बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
काठमाडौं – तिहार पश्चात उपयुक्त वातावरण भएमा सुन्दर यातायातका विद्युतीय ट्याक्सी काठमाडौंका सडकमा गुड्ने भएका छन् ।
काठमाडौंमा विद्युतीय बसमार्फत सेवा प्रदान गरिरहेको सुन्दर यातायातले छिट्टै नै विद्युतीय ट्याक्सी समेत सञ्चालनमा ल्याउने योजना बनाएको हो । उपयुक्त परिस्थिति भएमा र सरकारी स्वीकृति प्राप्त भएमा जति सक्यो छिटो ट्याक्सीमार्फत काठमाडौंमा सेवा प्रदान गर्ने आफूहरुको योजना भएको सुन्दर यातायात प्रालिका अध्यक्ष भेषवहादुर थापाले बताए ।
उनका अनुसार ४२ किलोवाट आवर क्षमताको ब्याट्री प्याक सहितका यी ट्याक्सीलाई सिंगल चार्जमा २ सय किलोमिटर सम्म चलाउन सकिने छ । सो ट्याक्सीमा ५ जना बस्न मिल्छ ।
सुन्दर यातायातले दसैं, तिहार र छठ पर्वको शुभकामना सन्देशमा समेत ट्याक्सी सहितको तस्बिर प्रकाशन गरेको छ ।
हाल काठमाडौंका सडकमा सुजुकी अल्टो ८००, हुन्डाई इओन, टाटा ई–जेटा आदि ट्याक्सीका रुपमा प्रयोग भइरहेका छन् । पछिल्लो समयमा ट्याक्सीको मापदण्ड परिवर्तन गरी अझै सुविधायुक्त बनाउने सरकारले तयारी समेत गरेको छ ।
इलेक्ट्रिक ट्याक्सीको वारेमा भने सरकारले कुनै निश्चित मापदण्ड नबनाएका कारण यसको स्वीकृतिमा पनि ढिलाई हुन सक्ने व्यवसायीहरुको अनुमान छ ।
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...