साउन १ देखि सबै सवारी साधनमा इम्बोस्ड नम्बर प्लेट : कहाँ कसरी राख्ने ? के छ प्रक्रिया ?

सरकारले आगामी साउन एक गतेदेखि सबै सवारीलाई इम्बोस्ड नम्बर प्लेट अनवार्य गर्ने तयारी गरिरहेको छ । यस अनुसार यातायात व्यवस्था विभागको वेबसाइटमार्फत इम्बोस्ड नम्बर प्लेटका लागि आवेदन गर्न सकिने भएको छ ।

पहिलो चरणमा साउनदेखि दर्ता हुने नयाँ सवारी साधन र नवीकरण गर्न जाने पुराना सवारी साधनमा इम्बोस्ड नम्बर प्लेट अनिवार्य गर्न लागिएको यातायात व्यवस्था विभागले जनाएको छ ।

यद्यपि इम्बोस्ड नम्बर प्लेट लिन चाहने जसले पनि अनलाइन आवेदन दिन सकिने छ । आगामी ५ वर्ष भित्र सबै सवारी साधनमा इम्बोस्ड नम्बर प्लेट जडान गरिसक्ने सरकारको लक्ष्य छ ।

कतिपयले सवारीसाधन खरिद लगतै आफ्नो सवारीमा उत्त इम्बोस्ड नम्बर प्लेट जडान गरिसकेका हुन्छन । तर, अघिकांशलाई यो नम्बर प्लेटको फाइदा र उपयोगिताबारे अवगत छैन ।

के हो इम्बोस्ड नम्बर प्लेट ?

खासगरी सवारीसाधनलाई व्यवस्थित गर्न अत्याधुनिक प्रविधिको प्रयोग मार्फत नियमन गर्ने प्रणाली नै इम्बोस्ड नम्बर प्लेट हो । धातुको प्लेटमा यान्त्रिक माध्यमद्वारा अंक र अक्षर राखिने प्रक्रियालाई पनि इम्बोस्ड नम्बर प्लेट भनिन्छ ।

हाल सवारीसाधनमा प्रचलनमा रहेकोभन्दा फरक स्वरूपको इम्बोस्ड नम्बरको अक्षर र अंक प्लेटको सतहभन्दा माथि उठेको हुन्छ ।

इम्बोस्ड नम्बर प्लेट राख्दा हुने फाइदा

हाल नेपालमा सवारीसाधन चोरी अत्याधिक बढेको छ । दिनहुँ जसो मोटरसाइकल चोरी भएकै हुन्छन् । प्रहरीका अनुसार सवारीसाधन चोरीको घटनामा कमी आएको छैन ।

अब इम्बोस्ड नम्बर प्लेट कार्यान्वयनमा आएपछि नेपाल भित्र हुने सवारीसाधन चोरीमा नियन्त्रण आउने छ । यो प्लेट एक पटक राखिसकेपछि १ दशक फिक्स्ड जस्तै हुन्छ जसले गर्दा प्लेट झिक्न मिल्दैन ।

कतिपय सवारीसाधन वर्षौ सम्म कर नतिरी सञ्चालन भइरहेका छन । इम्बोस्ड नम्बर राखेपछि कर नतिरी सवारी सञ्चालन गरेमा तुरुन्तै नियन्त्रणमा लिन सकिन्छ । जुन रेकर्ड उक्त इम्बोस्ड नम्बर प्लेटमै रहेको हुन्छ ।

इम्बोस्ड नम्बर प्लेटमा ‘रेडियो फ्रिक्वेन्सी आइडेन्टिफिकेसन नम्बर’ रहन्छ । यसले कति नम्बरको सवारीसाधन कहाँ र कस्तो अवस्थामा छ भन्ने पत्ता लगाउन सहजै सकिन्छ ।

इम्बोस्ड नम्बर प्लेट कार्यान्वयनमा आएपछि नेपाली सवारीसाधन पनि विश्वस्तरीय मापदण्ड अनुसारका हुने बताइएको छ । संसारभर नै सवारीसाधनको नम्बरमा एकरूपता आउनेछ ।

