इलेक्ट्रिक कारसंगै भ्यानको पनि चर्चा बढ्दो, यी हुन् नेपाल आएका ६ ब्राण्ड

काठमाडौं– नेपाली अटो बजार ईभीमय बन्दै गएको छ । प्यासेन्जर कार र सार्बजनिक यातायातमा प्रयोग हुने भ्यान र ट्याक्सीलाई लगभग ईभीले विस्थापन गरिसकेको छ भने टु–ह्विलरमा यो सेग्मेन्ट खासै सफल हुन सकिरहेको छैन । प्यासेन्जर करमा ६० प्रतिशत बढी हिस्सा ईभीले लिएको सन्दर्भमा भ्यान र ट्याक्सि पनि विस्तारै ईभीको कब्जामा जान थालेको हो ।

काठमाडौंदेखी लगभग २५० किलोमिटर आसपासको सहरमा अहिले ईभी भ्यानको प्रयोग बढ्न थालेको छ । २५० किलोमिटर हाराहरी रेन्ज दिने र संचालन खर्च एकदमै न्यून हुने कारण यस्ता रुटमा ईभी भ्यानको प्रयोग बढ्न थालेको सहजै अनुमान गर्न सकिन्छ ।

नेपाली सडकमा अहिले १ हजार ३०० हाराहारी ईभी भ्यान गुड्न थालेका छन् । सन् २०२३ मा मात्र यस्ता भ्यान १ हजार हाराहारी संख्यामा आयत भएको भन्सार बिभागको तथ्यांकले देखाएको छ । यी साधनको माग बढेसंगै ब्यावसायीको प्राथमिकतामा ईभी भ्यान पर्न थालेका छन् । बजारमा अहिले दिगो डाँफे, फोटोन, केवाईसी, एसआरएम, किङलङ र हाइगर ब्राण्डका ईभी भ्यान उपलब्ध छन् । यी सबै ब्राण्ड चीनबाट आयत भएका हुन् ।

नेपाली बजारमा पहिलोपटक भित्रिएको ईभी भ्यान दिगो डाँफे हो । चीनको प्रख्यात अटो निर्माता डिएफएसकेले उत्पादन गर्ने यो भ्यानलाई दिगो ग्रुप अफ कम्पनीले नेपाली नाम दिएर विगत ३ वर्षदेखी आयत गर्दै आएको हो । १४ सिट क्षमता भएको डाँफेमा ४२ किलोवाट आवरको ब्याट्री र ६० किलोवाट क्षमताको मोटर जडान गरिएको छ । यसको मूल्य ४४ लाख ९५ हजार पर्छ ।

डाँफेपछि नेपाल आएको अर्को ब्राण्ड फोटोन आयत गर्ने कम्पनी एमएडब्लु बृद्धि कमर्सियल भेइकलले सुरुमा ११ सिट क्षमताको लो रुफ भ्यान आयत गर्दै आएकोमा हाल यसको हाई रुफ भ्यानलाई १५ सिटमा उतारेको छ । यो भ्यानमा ५०.२३ किलोवाट आवरको ब्याट्री र ८५ किलोवाटको मोटर दिइएको छ । कम्पनीले यसको मूल्य ५७ लाख निर्धारण गरेको छ ।

इलेक्ट्रिक कार नेटा भीलाई बजारमा उतारेर नेपालको अटो बजारमा प्रवेश गरेको सिजी मोटर्सले केवाईसी र लिङलङ ब्राण्डका ईभी आयत गर्दै आएको छ । कम्पनीले बिक्री गर्ने केवाईसी भ्यानमा ११ जना यात्रुले यात्रा गर्न सक्नेछन् भने यसमा ४१.८६ किलोवाट आवरको ब्याट्री र ६० किलोवाट क्षमताको मोटर जडान गरिएको छ । यो भ्यानको मूल्य ४५ लाख ५० हजार निर्धारण गरिएको छ । केवाईसी अहिले सर्बाधिक बिक्री हुने इभी भ्यानमा दर्ज हुन सफल छ ।

यसैगरी सिजी मोटर्सले नै आयत गर्ने अर्को ब्राण्ड किङलङ १४ र १९ सिट क्षमतमा उपलब्ध छ । जसमध्ये १४ सिटरमा ५०.२३ किलोवाट आवरको ब्याट्री तथा ८० किलोवाट क्षमताको मोटर दिइएको छ भने १९ सिटर भ्यान ७० किलोवाट आवरको ब्याट्री प्याक र ९० किलोवाट क्षमताको मोटर जडान भएर आउँछ । यी भ्यानको मूल्य क्रमश ५६ लाख ५० हजार र ८३ लाख ५० हजार निर्धारण गरिएको छ । किङलङ पछिल्लो समय काठमाडौं उपत्यकाका विभिन्न रुटहरुमा गुड्न थालेको देख्न सकिन्छ ।

पुजा कन्स्ट्रक्सनले ल्याएको एसआरएम भ्यानमा ११ जना यात्रुले यात्रा गर्न सक्नेछन् । यो भ्यानमा ४१.८६ किलोवाट आवरको ब्याट्री र ६० किलोवाट क्षमताको मोटर दिइएको छ । कम्पनीले यसलाई ४४ लाख ५० हजारमा बिक्री गर्दै आएको छ ।

टाटा लाइट कमर्सियल र किया गाडीको डिलरसिप संचालन गर्दै आएको शशिला मोटर्सपनि ईभी भ्यान आयतमा होमिएको छ । यो कम्पनीले चीनबाट हाइगर ब्राण्डको १४ सिटर भ्यान आयत गरी बिक्री थालेको हो । ५०.२३ किलोवाट आवरको ब्याट्री प्याक र ७० किलोवाट क्षमताको मोटर जडित यो नयाँ ईभी भ्यानलाई कम्पनीले ५९ लाख ९० हजार रुपैयाँमा बिक्री गर्ने भन्दै बुकिङ खुलाएको छ ।

नेपाल आएका यी सबैजसो भ्यानमा सिएटिएलको ब्याट्री प्रयोग गरिएका कारण वारेन्टि पनि लगभग एकै प्रकारको पाउन सकिन्छ । सार्बजनिक यातायातको साधनका रुपमा प्रयोग हुने यस्ता भ्यानमा बिक्रीपछिको सेवा प्रदान गर्ने सर्भिस सेन्टर, स्पेयर पार्ट्स र चार्जिङ पूर्बाधारको वलियो नेटवर्क खडा गर्नुपर्ने चुनौती बिक्रेता कम्पनीमाझ बढेर गएको देख्न सकिन्छ ।

सम्बन्धित समाचारहरू

लुम्बिनी प्रदेशमा सवारी कर कति ? यस्तो छ दर

लुम्बिनी प्रदेशमा सवारी कर कति ? यस्तो छ दर

नेपालमा हाल प्रदेश अनुसार सवारी साधनको कर तोकिएको छ। लुम्बिनी प्रदेशले...

केबुलकारमै अड्किएमा के गर्ने ? यस्तो अनुभव दियो चन्द्रागिरि केबलकारले

केबुलकारमै अड्किएमा के गर्ने ? यस्तो अनुभव दियो चन्द्रागिरि केबलकारले

काठमाडौंको चन्द्रागिरिमा रहेको केबलकार चढ्न आज उपत्यकाका एक हुल पत्रकार...

लिपमोटर सी१० अब नेपालगन्जमा पनि

लिपमोटर सी१० अब नेपालगन्जमा पनि

साङ्ग्रिला मोटर्सले लिपमोटरको प्रमुख मोडल सी१० गाडीलाई नेपालगन्जमा भव्य...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...