मंसिरमा नेपाल भित्रिए १ हजार २१० युनिट ईभी, सबैभन्दा धेरै चीनबाट
काठमाडौं – यो वर्षको मंसिर महिनामा कुल १ हजार २१० युनिट विद्युतीय कार, जिप र...
नेपालमा कुनै पनि सवारीसाधन आयात गर्दा सरकारले तोकेको प्रक्रिया पूरा गरी भन्सार पास गरेर मात्र सञ्चालन गर्न पाइन्छ। विद्युतीय स्कुटरको हकमा ३५० वाटभन्दा बढी पावरको मोटर जडान गरिएका स्कुटर अनिवार्य रूपमा यातायात व्यवस्था कार्यालयमा दर्ता गराउनुपर्छ।
तर, हाल नेपाल–भारत सीमाना हुँदै विशेषगरी सुनौली नाकाबाट बिना भन्सार र बिना दर्ता ठूलो संख्यामा विद्युतीय स्कुटर नेपाल भित्र्याइएको देखिन्छ।
भैरहवा बोर्डरको पारी भारतीय बजार सुनौलीको सीवाईपी ई–राइड्स नामक पसलले भारतमै नेपाली स्टाफ राखेर सामाजिक सञ्जाल, विशेषगरी टिकटकमा, नेपाली भाषामा भिडियो बनाएर प्रचार गरिरहेको पाइन्छ। उनीहरूले ‘यी स्कुटर भन्सार, दर्ता र ड्राइभिङ लाइसेन्स बिना नै चलाउन मिल्छ ।’ भन्दै बिक्री गरिरहेका छन्। कानुनबारे राम्रो जानकारी नभएका नेपाली उपभोक्ताहरू लोभिएर यी स्कुटर खरिद गरिरहेका छन्।
यति ठूलो संख्यामा बिना भन्सार स्कुटर नेपाल भित्रिँदा पनि सरोकारवाला निकायहरू भने अनभिज्ञ देखिन्छन्। भैरहवा भन्सार कार्यालयका सूचना अधिकारी नरेन्द्र प्रसाद चौधरीका अनुसार यसबारे कुनै जानकारी प्राप्त भएको छैन।
जिल्ला प्रहरी कार्यालय रुपन्देहीका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक सुरज कार्कीले पनि हालसम्म कुनै उजुरी प्राप्त नभएको जानकारी दिएका छन्। त्यस्तै, जिल्ला ट्राफिक प्रहरी कार्यालय रुपन्देहीकी इन्चार्ज प्रहरी निरीक्षक रञ्जु केसीले आफ्नो जाँचमा अहिलेसम्म यस्ता स्कुटर फेला नपरेको जानकारी दिइन्।
यस्ता स्कुटर मुख्य रूपमा शहरभन्दा बढी ग्रामीण क्षेत्रका उपभोक्ताले खरिद गरिरहेको अनुमान गरिएको छ। गाउँमा ट्राफिक जाँच कम हुने भएकाले बिना भन्सारका स्कुटर सजिलै सञ्चालन भइरहेका छन्। सरकारलाई ठूलो मात्रामा राजस्व उठ्ने क्षेत्रमध्ये सवारीसाधन आयात एक प्रमुख स्रोत हो। तर, यसरी बिना भन्सार सवारीसाधन भित्रिँदा सरकारको राजस्व संकलनमा गम्भीर असर परिरहेको छ।

कानुनी रूपमा कर तिरेर व्यापार गरिरहेका व्यवसायीहरूलाई पनि यसले ठूलो नोक्सानी पुर्याइरहेको छ। उनीहरू भन्सार, कर र अन्य शुल्क तिरेर व्यापार गरिरहेका छन् भने बिना भन्सार भित्रिएका स्कुटरहरू सस्तोमा बिक्री भइरहेका छन्। ग्रीन इनर्जी ईभी पोइन्ट, दाङले यसबारे भन्सार विभागमा उजुरी दिएको भए पनि हालसम्म कुनै ठोस कारबाही नभएको देखिन्छ।
सरकारले यस्ता गतिविधि नियन्त्रण गर्न सीमा क्षेत्रमा कडाइ गर्नुपर्छ। बिना भन्सारका स्कुटर जफत गरेर कानुनी प्रक्रिया पूरा नगरी सवारीसाधन भित्र्याउनेहरूमाथि कारबाही गर्न आवश्यक छ। आम उपभोक्तालाई कानुनी जानकारी दिई बिना भन्सारका स्कुटर खरिद गर्नु गैरकानुनी मात्र नभई सुरक्षाका हिसाबले पनि जोखिमपूर्ण हुन सक्छ भन्ने बुझाउन जरुरी छ।

विद्युतीय सवारीसाधनको प्रयोग नेपालमा तीव्र रूपमा बढ्दै गइरहेका बेला बिना भन्सार आयात हुने स्कुटरहरूको समस्या अझ गम्भीर बन्न सक्ने देखिन्छ। सरकारका सम्बन्धित निकायहरूले यसबारे गम्भीर ध्यान नदिएमा अवैध सवारीसाधनको कारोबार झन् बढ्नेछ, जसले कानुनी रूपमा व्यापार गरिरहेका व्यवसायीहरूलाई धरासायी बनाउनुका साथै सरकारको राजस्व संकलनमा पनि गिरावट ल्याउने व्यवसायीहरुको भनाइ छ ।
काठमाडौं – यो वर्षको मंसिर महिनामा कुल १ हजार २१० युनिट विद्युतीय कार, जिप र...
बिश्वको सबैभन्दा ठूलो कार उत्पादक कम्पनी टोयोटाले एकसाथ १५ वटा इभीको...
टीभीएसले यस वर्ष भारतीय बजारमा दुई पाङ्ग्रे इलेक्ट्रिक मोडल ल्याउने तयारी...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...