इलेक्ट्रिक सवारी चार्ज गर्न घरमा छुट्टै मिटर राख्न सकिने

इलेक्ट्रिक सवारी प्रयोग गर्ने व्यक्तिहरूले आफ्नै घरमा छुट्टै मिटर राखेर यस्ता साधन चार्ज गर्न पाउने भएका छन् । घरायसी प्रयोजनका लागि स्वीकृत लोडले नधानेर गाडी चार्ज गर्न नसकिएमा ग्राहकहरूले आफ्नो घरको कम्पाउण्डमा ठूलो क्षमताको छुट्टै मिटर राखी गाडी चार्ज गर्न समेत पाउने व्यवस्था मिलाइएको छ ।

नेपाल विद्युत प्राधिकरणले विद्युत वितरण विनियमावली, २०७८ मार्फत घरमै विद्युतीय गाडी चार्ज गर्न छुट्टै मिटर माग गरेमा ग्राहकलाई मिटर दिने व्यवस्था गरेको हो ।

प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले विद्युत सेवा छिटो, सर्वसुलभ एवं सहज रूपमा उपलब्ध गराउन र विद्युत खपत बढाउने गरी ग्राहकमैत्री नयाँ विद्युत वितरण विनियमावली कार्यान्वयनमा ल्याइएको बताए । उनका अनुसार निजी आवास सहित कार्यालयहरू, सार्वजनिक स्थल, निजी घर जग्गामा सार्वजनिक चार्जिङ स्टेसन स्थापना गर्न स्वीकृत प्राप्त निकाय/फर्म/व्यक्ति/कम्पनीलाई अनुमति दिइनेछ ।

‘दुई सय केभिएसम्मको विद्युत डिमाण्ड भएका चार्जिङ स्टेसन स्थापना गर्ने सेवा प्रदायकलाई प्राधिकरणले ट्रान्सफर्मर सहितको विद्युत सेवा प्रवाह गर्नेछ । त्योभन्दा माथिल्लो डिमाण्ड हुने चार्जिङ स्टेसनको हकमा भने एचटी लाइनको काम प्राधिकरणले गर्नेछ तर ट्रान्सफर्मर जडान लगायतका बाँकी काम सेवा प्रदायकले नै गर्नुपर्नेछ,’ उनले भने । चार्जिङ स्टेसनका लागि छुट्टै विद्युत महसुल समेत लागु भइसकेको छ ।

सम्बन्धित समाचारहरू

जिली ईएक्स५ मा नेपाली उपभोक्ताको रुची बढ्दै, पर्फमेन्स र डिजाइन प्रमुख आकर्षण

जिली ईएक्स५ मा नेपाली उपभोक्ताको रुची बढ्दै, पर्फमेन्स र डिजाइन प्रमुख आकर्षण

काठमाडौं–हालसालै नेपाली बजारमा प्रवेश गरेको प्रख्यात चिनियाँ ईभि...

इभीमा लम्किसकेको अटोबजार के फेरी फर्किएला त कम्वसनमा ?

इभीमा लम्किसकेको अटोबजार के फेरी फर्किएला त कम्वसनमा ?

विश्व अटो बजार अहिले इभीमय वनिरहेको छ । नेपालको सन्दर्भलाई हेर्ने हो भने...

सेरेस र हुवावेद्वारा स्थापित ‘एइटो’ बन्याे चीनको टप ‘न्यु फोर्स’ कम्पनी, ८२४% बढी बिक्री

सेरेस र हुवावेद्वारा स्थापित ‘एइटो’ बन्याे चीनको टप ‘न्यु फोर्स’ कम्पनी, ८२४% बढी बिक्री

टेक जायन्ट हुवावे र चीनको प्रसिद्ध इलेक्ट्रिक कार निर्माता कम्पनी सेरेसको...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...