नेपालमा हाल धेरै प्रकारका नम्बर प्लेट छन । इम्बोस्ड प्रक्रिया कार्यान्वयनमा आएपछि राष्ट्रपति, सरकारी, कूटनीतिक, निजी र व्यावसायिक (भाडा) गरी पाँचवटामा सीमित हुने छन् ।

त्यसैगरी ‘गेट वे’ स्थापना हुने छन् । ‘गेट वे’ले कति सवारीसाधन कता गए भन्ने तथ्यांकलाई ‘रिड’ गर्छ । यसले ट्राफिक व्यवस्थापनदेखि सवारीसाधनको विस्तृत जानकारीसमेत सहजै पत्ता लगाउन सकिन्छ ।

कसरी जोड्न सकिन्छ इम्बोस्ड नम्बर प्लेट ?

यातायात व्यवस्था विभागका अनुसार इम्बोस्ड नम्बरप्लेट आवेदन दिनुपूर्व सवारीको सम्पूर्ण राजस्व चुक्ता भएको हुनु पर्नेछ। राजश्व चुक्ता छ भने विभागको वेवसाइट मा गई प्रथम पृष्ठमा रहेको ‘इम्बोस्ड नम्बर प्लेट प्रणाली’ बटन थिची सवारीको सम्पूर्ण विवरण भरी अनलाइन आवेदन फाराम बुझाई आफूले बुझाएको फाराम प्रिन्ट गर्नु पर्नेछ।

त्यसपछि साउन १ गतेदेखि दुई पांग्रे सवारीको लागि यातायात व्यवस्था कार्यालय (मोटरसाइकल), गुर्जुधारामा रहेको ग्लोबल आईएमई बैंकको शाखा तथा अन्य सवारीको हकमा यातायात व्यवस्था कार्यालय (साना ठूला सवारी) एकान्तकुना, ललितपुरमा इम्बोस्ड नम्बर प्लेट शुल्क वापतको राजस्व जम्मा गर्नु पर्नेछ।

सवारीको कर चुक्ता सम्बन्धी अद्यावधिक कागजात, नम्बर प्लेट वापतको शुल्क जम्मा गरेको बैंक भौचरको सक्कल प्रति र अनलाइन आवेदन प्रणालीमा उल्लेख गरिएका आवश्यक कागजात सहित अनलाइन आवेदनको प्रिन्ट यातायात कार्यालयमा प्रमाणीकरणका लागि बुझाउनु पर्नेछ।

इम्बोस्ड नम्बर प्लेटका लागि दिइएको आवेदन सम्बन्धित कार्यालय मार्फत प्रमाणीकरण भए पश्चात मात्र इम्बोस्ड प्लेट छाप्ने प्रकृया शुरु हुनेछ र प्लेट तयार भएको जानकारी सम्बन्धित आवेदकलाई एसएमएस मार्फत गराइने विभागले जनाएको छ।

इम्बोस्ड प्लेट जडान गर्न आफूलाई उपयुक्त हुने मिति आवेदकले एसएमएस मार्फत नै रोज्न सक्नेछन्।

प्रणालीबाट निर्धारित भई एसएमएसमार्फत आवेदकलाई जानकारी गराइएअनुसारको मितिमा निजी सवारीको हकमा सवारी धनि स्वयं उपस्थित भई आफ्नो बायोमेट्रिक विवरण उपलब्ध गराई तथा सरकारी वा संस्थानको स्वामित्वमा रहेका सवारीको हकमा आधिकारिक प्रतिनिधि उपस्थित भई सवारीमा इम्बोस्ड नम्बर प्लेट जडान गर्न सकिनेछ।

कस्तो हुन्छ नम्बर प्लेट?

