नेपाल आयो स्कुटरको एसयूभी ‘रिभर इन्डी’, नाइमा मोबिलिटी एक्सपोमा सार्बजनिक हुने
काठमाडौं–नेपालको विद्युतीय दुई–पांग्रे बजारमा एउटा नयाँ प्रिमियम...
काठमाडौं – नेपाल विद्युत प्राधिकरणले विद्युतीय सवारी साधन चार्जिङ कार्यका लागि ५ सय वटा चार्जिङ स्टेसन बनाउने भएको छ । प्राधिकरणले निजी क्षेत्रसँग मिलेर देशभर ५ सय चार्जिङ स्टेशन बनाउने भएको छ ।
प्राधिकरणले यसका लागि निजी संस्थाहरुसँग सहकार्यको प्रस्ताव गरेको छ ।
प्राधिकरणले शुक्रबार एक सूचना जारी गर्दै चार्जिङ स्टेसन बनाउन इच्छुक निजी संस्थाले कार्यालयमा सम्पर्क गर्न आग्रह गरेको छ ।
प्राधिकरणको सूचनामा भनिएको छ, ‘नेपाल सरकारले विद्युतीय सवारीसाधन प्रवर्द्धन गर्ने उद्देश्यले यो वर्ष देशभरका विभिन्न निजी संस्थाहरूसँग मिलेर ५०० वटा चार्जिङ स्टेसन पूर्वाधार निर्माण गर्ने कार्यक्रम तय गरेको छ ।’
‘विद्युत प्राधिकरणले आवश्यकता अनुसार देश भरका राजमार्ग, बसपार्क, सपिङ मल, सिनेमा भवन, शिक्षण संस्था, अस्पताल, होटल, रेस्टुरेन्ट एवं अन्य सार्वजनिक स्थलमा चार्जिङ स्टेसन निर्माण गर्न इच्छुक निजी तथा सार्वजनिक संस्थासँग सहकार्यका लागि कार्यक्रम तयार गरेको छ,’ सूचनामा अगाडि भनिएको छ ।
स्थानीय स्तरमा चार्जिङ स्टेसन जडान गर्न इच्छुक निजी संस्थाहरूले प्राधिकरणमा सम्पर्क गर्न अनुरोध गरिएको छ ।
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...