नेपाल भित्रियो अर्को इलेक्ट्रिक स्कुटर ब्रान्ड इनिग्मा, यस्ता छन् स्कुटरको मूल्य र विशेषता

काठमाडौं - राइजिङ ट्रेडिङ कम्पनी प्रालिले इनिग्मा ब्रान्डको विद्युतीय स्कुटर सार्वजनिक गरेको छ । कम्पनीले इनिग्माका चार मोडल नेपाली बजारमा सार्वजनिक गरेको हो ।

कम्पनीले सोमबार सार्वजनिक गरेका मोडलमा CRINK PRO, N8, CRINK V1 र GT 450 PRO छन् । भारतमा निर्मित इनिग्माका स्कुटरहरु पावर र माइलेजमा ’बेस्ट इन क्लास’ मानिन्छन् । यी स्कुटरको सञ्चालन खर्च प्रतिकिलोमिटर २८ पैसाभन्दा कम पर्ने कम्पनीले जनाएको छ ।

उत्कृष्ट टर्कका लागि ३० एमएम मोटर म्याग्नेट दिइएको यो स्कुटरमा ब्याट्रीको लामो आयुका लागि स्मार्ट वीएमएस प्रवधि जडान गरिएको छ । अत्यन्तै कम मर्मत खर्चमा सञ्चालन गर्न सकिने यी स्कुटरमा ३ एमएम हाई ग्रेड एवीएस बडी पार्टस् छ । क्रुज कन्ट्रोल, रिभर्स गियर, किलेस राइडिङ, सेन्ट्रल लकिङ, एन्टी थेप्ट अलार्म सिस्टम, यूएसबी पोर्ट, फाइन्ड माई स्कुटर, जीपीएस ट्र्याकिङ, जिओ ट्यागिङ लगायत विशेषता यी स्कुटरमा छन् ।

सहरी र ग्रामीण दुवै इलाकाका लागि उपयुक्त इनिग्माका विद्युतीय स्कुटरहरु आरामदायी र उत्कृष्ट राइडिङ अनुभव प्रदान गर्ने गरी डिजाइन गरिएको कम्पनीका प्रबन्ध निर्देशक अजिज श्रेष्ठले बताए । उनले भने, ’पावर र पफर्मेन्समा प्रतिस्पर्धी सरहका स्कुटर सुपथ मूल्यमा उपलब्ध गराउने हाम्रो उद्देश्य हो । त्यसैले हामीले भारतको लोकप्रिय ब्रान्ड यहाँ ल्याएका छौं।’

भारतबाट आयातित स्कुटर भएकोले सपोर्ट सिस्टम राम्रो रहेको र पार्टपुर्जाहरु सजिलै पाइने पनि उनको भनाइ रहेको थियो । CRINK PRO को २ लाख ९५ हजार रुपैया, N8 को २ लाख ५० हजार रुपैयाँ, CRINK V1 को २ लाख ६० हजार रुपैयाँ र GT 450 PRO को २ लाख ३५ हजार रुपैयाँ मूल्य तोकिएको छ । उपरोक्त मुल्य सीमित अवधिको लागी मात्र रहेको कम्पनीले जनाएको छ ।

CRINK PRO

यो मोडलको रेटेड पावर ३००० वाट र पिक पावर ४५०० वाट छ । प्रतिघन्टा ८० किलोमिटरसम्म स्पिड रहेको यो स्कुटर एकपटकको फुल चार्जमा ९० किलोमिटरसम्म कुछ । ३५६ किलोग्राम लोडिङ क्यापासिटी रहेको क्रिङ्क प्रोमा २.२२ किलोवाटको ब्याट्री दिइएको छ । व्याट्री चार्ज हुन ४ देखि ५ घन्टा लाग्ने यो स्कुटरको ग्राउन्ड क्लियरेन्स १७० एमएम छ । २० लिटरको बुट स्पेस रहेको क्रिङ्क प्रो निलो, कालो र सेतो कलर भेरिएन्टमा उपलब्ध छ ।

