नेपाल भित्रिए इटालियन ब्रान्ड इनर्जिकाका प्रिमियम इलेक्ट्रिक मोटरसाइकल

काठमाडौं – नेपाली बजारमा इटालियन ब्रान्ड इनर्जिकाका इलेक्ट्रिक मोटरसाइकल भित्रिएका छन् । नेपालका लागि आधिकारिक वितरकको रुपमा इन्ड्युरो मोटर्सले इनर्जिका इलेक्ट्रिक मोटरसाइकल बिक्रीका लागि उपलब्ध गराउने भएको हो ।

चार मोडलका इलेक्ट्रिक मोटरसाइकल उपलब्ध छन् । नक्सालस्थित सोरुममा यी इलेक्ट्रिक मोटरसाइकल अवलोकन गर्न सकिन्छ ।

डुकाटी, बेनेली जस्ता प्रिमियम ब्रान्डको कारोबार गरिरहेको समूहले नै इनर्जिकाका इलेक्ट्रिक मोटरसाइकल नेपाल भित्र्याएको हो । यही समूहले नै नेपाली बजारमा इभोक ब्रान्ड समेत भित्र्याएको समाचार केही दिन पहिले सार्वजनिक भएको थियो ।

इनर्जिकाका चार मोडल नेपाली बजारमा उपलब्ध हुने छन् । इनर्जिका इगो, इगो प्लस आरएस, ईएसएसई ९ र इभा रिबेल गरी चार मोडल छन् ।

यी मध्ये इनर्जिका इगो, इगो प्लस आरएस र इभा रिबेल सबैमा ११० किलोवाट पावर छ भने ईएसएसई ९ मा ८० किलोवाट पावर छ । यी मोटरसाइकलको मूल्य भने अहिले सार्वजनिक गरिएको छैन । यसको मूल्य केही दिनमै सार्वजनिक गरिने कम्पनीको भनाइ छ । यी मोटरसाइकलले सिंगल चार्जमा ४२० किलोमिटर सम्मको रेन्ज दिने कम्पनीको भनाइ छ ।

इनर्जिकाले गत वर्ष अन्तर्राष्ट्रिय बजारमा सिंगल चार्जमा ४२० किलोमिटर चल्ने र ४० मिनेटमै ८० प्रतिशत चार्ज हुने एड्भेन्चर मोटरसाइकल ‘एक्सपेरिया’ समेत सार्वजनिक गरेको थियो । आगामी दिनमा यो बाइक समेत नेपाली बजारमा उपलब्ध हुने अनुमान गर्न सकिन्छ ।

सम्बन्धित समाचारहरू

बीवाईडीद्वारा नयाँ भेरिएबल–फ्लक्स मोटर प्रविधिसम्बन्धी चारवटा नयाँ पेटेन्ट सार्वजनिक

बीवाईडीद्वारा नयाँ भेरिएबल–फ्लक्स मोटर प्रविधिसम्बन्धी चारवटा नयाँ पेटेन्ट सार्वजनिक

चिनियाँ विद्युतीय सवारी निर्माता कम्पनी बीवाईडीले भेरिएबल–फ्लक्स...

ईभीमा कर नबढाउन र तत्काल युरो–६ मा नजान नेपाल चेम्बर अफ कमर्सको सुझाव

ईभीमा कर नबढाउन र तत्काल युरो–६ मा नजान नेपाल चेम्बर अफ कमर्सको सुझाव

काठमाडौँ–नेपाल चेम्बर अफ कमर्सले आगामी आर्थिक वर्षमा विद्युतीय...

नेपालमा जिकर गाडी वितरणका लागि जिकर र पायोनियर मोटो कर्पबीच सम्झौता

नेपालमा जिकर गाडी वितरणका लागि जिकर र पायोनियर मोटो कर्पबीच सम्झौता

काठमाडौं – चीनको अग्रणी अटोमोबाइल निर्माता गिली ग्रुप अन्तर्गतको...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...