इम्बोस्ड नम्बर प्लेट जडान गर्न तेस्रो पटक म्याद थप्ने विभागको तयारी

काठमाडौं–यातायात व्यवस्था विभागले इम्बोस्ड नम्बर प्लेट जडान गर्नका लागि ठेकेदार कम्पनीको म्याद पुनः थप गर्ने तयारी गरेको छ । इम्बोस्ड नम्बर प्लेटको बिषयमा सर्वसाधारणबाट चौतर्फी विरोध भएपछि जडान कार्य रोकिएको थियो ।

जडान कार्य रोकिएपछि ठेक्केदार कम्पनीको सम्झौता म्याद सकिएपछि अहिले फेरी म्याद थप्ने सरकारले तयारी थालेको हो । यसअघि दुई पटक म्याद थप भएको थियो ।

फेरि तेस्रो पटक म्याद थप गर्ने तयारी भएको यातायात व्यवस्था विभागले जनाएको छ । विभागका महानिर्देशक राजीव पोखरेलले इम्बोस्ड नम्बर प्लेटको विषयमा छलफल भइरहेको र पुरानो ठेक्काको फरफारक गर्नका लागि भए पनि केही समय म्याद थप गर्नैपर्ने अवस्था रहेको बताएका छन् ।

‘अहिले कसरी अगाडि बढ्ने भन्ने विषयमा छलफल भइरहेको छ,’ महानिर्देशक पोखरेलले भने, ‘पुरानो ठेक्काको हिसाब–किताब मिलाउन र फरफारक गर्नका लागि प्राविधिक रूपमा म्याद थप गर्नैपर्छ ।’

अब कुन मोडालिटीमा जाने भन्ने विषयमा भने यकिन भइनसकेको उनले बताए । इम्बोस्ड नम्बर प्लेटको भविष्य र मोडालिटीबारे सरकारले ठोस निर्णय गरेपछि मात्र विस्तृतमा भन्न सकिने उनले प्रतिक्रिया दिए । ‘सरकारले क्षतिको यकिन गरेर क्षतिपूर्ति दिने निर्णय गरेपछि मात्रै यस विषयमा थप प्रक्रिया अघि बढ्छ,’ महानिर्देशक पोखरेलले भने ।

सरकारले आर्थिक वर्ष २०७२/७३ मा प्रचलनमा रहेको नम्बर प्लेटलाई विस्थापन गरी सबै सवारीसाधनमा इम्बोस्ड नम्बर प्लेट जडान गर्ने महत्त्वाकांक्षी योजना अघि सारेको थियो । २०७२ जेठ १७ गते ५ वर्षभित्र २५ लाख इम्बोस्ड नम्बर प्लेट उत्पादन गर्ने गरी बङ्गलादेश र अमेरिकाको संयुक्त लगानीमा रहेको डेकाटुर–टाइगर आईटी कम्पनीलाई ठेक्का दिइएको थियो ।

सम्बन्धित समाचारहरू

नागढुंगा–सिस्नेखोला सुरुङमार्ग सञ्चालनको जिम्मा ‘युसिन–एआरटी’ जेभीलाई, एक अर्ब १० करोडमा ठेक्का

नागढुंगा–सिस्नेखोला सुरुङमार्ग सञ्चालनको जिम्मा ‘युसिन–एआरटी’ जेभीलाई, एक अर्ब १० करोडमा ठेक्का

काठमाडौं – लामो समयदेखि प्रतीक्षामा रहेको नागढुंगा–सिस्नेखोला...

टिकौली जंगलमा ८ वटा सवारी साधन ठोक्किँदा २० जना घाइते

टिकौली जंगलमा ८ वटा सवारी साधन ठोक्किँदा २० जना घाइते

पूर्व–पश्चिम राजमार्गस्थित टिकौली जंगलमा ८ वटा सवारी साधन एक-अर्कासँग...

मलेखु–मुग्लिन सडक आजदेखि साढे पाँच घण्टा बन्द हुने

मलेखु–मुग्लिन सडक आजदेखि साढे पाँच घण्टा बन्द हुने

काठमाडौं – पृथ्वी राजमार्ग अन्तर्गत मलेखु–मुग्लिन सडकखण्ड आज देखि असार...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...