ट्र्याकमा अफरोड क्षमता प्रमाणित गर्दै जेसिक्स इन्डिभिजुअल ह्विल ड्राइभ सम्पन्न

ओमोडा एन्ड जेइको कम्पनी लिमिटेडको लागि नेपालको आधिकारिक वितरक एसपिजि अटोमोबाइल्स प्रालिले गोकर्ण फरेस्ट रिसोर्टस्थित अफ-रोड ट्र्याकमा ‘जेइको जे-सिक्स इन्डिभिजुअल-ह्विल-ड्राइभ टेस्ट ड्राइभ - एक्स्पेरियन्स द थ्रिल अफ एडभेन्चर’ सफलतापूर्वक सम्पन्न गरेको छ ।

शनिबार आयोजित उत्साहजनक टेस्ट ड्राइभ च्यालेन्जमा नेपालको पहिलो इलेक्ट्रिक अफ-रोड एसयुभी जेइको जे-सिक्स इन्डिभिजुअल-ह्विल-ड्राइभको उच्चस्तरको क्षमता तथा शक्ति प्रदर्शन गरिएको छ । यसबाट इलेक्ट्रिक गाडीले पनि जस्तोसुकै अप्ठ्यारो भूभागहरू सजिलै पार गर्न सक्छ भन्ने कुरा प्रमाणित भएको छ ।

गोकर्णमा सम्पन्न कार्यक्रममा अफरोड पारखी तथा ड्राइभरहरूको उत्साहजनक सहभागिता रहेको कम्पनीले जनाएको छ । सो कार्यक्रममा विशेष रूपमा तयार गरिएको अफ-रोड ट्र्याक मुख्य आकर्षण रह्यो । ट्र्याकलाई साँच्चिकै अफरोड यात्रामा जस्तै चुनौतीपूर्ण बनाउन विभिन्न अवरोधहरू, उकालो, ओरालो, हिलो, रकि एक्सपेरियन्स आदि समेटिएको थियो । यही ट्र्याकमा जे-सिक्स इन्डिभुजुअल-ह्विल-ड्राइभले आफ्नो शक्तिशाली पर्फर्मेन्स तथा क्षमता प्रमाणित गरेको हो ।

विशेषगरी जेइको जे-सिक्समा रूची राख्ने ग्राहकहरू केन्द्रित सो कार्यक्रममा जेइको जे-सिक्स इन्डिभिजुअल-ह्विल-ड्राइभले डर्ट-ट्र्याकका सम्पूर्ण अवरोधहरूलाई सजिलै पार गर्दै विद्युतीय सवारी प्रविधिले मारेको फड्कोलाई सही सावित गरेको छ ।

कार्यक्रममा डर्ट-ट्र्याक च्यालेन्जका अलावा सहभागीहरूले नि:शुल्क ‘ड्राइभिङ रेन्ज गल्फ सट’ जस्ता क्रियाकलापमार्फत उत्साहजनक माहौल कायम राखे । एसपिजि अटोमोबाइल्स नेपालमा नवीन र दिगो मोबिलिटि (गतिशीलता)का आविष्कार तथा उत्पादनहरू प्रवर्द्धन गर्न समर्पित रहेको छ ।

अल-ह्विल-ड्राइभ पावरट्रेनसहितको नयाँ जेइको जे-सिक्स इन्डिभिजुअल-ह्विल-ड्राइभ, प्रभावशाली पर्फमेन्स, अद्भुत पावर र उच्च ग्राउन्ड क्लियरेन्ससहित अफ-रोड ड्राइभिङको लागि उत्कृष्ट इलेक्ट्रिक एसयुभीको रूपमा स्थापित भएको छ ।

नयाँ जेइको जे-सिक्स इन्डिभिजुअल-ह्विल-ड्राइभ मसाज सिट, सबै प्यासेन्जरका लागि हिटेड एन्ड भेन्टिलेटेड सिट, हाइअर रिम सहितको टायर साइज, बुम बक्स बेस स्पिकर्स जस्ता विभिन्न सुविधाहरूले सुसज्जित रहेको छ । साथै नौ वटा ड्राइभिङ मोडसहित शक्तिशाली ड्युअल मोटर, ६९.६६ किलोवाटआवरको ब्याट्री र ४०० किलोमिटरको डब्लुएलटिपि रेन्ज यसको प्रमुख आकर्षणको पक्ष रहेको छ ।

एसपिजि अटोमोबाइल्सले साहसिक यात्रा गर्न खोज्ने अफ-रोड पारखीहरूलाई नजिकैको ओमोडा तथा जेइको सोरुममा गई नेपालकै पहिलो अत्याधुनिक इलेक्ट्रिक एसयुभीको प्रत्यक्ष अनुभव गर्न सकिने कम्पनीले जनाएको छ ।

सम्बन्धित समाचारहरू

चीनमा फक्सवागन र एसएआईसीले २०४० सम्म सहकार्य गर्ने

चीनमा फक्सवागन र एसएआईसीले २०४० सम्म सहकार्य गर्ने

फक्सवागन र एसएआईसीले चीनमा गरिरहेको सहकार्य सन् २०४० सम्म विस्तार गर्ने...

मनसुनमा आफ्नो इलेक्ट्रिक स्कुटरलाई यसरी हेरचाह गर्नुहोस्

मनसुनमा आफ्नो इलेक्ट्रिक स्कुटरलाई यसरी हेरचाह गर्नुहोस्

पछिल्ला केही वर्षयता इलेक्ट्रिक सवारी साधनको माग बढेको छ । तर, इलेक्ट्रिक...

बुलेटप्रुफ एआई ब्याट्रीसहित एक्सपेङ जी६ मा ८१ फिचर अपडेट

बुलेटप्रुफ एआई ब्याट्रीसहित एक्सपेङ जी६ मा ८१ फिचर अपडेट

काठमाडौं– चिनियाँ ईभी निर्माता एक्सपेङले आफ्नो लोकप्रिय बिद्युतिय...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...