अन्तर्राष्ट्रिय बजारका लागि सार्वजनिक भयो पियाजियो वान इलेक्ट्रिक स्कुटर
केही दिन पहिले बेइजिङ मोटर शोमा सार्वजनिक गरिएको पियाजियोको इलेक्ट्रिक...
फिनल्याण्डको कम्पनी केम्पावरले अत्यधिक चिसो मौसममा पनि इलेक्ट्रिक सवारी सजिलै चार्जिङ गर्न सकिने मेगावाट चार्जिङ सिस्टम प्रदर्शन गरेको छ । स्वीडेनको कठोर चिसो वातावरणमा गरिएको परीक्षणमा सो प्रविधिले शून्य डिग्री सेल्सियसभन्दा कम तापक्रममा पनि उच्च क्षमतामा काम गर्न सक्ने प्रमाणित गरेको हो।
मेगावाट चार्जिङ सिस्टम (एमसीएस) हेभी–ड्युटी इलेक्ट्रिक ट्रकका लागि विशेष रूपमा विकास गरिएको उच्च क्षमताको द्रुत चार्जिङ प्रविधि हो। हाल प्रयोगमा रहेका संयुक्त चार्जिङ सिस्टम फास्ट चार्जरहरूले अधिकतम ३५० देखि ४०० किलोवाटसम्म विद्युत आपूर्ति गर्छ । तर सो नयाँ प्रविधिले १.२ मेगावाट अर्थात १२०० किलोवाटदेखि ३.७५ मेगावाटसम्म पावर दिन सक्ने क्षमता राख्छ। यसले ठूलो ब्याट्री क्षमता भएका ट्रकलाई करिब ३० मिनेटमै २० प्रतिशतबाट ८० प्रतिशतसम्म चार्ज गर्न सक्ने दाबी गरिएको छ।
सो प्रविधि विशेषगरी लामो दूरीका ट्रक चालकहरूका लागि लाभदायक मानिएको छ। युरोप लगायत धेरै देशहरूमा ट्रक चालकले निश्चित समय ड्राइभ गरेपछि अनिवार्य रूपमा करिब ४५ मिनेट विश्राम लिनुपर्छ। एमसीएस चार्जरले यही विश्राम अवधिमा ट्रकलाई पुनः ३५० किलोमिटर जति दूरी तय गर्न पर्याप्त ऊर्जा प्रदान गर्न सक्छ। यसले ढुवानी समय घटाएर कार्यक्षमता बढाउने अपेक्षा गरिएको छ।
कार्यक्रममा प्रस्तुत गरिएको म्यान कम्पनीको ईटीजीएक्स ट्रकले ७५० किलोवाटको गतिमा चार्ज भएर उपस्थितहरूलाई प्रभावित बनायो। करिब ५०० किलोमिटर रेन्ज भएको उक्त ट्रकले ४५ मिनेटको चार्जपछि पुनः लामो दूरीका लागि तयारी अवस्थामा फर्कन सक्ने देखाइएको थियो।
यस परियोजनाको अर्को महत्वपूर्ण पक्ष दिगो पूर्वाधार हो। स्वीडेनको अल्फ्रेडसन ट्रान्सपोर्ट डिपोमा निर्माण गरिएको विशेष चार्जिङ केन्द्रमा सौर्य प्यानल र ठुलो ब्याट्री भण्डारण सिस्टम जडान गरिएको छ। यसले राष्ट्रिय विद्युत ग्रिडमा पर्ने अतिरिक्त भार घटाउन र किफायती चार्जिङ सुनिश्चित गर्न सहयोग पुर्याउँछ।
केही दिन पहिले बेइजिङ मोटर शोमा सार्वजनिक गरिएको पियाजियोको इलेक्ट्रिक...
काठमाडौं – टाटा मोटर्सको नेपालका लागि एकमात्र आधिकारीक बितरक सिप्रदी...
काठमाडौं – नेपालका लागि केई मोटर्सको आधिकारिक वितरक लक्ष्मी ई–मोबिलिटी र...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...