सर्वसाधारणमाथि निर्घात कुटपिट गर्ने ट्राफिक प्रहरीहरु कारबाहीमा
काठमाडौं – सर्वसाधारणमाथि निर्घात कुटपिट गर्ने ट्राफिक प्रहरी...
काठमाडौं – यातायात व्यवस्था विभागले सरकारी गाडीको कर नउठेपछि फागुन मसान्तसम्ममा इम्बोस्ड नम्बर जडान गर्न निर्देशन दिइएको जनाएको छ। सरकारी गाडीहरुले १० वर्षसम्म पनि कर नतिरि गाडी चलाइरहेका कारण कर उठाउनकै लागि इम्बोस्ड नम्बर प्लेट जडान गर्न फागुन मसान्तसम्मको समयवाधि दिइएको विभागको भनाइ छ।
विभागका महानिर्देशक टोकराज पाण्डेले कर उठाउने माध्यमका रुपमा इम्बोस्ड नम्बर प्लेट जडानलाई लिएको बताए। ‘इम्बोस्ड नम्बर प्लेट जडान गर्ने समयमा अनिवार्य रुपमा कर क्लियर भएको हुनुपर्छ। तर नेपालमा अहिले कर नतिरे पनि हजारौं सरकारी गाडीहरु सडकमा चलिरहेका छन्,’ उनले भने, ’सेतो प्लेटले पनि कर नतिरि गाडी चलाउन पाउदैनन्। त्यसैले पनि सरकारी गाडीलाई फागुन मसान्तसम्ममा अनिवार्य रुपमा जडान गर्न निर्देशन दिइएको हो।’
यसले सरकारको राजश्व उठ्ने र इम्बोस्ड जडानको प्रक्रियामा पनि सहज हुने विभागको दावी छ। ’यसबाट अब कुनै पनि सरकारी गाडी कर नतिरि चलाउन पाउने छैनन्,’ उनले भने, ’इम्बोस्ड जडान गर्दा कर अनिवार्य बुझाउनै पर्छ।’
विभागका अनुसार सरकारी गाडीले फागुन मसान्तसम्म जडान नगरेको पाइएमा २ हजार रुपैयाँ जरिवानासहित इम्बोस्ड नम्बर जडान गर्न लगाइने छ। ‘चैतबाट इम्बोस्ड नम्बर जडान नगेरका सरकारी गाडी सडकमा देखिएमा ती गाडीलाई सवारी तथा यातायात व्यवस्था ऐन २०४९ को दफा अनुसार २ हजार जरिवाना गरिनेछ,’ उनले भने, ’त्यो जरिवाना गरेपछि पनि दोस्रो पटक जडान गरेको नपाइएमा पनि २ हजार नै जरिवाना हुनेछ।’
निजीलाई चैतदेखि अनिवार्य
विभागले सरकारी गाडीमा जडान गरिसकेपछि निजी सवारीलाई पनि चैतदेखि अनिवार्य गर्ने गरी योजना बनाएको छ।
महानिर्देशक पाण्डेले चैतदेखि निजी सवारीले पनि अनिवार्य रुपमा इम्बोस्ड नम्बर जडान गर्नुपर्ने बताए। उनका अनुसार यसमा लट तोकेर सूचना जारी गरी समय तोकिने छ।
‘निजी सवारीलाई विभागले लट अनुसार विभाजन गरी कति समयसम्म कति लटले जडान गर्नुपर्ने जानकारी गराउछ,’ उनले भने, ’पुराना लटका सवारीसाधानहरुले कर तिर्न अटेर गरेका छन्। यसका लागि पनि इम्बोस्ड नम्बर जडान जरुरी भएको छ। त्यही अनुसार लटको विभाजन गरिनेछ।’
हालसम्म साढे ३४ हजार सवारीसाधनले इम्बोस्ड नम्बर जडान गरिसकेको विभागको तथांकमा उल्लेख छ। अहिले हेभी सवारीसाधनमा १२०, प्यासेन्जर सवारीसाधनमा २२ हजार ३८६, दुईपांग्रे सवारीसाधनमा १२ हजार ८२ वटा इम्बोस्ड नम्बर प्लेट जडान गरिएको छ। ठेकेदारसँग भने २५ लाख इम्बोस्ड नम्बर प्लेट जडानको सम्झौता भएको छ। सरकारले ठेकेदारसँग समयावधि भरी जडान गरे÷नगरेपनि पैसा भने भुक्तानी गर्नुपर्ने गरी सम्झौता भएको पाण्डेले बताए।
वर्कशपमा जडान गर्न सकिने व्यवस्था मिलाइदै
उनका अनुसार विभाग अबको डेढ वर्षको समयमा लगभग २४ लाख ६५ हजार सवारीसाधनमा इम्बोस्ड नम्बर प्लेट जडान गर्नुपर्ने बाध्यतामा रहेको छ। तर विभागले वर्षौदेखि जडान गर्न नसकेको उक्त नम्बर प्लेट डेढ वर्षमा कसरी सक्ला भन्ने नै अस्वाभाविक रहेको छ।
यसैलाई मध्यनजर गरी विभागले इम्बोस्ड नम्बर प्लेट जडान गर्न यातायात कार्यालयहरुमा गएर लाइन बस्नु नपर्ने व्यवस्था गरिने जनाएको छ। पाण्डेले वर्कशपमा लगेर जडान गर्ने गरी व्यवस्थापन मिलाउन लागिएको बताए।
’वर्कशपहरुलाई विभागले ट्रेनिङ प्रदान गर्ने र चालकले यातायात कार्यलयबाट प्लेट लिएर जडान गर्न सक्ने छन्,’ उनले भने, ’यसो हुँदा कार्यालयलाई र चालक दुबैलाई भार कम हुन्छ। इम्बोस्ड नम्बर प्लेट लगेर आफुलाई मन लागेको समयमा जडान गर्न सक्नेछन्।’
यसैगरी पहिलो चरणमा विभागले आधिकारिक गाडी बिक्रेतालाई उक्त जडानको जिम्मा दिने योजना बनाएको उनको भनाइ छ। ‘यसो हुँदा गाडी बिक्रेताहरुले पैसा नलिई पनि गर्न सक्ने भए,’ उनले भने, ’गाडी बिक्री गर्न विभिन्न सडक करहरु यसै छुट हुन्छन्। यो पनि एउटा प्याकेज बनाएर उनीहरुले ग्राहकलाई सित्तैमा जडान गरिदिन सक्छन्।’
यस्तो व्यवस्थाले गर्दा झन्झट कम हुने विभागको भनाइ छ। त्यसैले वर्कशप मोडलमा जडान गर्ने तयारी गरिएको छ। पाण्डेका अनुसार यातायात कार्यालयले दैनिक रुपमा जम्मा १०० वटाको हाराहारीमा पनि जडान गर्न सक्दैनन् ।
काठमाडौं – सर्वसाधारणमाथि निर्घात कुटपिट गर्ने ट्राफिक प्रहरी...
काठमाडौं – सरकारले २० वर्ष पुराना सवारीसाधनलाई ३५ दिनभित्र कवाडी बनाउन...
काठमाडौं – जिरो इन्जिनियरिङ मोटरसाइकलले काठमाडौँबाट सौराहा सम्मको राइड...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...