढी मेसिनहरु छन् । आइएमई अटोमोटिम्स प्रालिले देशभरका १२ वटै शाखा अन्तर्गत २०१४ देखी एक्स्कर्स कन्ट्रक्सन इक्विपमेन्टका ब्याक्हो लोडर, स्वाइल कम्प्याक्टर, हाइड्रा क्रेनहरु बिक्री–वितरण गर्दै आएको छ ।

क्रेन सेगमेन्टमा एक्स्कर्ट्स नेपालकै नबर १ ब्राण्ड रहेको र ग्राहकको रोजाई अनुसार मेसिनहरु अझै अपग्रेड तथा अपडेट गरेर बजारमा ल्याउँदै जाने घिमिरेले बताएका छन् ।

 

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...