सरकारी गाडीमा फागुन भित्रै इम्बोस्ड नम्बर प्लेट अनिवार्य

काठमाडौं – सरकारी सवारी साधना आगामी फागुन मसान्त भित्रै अनिवार्य रुपमा इम्बोस्ड नम्बर प्लेट जडान गर्नु पर्ने बाध्यात्मक व्यवस्था हुने भएको छ । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले अन्य मन्त्रालयहरुलाई पत्र लेख्दै सो निर्देशन दिएको हो ।

मन्त्रालयले १ मंसिर २०७९ मै सरकारी कार्यालयहरुलाई पत्र लेखी इम्बोस्ड नम्बर जडान गर्न भनेको थियो । सवारी तथा यातायात व्यवस्था ऐन २०४९ अनुसार बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेश अन्तर्गतका यातायात व्यवस्था कार्यालयमा दर्था हुने तथा दर्ता कायम रहेका सवारी साधनमा अनिवार्य इम्बोस्ड नम्बर जडान गर्नुपर्ने गरी २२ कात्तिक २०७८ मा राजपत्रमा सूचना प्रकाशन भएको थियो ।

तर, अधिकांश सरकारी तथा सार्वजनिक संस्थानका सवारी साधनले इम्बोस्ड नम्बर जडान नगरेका कारण अल्टिमेटम तोक्नु परेको मन्त्रालयको भनाइ छ । मन्त्रालयले २८ मंसिरमा सो मिति तोकेर अन्य मन्त्रालयहरुलाई कार्यान्वयनका लागि पत्र काटेको हो ।

के हो इम्बोस्ड नम्बर प्लेट ?
सवारीसाधनलाई व्यवस्थित गर्न प्रचलनमा ल्याइएको नम्बर प्लेटलाई इम्बोस्ड नम्बर प्लेट भनिन्छ । यो धातुको प्लेटमा यान्त्रिक माध्यमद्वारा अंक र अक्षर राखिने प्रणाली हो । हाल सवारीसाधनमा प्रचलनमा रहेकोभन्दा फरक स्वरूपको इम्बोस्ड नम्बरको अक्षर र अंक प्लेटको सतहभन्दा माथि उठेको हुन्छ ।

यो नम्बर प्लेटमा राखिने प्रविधियुक्त चीप्स भित्र पनि सवारी धनी र सवारीका विभिन्न विवरणहरु हुन्छन् । जसका आधारमा प्रहरीले सवारीको डिटेल तुरुन्त लिन सक्छ । प्रहरीले हातैमा बोक्ने रिडर मेसिनले इम्बोस्ड नम्बर प्लेटलाई सहजै चेकजाँच गर्न सक्छ । स्मार्ट ब्लु – बूक र इम्बोस्ड नम्बर प्रणालीले प्रहरीलाई सवारी चेकजाँचमा सहज हुनेछ ।

इम्बोस्ड नम्बर प्लेट कार्यान्वयनमा आएपछि सवारीसाधनको चोरी नियन्त्रण हुन्छ । किनकि एकपटक नम्बर राखेपछि त्यो ‘फिक्स’ हुने भएकाले परिवर्तन गर्न मिल्दैन । १० वर्षसम्म त्यही रहिरहन्छ । यो नम्बर प्लेटको बाहिरी भागमा सवारीको नम्बर उल्लेख गरिन्छ । जसलाई सबैले सहजै देख्न सक्छन् । प्लेटमा लेखिएका अक्षरहरु बाहिर देखिने गरी उठेका हुन्छन् । यो बलियो र किफायती हुनेछ । यो नम्बर प्लेट एकपटक जडान गरेपछि निकाल्न मिल्दैन । त्यसैकारण कसैले पनि सवारी चोरी गरेर चलाउन सक्दैन ।

सम्बन्धित समाचारहरू

तपाईंले के गल्ती गर्नुभयो भने ५०० रुपैयाँ सम्म जरिवाना हुन्छ ? थाहा पाउनुहोस् कसुर

तपाईंले के गल्ती गर्नुभयो भने ५०० रुपैयाँ सम्म जरिवाना हुन्छ ? थाहा पाउनुहोस् कसुर

सडकमा सवारी चेकजाँचका क्रममा खटिएका ट्राफिक प्रहरीले तपाईबाट सडक संकेत...

ट्राफिक प्रहरीद्वारा ‘राडर गन’ प्रयोग, दुर्घटना नियन्त्रणमा सहयोग पुग्ने अपेक्षा

ट्राफिक प्रहरीद्वारा ‘राडर गन’ प्रयोग, दुर्घटना नियन्त्रणमा सहयोग पुग्ने अपेक्षा

काठमाडौं । एयरपोर्ट–तीनकुने सडकमा अनियन्त्रित सवारी चलाउनेहरुलाई...

आगामी सातादेखि सवारी लाइसेन्सको ट्रायल

आगामी सातादेखि सवारी लाइसेन्सको ट्रायल

यातायात व्यवस्था विभागले आगामी सातादेखि सवारीचालक अनुमतिपत्र...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...