यो नम्बर प्लेटले नेपालमा हाल प्रयोग भइरहेका २३ प्रकारका नम्बर प्लेटलाई ५ प्रकारमा सीमित गर्नेछ।

अबदेखि राष्ट्रपतिको सवारीमा नेपालको झण्डा, झण्डामूनी माथिबाट हल्का निलो रङहुँदै तल गाढा निलो रङ, एनइपी अक्षर, एनइपी अक्षर मुनी लालिगुराँससहितको नेपालको निसान छाप हुनेछ।

त्यस्तै सार्वजनिक सवारीमा पहेँलो प्लेटमा कालो, निजी सवारीमा सेतो प्लेटमा कालो अक्षर, सरकारीमा सेतो प्लेटमा रातो अक्षर, कुटनीतिकमा सेतो प्लेटमा निलो अक्षर रहने कानुनी व्यवस्था रहेको छ। त्यस्तै सबै प्रकारका सवारी साधनहरुको नम्बर प्लेट अगाडि लामो र पछाडि चर्तुभुज आकारको हुनेछ।

कस्तो छ यो प्लेट?

९९ प्रतिशत आल्मोनियमबाट बनेको यो नम्बर प्लेटमा रेट्रो रिफ्लेक्टिभ सिट लेमिनेट गरिएको र उक्त प्लेट अन्तर्राष्ट्रियस्तरको हुने बताइएको छ।

यसको कडापन एच ४१ र एच ४२ हनेछ भने मोटाई ०.९८ मिलिमिटर हुनेछ। बेस प्लेटमा स्ट्याम्पिङद्वारा उठेको अंक र अक्षर पोजेटिभ इम्बोस्ड रहेको हुनेछ।

प्लेटको बाँया साइडको माथि नेपालको झण्डा र त्यसैको मुनी देश जनाउने गरी अंग्रेजीमा एनइपी र त्यसको मुनी सुरक्षात्मक होलोग्राम राखिएको हुनेछ।

प्लेटको माथि प्रदेश जनाउने अंग्रेजीमा लेखिएको हुनेछ। त्यसको मुनी लट जनाउने गरी अंग्रेजी अल्फाबेट राखिएको र सो को मुनी बढीमा ४ अंक लेखिएको हुनेछ।

दुईपांग्रे बाहेकका सबै साधनहरुमा अगाडि वाइड स्क्रिन ग्लासको भित्रपट्टीबाट आरएफआइडी एण्टीना स्टिकर राखिएको छ।

मोटरसाइकलको हकमा पछाडीपट्टीको नम्बर प्लेटमा विशेष प्रकारको कभरको डिजाइन गरी चिप्स राखिएको हुन्छ र सोमा आरएफआइडी स्टिकरको सम्पूर्ण विवरण राखिएको हुन्छ।

कति लाग्छ जडान शुल्क?

यातायात व्यवस्था विभागले मोटरसाइकललाई २ हजार ५ सय, तीन पांग्रे सवारीलाई २ हजार ९ सय, चारपांग्रे तथा मझौला सवारीलाई ३ हजार २ सय र हेभी सवारीलाई नम्बर जडान गर्न ३ हजार ६ सय रुपैँया शुल्क निर्धारण गरेको छ।

सम्बन्धित समाचारहरू

काउन्टरमा यात्रुहरुको गुनासोः ‘व्यवसायी र प्रहरीले आफन्तहरुलाई मात्रै टिकट बाँडे’

काउन्टरमा यात्रुहरुको गुनासोः ‘व्यवसायी र प्रहरीले आफन्तहरुलाई मात्रै टिकट बाँडे’

वडादसैंमा घर फर्किने यात्रुहरुले बसको टिकटनै पाउन नसकेको गुनासो गरेका छन...

सवारी साधनबाट कालो धुवाँ निस्क्यो ? यस्तो हुन सक्छ कारण

सवारी साधनबाट कालो धुवाँ निस्क्यो ? यस्तो हुन सक्छ कारण

तपाईले चलाइरहेको सवारी साधनबाट कुनै समयमा कालो धुवाँ निस्कन सक्छ । यो...

आज न्यु इयर इभ : यसकारण नचलाउनुस् सवारी साधन

आज न्यु इयर इभ : यसकारण नचलाउनुस् सवारी साधन

आज न्यु इयर इभ हो । सन् २०२१ विदा भएर भोलि देखि २०२२ लाग्दैछ । आज संसारभर...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...