यस्तो छ हुन्डाईको पेट्रोल गाडीमा सिफारिस गरिएको इन्जिन आयल

इन्जिन सवारीसाधनको सबैभन्दा महत्वपूर्ण र संबेदनशिल अंग हो । इन्जिन बलियो र कन्डिसनमा रहेमात्र सवारीसाधनले राम्रो पर्फमेन्स दिन्छ । इन्जिनभत्रि पनि बिभिन्न प्रकारका कम्मोनेन्ट राखिएका हुन्छन् र तिनले राम्रो तवरबाट कार्य गर्न गुणस्तरिय इन्जिन आयलले महत्वपूर्ण भुमिका खेलेको हुन्छ । इन्जिनलाई मानब शरिरको मुटुसंग समेत दाजेर हेर्ने गरिन्छ । जसरी मुटु स्वस्थ रहन सुद्ध र हानिकारक रहित रगतको आबश्यक पर्छ, सवारीसाधनको इन्जिनलाई बलियो र टिकाउ बनाइराख्न गुणस्तरिय इन्जिन आयल त्यत्तिकै महत्वपूर्ण रहन्छ ।

सवारीसाधनमा जडान गरिएको इन्जिनको प्रकृती अनुसार यसमा प्रयोग गरिने इन्जिन आयल समेत बिभिन्न प्रकारका हुन्छन् । हाल बजारमा मिनरल र सिन्थेटिक बेशमा आधारित इन्जिन आयल उपलब्ध रहँदै आएका छन् । जसमध्ये अधिकांश प्यासेन्जर कारमा सिन्थेटिक बेशको इन्जिन आयल प्रयोग गर्न सिफारिस गरिएको पाइन्छ ।

यस्तोमा ग्राहकले उत्पादक कम्पनीले सिफारिस गरेको ग्रेड र भिस्कोसिटीलाई आधार मानेर प्रचलित ब्रान्डको गुणस्तरिय आयललाई मात्र प्रयोग गर्नु उचित मानिन्छ । हरेक अटो उत्पादक कम्पनीले आफ्नो सवारीसाधनमा प्रयोग गर्न भनेर भिन्न ग्रेडका इन्जिन आयललाई सिफारिस गर्दै आइरहेका छन । यसै क्रममा हामीले हुन्डाईको नेपाली बजारमा उपलब्ध बिभिन्न मोडलका पेट्रोल इन्जिनमा सिफारिस गरिएको इन्जिन आयलबारे जानकारी दिएका छौ ।

हुन्डाइको इन्ट्रि लेभल ह्याचब्याक इओनमा ५ डब्लु ३० ग्रेडको इन्जिन आयल सिफारिस गरिएको छ । यसको ८ सय सिसी इन्जिनमा २.५ लिटर र हजार सिसीमा ३ लिटर इन्जिन आयल राख्नुपर्ने हुन्छ । सेन्ट्रोमा ५ डब्लु ३० र ० डब्लु ३० ग्रेडको इन्जिन आयल राख्न सिफारिस गरिएको छ । यसको पुरानो मोडलमा ३.१ लिटर र नयाँ मोडलमा ३ लिटर आयल राख्नुपर्ने हुन्छ ।

आई१० र ग्रान्ड आई१० मा ५ डब्लु ३० तथा ग्रान्ड आई१० निओस बिएस६ मा ० डब्लु ३० ग्रेडको आयल प्रयोग गर्न सिफारिस गरिएको छ । यी कारमा क्रमश ३ लिटर र ३.६ लिटर आयल राख्नुपर्ने हुन्छ । आई२० को सम्पूर्ण पुरानो मोडलमा पनि ५ डब्लु ३० ग्रेडकै इन्जिन आयल र अल न्यू आई२० मा भने एपिआई एसएन प्ल्स ० डब्लु २० ग्रेडको इनिजन आयल राख्न सिफारिस गरिएको छ । यो गाडीमा ३.६ लिटर आयल राख्नुपर्ने हुन्छ ।

भेर्नाको पुरानो मोडलमा ५ डब्लु ३० र नयाँमा ० डब्लु २० ग्रेडको इन्जिन आयल प्रयोग गर्न सिफारिस गरिएको छ । यो गाडीमा ३.६ र ३ .८ लिटर आयल राख्नुपर्ने हुन्छ । त्यसैगरी एसेन्ट, सोनाटा, एक्सेन्ट, इलेन्ट्रा, क्रेटा र अल न्यू क्रेटा(२०१८), अल न्यू टुसान बिएस४ र भेन्यू मा पनि ५ डब्लु ३० ग्रेडकै आयल प्रयोग गर्न सिफारिस गरिएको छ । यी गाडीमा मोडल अनुसार ३.३ देखी ४.६ लिटरसम्म आयल राख्नुपर्ने हुन्छ ।

औरा १.२ लिटर, अल न्यू क्रेटा(२०२०) र भेन्यू १.२ लिटर एमपिआईमा एपिआई एसएन प्ल्स ० डब्लु २० ग्रेडको आयल सिफारिस गरिएको छ । यी गाडीमा ३.६ लिटर आयल राख्नुपर्ने हुन्छ । अल न्यू क्रेटा र अल न्यू टुसान बिएस६ मा भने ० डब्लु ३० ग्रेड प्रयोग गर्न सिफारिस गरिएको छ । जसमध्ये क्रेटामा ४.२ र टुसानमा ४ लिटर आयल राख्नुपर्ने हुन्छ ।

हुन्डाइले यी सम्पूर्ण मोडलमा सेल ब्रान्डको इन्जिन आयललाई ओइएममा प्रयोग गर्दै आइरहेको पाइए पनि नेपालमा भने टोटल र अन्य केही ब्रान्डको प्रयोग भैरहेको छ । १० हजार किलोमिटर अर्थात १ बर्ष जुन पहिले आउँछ त्यसैको आधारमा इन्जिन आयल फेर्न कम्पनीले सुझाब दिएको छ । ।

सम्बन्धित समाचारहरू

कम्पनीको वेबसाइटबाट हट्यो हुन्डाई इलान्ट्रा, अपग्रेडको सम्भावना

कम्पनीको वेबसाइटबाट हट्यो हुन्डाई इलान्ट्रा, अपग्रेडको सम्भावना

हुन्डाई इलान्ट्रा कम्पनीको वेबसाइटबाट हटाइएको छ । कम्पनीले सो कार बन्द...

३ इन्जिन विकल्पसहित लन्च हुने तयारीमा नयाँ हुन्डाई भेन्यु

३ इन्जिन विकल्पसहित लन्च हुने तयारीमा नयाँ हुन्डाई भेन्यु

हुन्डाई मोटर्सले भारतीय बजारमा आगामी हप्ता नयाँ पुस्ताको हुन्डाई भेन्यु...

हुन्डाई इलेक्ट्रिक गाडीमा प्रि-बजेट अफर, तीन गाडी किन्दा विशेष लाभ

हुन्डाई इलेक्ट्रिक गाडीमा प्रि-बजेट अफर, तीन गाडी किन्दा विशेष लाभ

काठमाडौं – नेपालका लागि हुन्डाई गाडीको आधिकारिक वितरक लक्ष्मी...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...