नेपालमा बीवाईडी ईभी किन्दा अब ब्याट्री, मोटर र पार्ट्स लगायत समग्र गाडीमा थप वारेन्टी
बीवाईडी अटो इन्डष्ट्रिको नेपालका लागि आधिकारिक वितरक साइमेक्स इंकले...
चीनमा सन् २०२१ मा बिद्युतीय कारको बिक्री १४५ प्रतिशतले वृद्धि हुँदा पेट्रोलियम पदार्थबाट चल्ने कारको बिक्री भने ४ प्रतिशतले घटेको छ । यो बर्ष चीनमा कुल २ करोड १ लाख युनिट कार बिक्री भएको थियो । यो सन् २०२० को तुलनामा ४ प्रतिशतले बढी हो ।
कोरोना महामारी र बिश्वव्यापी सेमिकन्डक्टर अभावका बाजवुद चीनमा यो बर्ष यति धेरै संख्यामा प्यासेन्जर कारको बिक्री बढेपछि यसको प्रमुख कारणका रुपमा विद्युतीय र हाइब्रिडका कारको माग बढ्नुलाई लिइएको छ । २०२१ को मध्यसम्ममा चीनमा कुल २६ लाख ५० हजार बिद्युतीय कार बिक्री भएको थियो । जुन अघिल्लो बर्षको सोही अवधिमा बिक्री भएको ईभीको तुलनामा १६८ प्रतिशतले बढी हो ।
उक्त बर्ष टेस्लाले कुल ७१ हजार कार बिक्री गरेको थियो भने चीनको आफ्नै उत्पादनको बजार हिस्सा निकै ठूलो रहेको छ । कम मूल्य पर्ने वुलिङ होङ्गग्वाङ्ग मिनी ईभी, ग्रेटवालन ओरा आर१, चेरी इक्यू, एसएआइसी रोवे क्लेभर, वाओजन लगायत ब्रान्डका कारहरु अत्यधिक मात्रामा बिक्री भएका थिए ।
विश्को सबैभन्दा ठूलो कार बजार चीन इलेक्ट्रिक भेइकलका लागि समेत सबैभन्दा ठूलो बजार हो । पछिल्लो ३ बर्षयता यहाँको बजारमा ईभीको बिक्री १०० प्रतिशतभन्दा बढीले बृद्धि हुँदै आएको छ । यो बर्षसमेत यहाँको प्यासेन्जर कार बजार ५ प्रतिशत हाराहारीले बढ्ने प्रक्षेपण गरिएको छ ।
बीवाईडी अटो इन्डष्ट्रिको नेपालका लागि आधिकारिक वितरक साइमेक्स इंकले...
बीवाईडीको प्रिमियम सब–ब्रान्ड याङवाङले ग्लोबल इलेक्ट्रिक भेइकल (ईभी) मा...
काठमाडौं – फोटोनको नेपालका लागि आधिकारिक वितरक एमएडब्लु वृद्धि कमर्सियल...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...