इकोविट विद्युतीय स्कुटर खरिदमा माछापुछ्रे बैंक मार्फत कर्जा सुविधा

काठमाडौँ । इकोविट ब्राण्डका विद्युतीय स्कुटर र माछापुछ्रे बैंक लिमिटेडबिच सम्झौता भएको छ । सम्झौता अनुसार इकोविट ब्राण्डका विद्युतीय स्कुटर खरिद गर्दा माछापुछ्रे बैंक लिमिटेड द्वारा क्रेडिट कार्ड मार्फत कर्जा सुविधा उपलब्ध हुने भएको छ ।

सो सम्झौतामा माछापुछ्रे बैंकको केन्द्रिय कार्यालयमा बैंकका डिजिटल बैंकिङ्गका डेपुटी चीफ उज्ज्वल पाण्डे र इकोविट नेपालका प्रबन्ध निर्देशक हारुन खानका बीच सम्झौता पत्रमा हस्ताक्षर गरेका हुन् ।

कर्जा सुविधा अनुसार इकोविट ब्राण्डका विद्युतीय स्कुटर खरिद गर्दा ग्राहकले आफ्नो आम्दानी खुल्ने कागजात उपलब्ध गराएको बढीमा ५ दिनभित्रमा स्कुटर लैजान पाउने कम्पनीले जनाएको छ ।

कम्पनीका अनुसार कर्जा सुविधा अनुसार ६ महिना देखि १८ महिनासम्मको सुविधा उपलब्ध गराइनेछ । जस अन्तर्गत ग्राहकले सो वापत व्याज तिर्नु पर्दैन । शुन्य प्रतिशतको व्याजदरमा उक्त कर्जा उपलब्ध गराइनेछ ।

सम्बन्धित समाचारहरू

सिप्रदी ट्रेडिङ र ओरियन्टल इन्स्योरेन्सबीच नगदरहित बीमा दावी सम्झौता, टाटा गाडीको बीमा दावी सहज हुने

सिप्रदी ट्रेडिङ र ओरियन्टल इन्स्योरेन्सबीच नगदरहित बीमा दावी सम्झौता, टाटा गाडीको बीमा दावी सहज हुने

काठमाडौं – टाटा मोटर्सको नेपालका लागि आधिकारिक वितरक सिप्रदी ट्रेडिङ...

बढेन बैंकहरुको निक्षेपको ब्याजदर, गाडी किन्नका लागि अटो लोनको दर पनि उही

बढेन बैंकहरुको निक्षेपको ब्याजदर, गाडी किन्नका लागि अटो लोनको दर पनि उही

काठमाडौं – बैंकहरुले निक्षेप लगायतका बैंकका विभिन्न ब्याजदर बढाएका छैनन्...

नगद मार्जिनको व्यवस्था हटाउने राष्ट्र बैंकको निर्णयलाई नाडाले गर्यो स्वागत

नगद मार्जिनको व्यवस्था हटाउने राष्ट्र बैंकको निर्णयलाई नाडाले गर्यो स्वागत

नेपाल राष्ट्र बैंकले १३ महिना अघि लागु गरेको सवारी साधन तथा स्पेयर पार्ट्स...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...