N8

यो मोडलको रेटेड पावर १५०० वाट र पिक पावर ३००० वाट छ । प्रतिघन्टा ६५ किलोमिटरसम्म स्पिड रहेको यो स्कुटर फुल चार्जमा १२० किलोमिटरसम्म कुछ । २२६ किलो लोडिङ क्यापासिटी रहेको एन मा २.२८ किलोवाटको व्याट्री दिइएको छ । व्याट्री चार्ज हुन ४ देखि ५ घन्टा लाग्ने यो स्कुटरको ग्राउन्ड क्लियरेन्स १६० एमएम छ ।

यसमा २४ लिटरको बुट स्पेस छ । क्रिङ्क प्रो निलो, खैरो र सेतो कलर भेरिएन्टमा उपलब्ध छ ।

CRINK V1

रेटेड पावर २००० वाट रहेको यो स्कुटरको पिक पावर ३००० वाट छ । प्रतिघन्टा ६५ किलोमिटरसम्म स्पिड रहेको यो स्कुटर फुल चार्जमा १२० किलोमिटरसम्म कुद्छ ३०० किलो लोडिङ क्यापासिटी रहेको क्रिक भीआईमा २.२२ किलोवाट आवरको व्याट्री दिइएको छ । ब्याट्री चार्ज हुन ४ देखि ५ घन्टा लाग्ने यो स्कुटरको ग्राउन्ड क्लियरेन्स २१० एमएम छ ।

यसमा १० लिटरको बुट स्पेस रहेको छ । क्रिङ्क भीआई पाँच कलर भेरिएन्टमा उपलब्ध छ ।

GT 450 PRO

यसको रेटेड पावर १५०० वाट र पिक पावर ३००० वाट छ । प्रतिघन्टा ६५ किलोमिटरसम्म स्पिड रहेको यो स्कुटर फुल चार्जमा १२० किलोमिटरसम्म कुद्छ । २३० किलो लोडिङ क्यापासिटी रहेको क्रिक भीआईमा २.२४ किलोवाट आवरको व्याट्री दिइएको छ । ब्याट्री चार्ज हुन ४ देखि ५ घन्टा लाग्ने यो स्कुटरको ग्राउन्ड क्लियरेन्स १८० एमएम छ ।

यसको बुट स्पेस १५ लिटरको छ । जीटी ४५० प्रो चार कलर भेरिएन्टमा उपलब्ध छ ।

कम्पनीले सबै मोडलका व्याट्रीमा ३ वर्षको वारेन्टी दिएको छ । अगाडि, पछाडि दुवैतिर डिस्क ब्रेक रहेको स्कुटरमा अगाडी हाइड्रोलिक सस्पेन्सन र पछाडि डुअल सकर छ । बत्तीहरु एलईडी छन् ।

सम्बन्धित समाचारहरू

युरोपमा सस्तो ईभीको दौड तीव्र, चिनियाँ ब्रान्डको दबाबमा ठूला अटो निर्माता सक्रिय

युरोपमा सस्तो ईभीको दौड तीव्र, चिनियाँ ब्रान्डको दबाबमा ठूला अटो निर्माता सक्रिय

युरोपेली बजारमा चिनियाँ विद्युतीय सवारीसाधन (ईभी) ब्रान्डहरूको प्रभाव...

पोखरामा खुल्यो सेगवेको नयाँ शोरुम

पोखरामा खुल्यो सेगवेको नयाँ शोरुम

सेगवे ई–स्कुटरको नेपालका लागि आधिकारिक वितरक आईहब प्रालिले पोखराको...

एमजी जेडएस ईभीको लोकप्रियता : भारतमा १० हजार युनिट बिक्री, नेपालमा २ महिनामै ५ सय बुकिङ

एमजी जेडएस ईभीको लोकप्रियता : भारतमा १० हजार युनिट बिक्री, नेपालमा २ महिनामै ५ सय बुकिङ

एमजी जेडएस ईभी भारतका साथै नेपाली बजारमा समेत चर्चित छ । भारतमा सन् २०२०...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...