निर्जीवन बीमामा मोटर बीमाको हिस्सा ३० प्रतिशत भन्दा बढी, यस्तो छ अवस्था
काठमाडौं – पछिल्लो समय मोटर बीमाको व्यावसायिक आकार बढ्दै गएको छ । कुल...
नेपाली बजारमा इलेक्ट्रिक भेइकलको माग हरेक वर्ष वृद्धि भैरहेको छ । पछिल्लो २ वर्षयता कुल आयात भएका प्यसेन्जर कारको १० प्रतिशत हाराहारी हिस्सा इलेक्ट्रिक कारले लिन थालेका छन् । बजारमा माग भए अनुसार आपूर्ति समेत सहज भैदिएको भए इलेक्ट्रिक कारकको यो हिस्सा दोव्वरले वृद्धि भई २० प्रतिशत हाराहारीमा पुग्ने अनुमान गर्न थालिएको छ । बजारमा अहिले यस्ता कार मागको जम्मा ५० प्रतिशत हाराहारीमात्र आपूर्ति भैरहेका छन् ।
गत आर्थिक वर्ष नेपालमा हालसम्मकै सर्बाधिक वढी इलेक्ट्रिक कार आयात भए । भन्सार विभागको तथ्यांकअनुसार गतवर्ष मात्र नेपालमा कार, जिप र भ्यान गरी १८ सय ७ युनिट विद्युतीय गाडी आयात भएका हुन् । उक्त वर्ष कम्वस्चन सहित कुल १८ हजार हाराहारी कार, जिप तथा भ्यान नेपाल भित्रिएका थिए ।
कुल ५ अर्ब ३२ करोड मूल्यबराबरका यी विद्युतीय सवारी आयातबाट सरकारले भन्सार शुल्क मात्र १ अर्ब ४३ करोड रुपैयाँ उठाएको छ । सो वर्ष नेपालमा आयात भएका विभिन्न ब्रान्डका विद्युतीय गाडीहरुमा धेरै चीन र भारतबाट भित्रिएका हुन् ।
सो वर्ष चीनबाट ८४६ वटा कार नेपाल आउँदा भारतबाट ६९६ युनिट भित्रिएको छ । चीनबाट एमजी, बीवाईडी, नेटा, दिगो, डेरी र सिटी स्पिरिट लगायत ब्रान्ड आयात भैरहेका छन् भने भारतबाट टाटा ब्रान्डको नेक्सन र टिगोर ईभी मात्र आइरहेका छन् ।
कम्वस्चन इन्जिनमा भारतीय ब्रान्डको दवदवा कायम रहेको नेपाली अटो बजारमा चीनबाट आयात भएका इलेक्ट्रिक कारले भने बजारको नेतृत्व लिन सफल देखिन्छन् । त्यसो त चीन इलेक्ट्रिक कार उत्पादन र खपतका हिसावले विश्वकै अग्रणी राष्ट्रका रुपमा सूचीकृत भैसकेको छ भने भारतमा एकाध ब्रान्डले मात्र ईभीको उत्पादन थालेका छन् ।
इलेक्ट्रिक कारको मात्र नभै समग्र प्यासेन्जर कारकै उत्पादन र खपतमा अग्र स्थानमा रहँदै आएको चिनियाँ ब्रान्डका कम्वस्चन इन्जिनयुक्त कार समेत नेपाली बजारमा उपलब्ध छन् । यी कारमा भने ग्राहकले अन्य ब्रान्डको तुलनामा त्यस्तो धेरै रुचि देखाएको पाइदैन । बजारमा अहिले चेरी, ग्रेटवाल, फोटोन, चांगन, जेएसी र डिएफएसके लगायत ब्रान्डका कार तथा पिकअप उपलब्ध भएपनि माग र खपत भने भारतीय, कोरियन, जापनिज र अमेरिकन तथा युरोपियन ब्रान्डकै बढी छ ।
कम्वस्चन इन्जिनयुक्त गाडीको आयातमा सरकारले कडाई गर्दै जानु र इलेक्ट्रिक कारको आयातमा छुट र सहुलियत प्रदान गरिनुले नेपालमा अब उप्रान्त इलेक्ट्रिक कारकै वर्चस्व रहने देखिन्छ । चीनबाट आयात हुने एमजी, बीवाईडी र नेटा ब्रान्डका इलेक्ट्रिक कारलाई ग्राहकले रुचाइरहेको र भोलिका दिनमा थप ब्रान्ड समेत भित्रिने तयारी भैरहेका कारण यो सेग्मेन्टमा उसैको वर्चश्व रहने देखिएको हो ।
कम्वस्चन गाडीमा इन्जिन जडान हुने हुँदा यसको मर्मत सम्भारमा आवश्यक पर्ने स्पेयर पार्ट्स लगायत आफ्टर सेल्स सर्भिसमा समस्या आउन सक्ने भन्दै चिनियाँ ब्रान्डका यस्ता गाडीमा अझै पनि नेपाली ग्राहक खासै आकर्षित हुन सकिरहेका छैनन् । यसको ठिक विपरित इलेक्ट्रिक कारमा व्याट्रीको भूमिका ठूलो रहने र यसको उत्पादन तथा विकासमा समेत चिनियाँ कम्पनीहरु अगाडि रहेको भन्दै यो सेग्मेन्टमा भने ग्राहक आकर्षित हुन थालेका हुन् ।
काठमाडौं – पछिल्लो समय मोटर बीमाको व्यावसायिक आकार बढ्दै गएको छ । कुल...
अहिले विश्वका अधिकांश राष्ट्रहरुले आफ्ना नागरिकलाई इलेक्ट्रिक भेइकल...
विश्व प्रसिद्ध चिनियाँ अटोमोटिभ ब्रान्ड बीवाईडी इटालीको प्रसिद्ध फुटबल...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...