इम्बोस्ड नम्बर प्लेट अंग्रेजी भाषामै हुने, यसरी लिन सकिन्छ सेवा

काठमाडौं -   यातायात व्यवस्था विभागले सवारी साधनमा इम्बोस्ड नं प्लेट वितरण अंग्रेजी भाषामा नै अघि बढाएको छ । नेपाल प्रज्ञा प्रतिष्ठान र विभिन्न भाषा विज्ञले नम्बर प्लेटमा नेपाली भाषा हुनुपर्ने माग गरे पनि आर्थिक भार पर्ने भनी विभागले अंग्रेजीमा नै गरिने बताएको हो ।     

विभागले विभिन्न कार्यालयमार्फत इम्बोस्ड नं प्लेट वितरण अघि बढाइरहेको छ । नयाँ सबै सवारीसाधनमा र थोरै सङ्ख्यामा पुरानो सवारी साधनमा इम्बोस्ड नं प्लेट वितरण भइरहेको छ । सो नं प्लेटका लागि उपकरणमा अङ्ग्रेजी भाषामा नै प्रणाली अघि बढेको विभागका निर्देशक रामचन्द्र पौडेलले जानकारी दिए । उनका अनुसार पुनः नेपाली भाषामा गर्दा शुरुदेखि नै गर्नुपर्ने भएकाले समय र खर्च दुवै लाग्छ । उनले भने, ‘शुरुमा भए गर्न सकिने थियो अहिले काम अघि बढिसकेको छ ।’     

प्रतिष्ठानका पदाधिकारीले भौतिक पूर्वाधार तथा यातायातमन्त्री वसन्तकुमार नेम्वाङलाई भेटेर नं प्लेट नेपाली भाषामा हुनुपर्ने माग गरेका थिए । सोही आधारमा छलफल अघि बढे पनि नेपालीमा गर्ने सम्बन्धमा कुनै निर्णय भएको थिएन । व्यावहारिक रुपमा पनि अङ्ग्रेजी भाषा नै ठीक हुने निर्देशक पौडेलले बताए । उनले भने,  ‘अन्तर्राष्ट्रिय भाषा हुँदा सबैले बुझ्ने हुन्छ ।’     

मन्त्रालयले गत साउनदेखि वाग्मती प्रदेशबाट सवारीसाधनमा इम्बोस्ड नं प्लेट वितरण शुरु गरेको थियो । सवारीधनीले दुईपाङ्ग्रे सवारीसाधनका लागि गुर्जुधारास्थित कार्यालय, तीनपाङ्ग्रे साना तथा मझौला चारपाङ्ग्रे सवारीसाधनको नं लिनका लागि टेकुस्थित भेहिकल फिटनेस सेन्टर जानुपर्नेछ।  

त्यस्तै ठूला सवारीसाधनका लागि एकान्तकुनास्थित यातायात कार्यालय र सरकारी नं प्लेटका लागि विभागमा जानुपर्ने बताइएको छ । सवारीधनीले सो नं प्लेटका लागि तोकिएको बैंकमा राजस्व बुझाउनुपर्ने विभागले जनाएको छ । दुईपाङ्ग्रे सवारीसाधनका लागि  दुई हजार ५००, चारपाङ्ग्रे साना तथा मझौला सवारीका लागि ३ हजार २०० र ठूला सवारीका लागि  तीन हजार ६०० राजस्व जम्मा गर्नुपर्नेछ।     

सवारीको कर चुक्तासम्बन्धी अद्यावधिक कागजात, नं प्लेटबापतको रकम जम्मा गरेको बैंक भौचर र अनलाइन फाराम भरेको प्रिन्ट गरिएको कागजात तोकिएको कार्यालयमा जम्मा गर्नुपर्ने बताइएको छ । विभागले सरकारी नं प्लेटका सवारीसाधनलाई फागुनसम्ममा सो नं प्लेट लिइसक्नुपर्ने अनिवार्य गरेको छ ।

रासस

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...