अब भारतमै सवारी साधनको क्र्यास टेस्ट गर्न सकिने, आज शुभारम्भ हुँदै
भारतमा आज देखि आफ्नै नयाँ कार एसेस्मेन्ट प्रोग्राम लागू हुँदैछ । क्र्यास...
चीनमा सन् २०२१ मा बिद्युतीय कारको बिक्री १४५ प्रतिशतले वृद्धि हुँदा पेट्रोलियम पदार्थबाट चल्ने कारको बिक्री भने ४ प्रतिशतले घटेको छ । यो बर्ष चीनमा कुल २ करोड १ लाख युनिट कार बिक्री भएको थियो । यो सन् २०२० को तुलनामा ४ प्रतिशतले बढी हो ।
कोरोना महामारी र बिश्वव्यापी सेमिकन्डक्टर अभावका बाजवुद चीनमा यो बर्ष यति धेरै संख्यामा प्यासेन्जर कारको बिक्री बढेपछि यसको प्रमुख कारणका रुपमा विद्युतीय र हाइब्रिडका कारको माग बढ्नुलाई लिइएको छ । २०२१ को मध्यसम्ममा चीनमा कुल २६ लाख ५० हजार बिद्युतीय कार बिक्री भएको थियो । जुन अघिल्लो बर्षको सोही अवधिमा बिक्री भएको ईभीको तुलनामा १६८ प्रतिशतले बढी हो ।
उक्त बर्ष टेस्लाले कुल ७१ हजार कार बिक्री गरेको थियो भने चीनको आफ्नै उत्पादनको बजार हिस्सा निकै ठूलो रहेको छ । कम मूल्य पर्ने वुलिङ होङ्गग्वाङ्ग मिनी ईभी, ग्रेटवालन ओरा आर१, चेरी इक्यू, एसएआइसी रोवे क्लेभर, वाओजन लगायत ब्रान्डका कारहरु अत्यधिक मात्रामा बिक्री भएका थिए ।
विश्को सबैभन्दा ठूलो कार बजार चीन इलेक्ट्रिक भेइकलका लागि समेत सबैभन्दा ठूलो बजार हो । पछिल्लो ३ बर्षयता यहाँको बजारमा ईभीको बिक्री १०० प्रतिशतभन्दा बढीले बृद्धि हुँदै आएको छ । यो बर्षसमेत यहाँको प्यासेन्जर कार बजार ५ प्रतिशत हाराहारीले बढ्ने प्रक्षेपण गरिएको छ ।
भारतमा आज देखि आफ्नै नयाँ कार एसेस्मेन्ट प्रोग्राम लागू हुँदैछ । क्र्यास...
एथर इनर्जीले चाँडै नै इलेक्ट्रिक स्कुटर रिज्टा लन्च गर्ने भएको छ ।...
लुम्बिनीको भैरहवामा सोलार प्यानल जडित नेपालकै ठूलो र पहिलो चार्जिङ स्टेशन...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...