वाग्मती प्रदेशमा दुई प्रकारका विद्युतीय ट्याक्सी चल्ने, नयाँ मापदण्ड सार्वजनिक

काठमाडौं – अब वाग्मती प्रदेशमा दुई खाले विद्युतीय ट्याक्सी संचालनमा आउने भएका छन् । वाग्मती प्रदेश सरकारले विद्युतीय ट्याक्सीको मापदण्ड निर्धारण गर्दै यस्तो व्यवस्था गरेको हो ।

प्रदेश सरकारले ‘सार्वजनिक यात्रुवाहक ट्याक्सी सेवाको गुणस्तर, संचालन तथा व्यवस्थापन सम्बन्धी मापदण्ड २०७८’ जारी गर्दै साधरण र विशेष (डिलक्स) ट्याक्सीको मापदण्ड तोकेको छ ।

विद्युतीय सवारीसाधनको मापदण्डसँगै सरकारले २० वर्ष पुराना ट्याक्सीलाई नयाँमा रुपान्तरण गर्दा अनिवार्य विद्युतीय ट्याक्सी लिनु पर्ने व्यवस्था गरेको छ ।

साधारण ट्याक्सी र विशेष (डिलक्स) ट्याक्सीमा वर्गीकरण गरी दुई किसिममा विद्युतीय ट्याक्सी चलाउने गरी प्रदेश सरकारले मापदण्ड ल्याएको हो । नयाँ मापदण्ड अनुसार साधारण ट्याक्सी ५ सिट क्षमताको हुनु पर्ने छ भने विशेष ट्याक्सी ५ वा ७ सिट क्षमताको हुनसक्ने उल्लेख छ ।

सेडान कार नै हुनु पर्ने उल्लेख गरेको मापदण्डमा २०० लिटर माथिको बुट स्पेश, कम्तीमा ३० किलोवाट क्षमताको मोटर र २० किलोवाट आवरको लिथियम आयोन ब्याट्री हुनु पर्ने उल्लेख छ । साथै यस्ता ट्याक्सीको न्यूनतम रेन्ज २१० किलोमिटर हाराहारी हुनु पर्ने उल्लेख छ ।

यातायात व्यवस्था विभागले ल्याएको नयाँ ट्याक्सी मापदण्ड पन्छाएर बागमती प्रदेश सरकारले ट्याक्सीको नयाँ मापदण्ड ल्याएको हो। यातायात व्यवस्था विभागले २०७६ मंसिरमै ट्याक्सीको नयाँ मापदण्ड ल्याएको थियो।

सम्बन्धित समाचारहरू

लुयान नेपालले ल्यायो होली अफर, १५ हजारसम्म नगद छुट

लुयान नेपालले ल्यायो होली अफर, १५ हजारसम्म नगद छुट

काठमाडौं – लुयान नेपालले होली पर्वको उपलक्ष्यमा नगद छुटको अफर सञ्चालन...

जर्मनीलाई पछि पार्दै चीन वन्यो विश्वकै दोस्रो ठूलो कार निर्यातक, इभीको हिस्सामा लगातार बृद्धि

जर्मनीलाई पछि पार्दै चीन वन्यो विश्वकै दोस्रो ठूलो कार निर्यातक, इभीको हिस्सामा लगातार बृद्धि

न्यू इनर्जी भेइकलको हिस्सामा निरतरको बृद्धिले चीनलाई विश्वकै दोस्रो ठूलो...

नेपालमा सुरु भयो ‘ट्रान्सफर्मर एसयूभी’ दिपल ई०७ को डेलिभरी

नेपालमा सुरु भयो ‘ट्रान्सफर्मर एसयूभी’ दिपल ई०७ को डेलिभरी

काठमाडौं – एमएडब्लु वृद्धि अटोकर्पले संसारकै पहिलो ‘ट्रान्सफर्मर...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...