यी हुन् बजारमा सबैभन्दा ठूलो डिस्प्ले भएका इलेक्ट्रिक स्कुटर

इलेक्ट्रिक दुई पाङ्ग्रे सवारीसाधनको माग तीव्र गतिमा बढिरहेको छ। पहिले जस्तो केवल रेन्ज र गति मात्र होइन अब स्कुटर खरिदकर्ताले स्कुटर चयन गर्दा ठूलो डिस्प्ले, स्मार्ट कनेक्टिभिटी र आधुनिक प्रविधि पनि प्राथमिकतामा राख्न थालेका छन्। साथै विभिन्न कम्पनीले पनि प्रिमियम फिचरयुक्त स्कुटर बजारमा ल्याउन थालेका छन्। त्यसमध्ये सबैभन्दा ठूलो स्क्रिनसहितको इलेक्ट्रिक स्कुटरले अहिले बजारमा विशेष ध्यान केन्द्रित गरिरहेका छन्।

टीभीएस एक्स : टीभीएस एक्स स्कुटरमा १०.२ इन्चको विशाल डिस्प्ले छ । यसमा कल/मेसेज अलर्ट, नेभिगेसन, एलेक्सा, भिडियो स्ट्रिमिङ र गेमिङ जस्ता सुविधाहरु छन्। ४.४४ किलोवाट ब्याट्रीद्वारा संचालित, सो स्कुटरले १५.६ बीएचपीको पावर र १०५ किलोमिटर प्रति घन्टाको उच्चतम स्पिड दिन्छ । सो इलेक्ट्रिक स्कुटरले केवल २.५ सेकेन्डमा ० देखि ४० किलोमिटर प्रति घन्टाको गति लिन सक्छ र १४० किलोमिटरको आईडीसी रेन्ज प्रदान गर्छ।

एथर ४५०एक्स : एथर ४५०एक्समा ७ इन्चको टचस्क्रिन छ जसले गुगल म्याप्सलाई समर्थन गर्छ। यसमा कल, सन्देश, व्हाट्सएप सूचना र लाइभ लोकेशन सेयरिङ जस्ता सुविधाहरू छन्। सो स्कुटर २.९ किलोवाट आवर र ३.७ किलोवाट आवर ब्याट्री विकल्पमा उपलब्ध छ।

ओला एस१ प्रो : तेस्रो पुस्ताको ओला एस१ प्रोमा ७ इन्चको टचस्क्रिन छ। सो स्कुटर ३ किलोवाट आवर, ४ किलोवाट आवर र ५.३ किलोवाट आवर ब्याट्री विकल्पमा उपलब्ध छ। यसको टप भेरिएन्टले १७.४ बीएचपी पावर र ३२० किलोमिटर आईडीसी रेन्ज दिन्छ ।

टीभीएस आईक्युब एसटी: आईक्युब एसटी भेरिएन्टमा ७ इन्चको टचस्क्रिन छ जसमा नेभिगेसन, टायर प्रेसर मनिटर, ब्याट्री लेभल र म्युजिक कन्ट्रोल जस्ता सुविधा छ । ५.३ किलोवाट आवर ब्याट्री भएको सो स्कुटरले २१२ किलोमिटरको रेन्ज दिन्छ।

होन्डा एक्टिभा ई : होन्डा एक्टिभा ईमा ७ इन्चको टीएफटी डिस्प्ले छ जसमा वास्तविक समय स्थान, कल अलर्ट, म्युजिक कन्ट्रोल जस्ता सुविधा समावेश छ । सो स्कुटर १.५ किलोवाट आवरको दुई स्वापेबल ब्याट्रीसँग आउँछ र १०२ किलोमिटरको रेन्ज दिन्छ।

यद्यपि यी सबै स्कुटर नेपाली बजारमा उपलब्ध छैनन् । नेपाली बजारमा हाल एथर र टीभीएस आईक्युब स्कुटर मात्र बिक्रीका लागि उपलब्ध छन् ।

सम्बन्धित समाचारहरू

दशैंका लागि सुपर सोको टिएस स्ट्रिट हन्टरको वुकिङ खुल्ला, मूल्य ४ लाख ८० हजारसम्म

दशैंका लागि सुपर सोको टिएस स्ट्रिट हन्टरको वुकिङ खुल्ला, मूल्य ४ लाख ८० हजारसम्म

इलेक्ट्रिक टु ह्विलर सुपर सोको व्रान्डको नेपालका लागि आधिकारिक वितरक डि...

चितवनमा स्काईवेलको डिलर बन्यो एच३आर मोटर्स, टेस्ट ड्राइभ र बुकिङ प्रारम्भ

चितवनमा स्काईवेलको डिलर बन्यो एच३आर मोटर्स, टेस्ट ड्राइभ र बुकिङ प्रारम्भ

चितवन – नेपालका लागि स्काईवेल ईभीको आधिकारिक वितरक जी मोटर्स प्रालिको...

२९ लाख भन्दा कम मूल्यमै आयो बीवाईडी एट्टो १

२९ लाख भन्दा कम मूल्यमै आयो बीवाईडी एट्टो १

काठमाडौं – नेपालका लागि बीवाईडीको आधिकारिक वितरक साइमेक्स इंक प्रालिले...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...