इम्बोस्ड नम्बर प्लेट अब नेपाली भाषामै लेख्न मिल्ने

लामो समय भाषागत विवाद भएको इम्बोस्ड नम्बर प्लेट अब नेपाली भाषामै लेख्न मिल्ने भएको छ । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले नेपालीमा लेख्न पाइने निर्णय गरेको हो । 

अब सवारीसाधनको इम्बोस्ड नम्बर प्लेटमा देवनागरी लिपिमा पनि लेख्न सकिने भएको छ । बैठकले सवारी तथा यातायात व्यवस्था ऐन, २०४९ को अनुसूची–२ अनुसार निर्णय गरेको हो ।

मंगलबार मन्त्रिपरिषद्का निर्णय सार्वजनिक गर्न आयोजित कार्यक्रममा सरकारका प्रवक्ता तथा सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले सो निर्णय सार्वजनिक गरिन् । उनका अनुसार पुरानोलाई संशोधन गरेर देवनागरी लिपिमा पनि लेख्न मिल्ने निर्णय गरिएको छ । यसअघि अब इम्बोस्ड नम्बर प्लेटमा अंग्रेजी अक्षर र अंक लेख्नैपर्ने बाध्यता थियो । उनका अनुसार इम्बोस्ड नम्बर प्लेटमा नेपाली र अंग्रेजी दुवै भाषामा लेख्‍न सकिने कानुनी व्यवस्था मिलाइएको छ।

केही दिन पहिले आयोजित एक कार्यक्रममा तत्कालीन भौतिक पूर्वाधार तथा यातयात मन्त्री नारायणकाजी श्रेष्ठले यस सम्बन्धी कार्य अगाडि बढिसकेको बताएका थिए । प्रधानमन्त्रीसमेतको परामर्श र निर्देशनमा इम्बोस्ड नम्बर प्लेटलाई नेपालीमा राख्ने कार्य योजना अगाडि बढाइएको उनले उल्लेख गरेका थिए ।

नेपाली भाषा बचाउ अभियन्ता तथा भाषाका जानकारहरूले सरकारले अंग्रेजीमा इम्बोस्ड नम्बर प्लेट राख्न अनिवार्य गरेको भन्दै विरोध जनाउँदै आएका थिए ।

सम्बन्धित समाचारहरू

अन्डरग्राउन्ड पार्किङलाई पार्किङमै प्रयोग गर्न महानगरपालिकाको निर्देशन

अन्डरग्राउन्ड पार्किङलाई पार्किङमै प्रयोग गर्न महानगरपालिकाको निर्देशन

काठमाडौं – काठमाडौं महानगरपालिकाको शहरी व्यवस्थापन विभागले...

बिहानै मापसे जाँच : १६ चालक ट्राफिक प्रहरीको कारबाहीमा

बिहानै मापसे जाँच : १६ चालक ट्राफिक प्रहरीको कारबाहीमा

काठमाडौं–ट्राफिक प्रहरीले आज बिहान मादक पदार्थ सेवन (मापसे) परीक्षणको...

अन्तर्राष्ट्रिय स्तरका प्रिमियम सेफ्टी गियर र अन्य सामग्री अब नेपालमै उपलब्ध

अन्तर्राष्ट्रिय स्तरका प्रिमियम सेफ्टी गियर र अन्य सामग्री अब नेपालमै उपलब्ध

काठमाडौं – सेफ्टी राइडिङका लागि आवश्यक अमेरिकी ब्रान्डका प्रिमियम सेफ्टी...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...