इलेक्ट्रिक स्कुटरको समेत बढ्न थाल्यो मूल्य, एनआईयूले एउटै स्कुटरमा बढायो १६ हजार रुपैयाँ

इलेक्ट्रिक स्कुटर एनआईयूले एउटै मोडलमा १६ हजार रुपैयाँले मूल्य वृद्धि गरेको छ । कम्पनीले एमक्यूआई प्लस मोडलको स्कुटरमा यति ठूलो रकम वृद्धि गरेको हो ।

यो स्कुटरको यसअघिको मूल्य २ लाख ३९ हजार कायम गरिएकोमा नयाँ मूल्य २ लाख ५५ हजार तोकिएको छ । अन्तर्राष्ट्रिय बजारमा डलर महंगो भएका कारण स्कुटरको मूल्य बढाउनु परेको कम्पनी स्रोतले बताएको छ ।

प्रिमियम स्कुटरको पहिचान बनाएको एनआईयूका नेपाली बजारमा ४ भिन्न मोडल उपलब्ध भएपनि हाल स्टकमा भने एमक्यूआई प्लस मात्र उपलब्ध रहेको र सोही स्कुटरको मूल्य बढाइएको हो । स्रोतका अनुसार अन्य मोडल भित्रिएपछि त्यसको पनि मूल्य बढ्नेछ । यसको सबैभन्दा प्रिमियम र महंगो मोडलको मूल्य ४ लाख ४५ हजार तोकिएको छ ।

यस्तो छ एमक्यूआई प्लस

एनआईयूको यो स्कुटरमा १२ सय वाटको मोटर र ४८ भोल्टको लिथियम आयोन ब्याट्री छ । ७ घण्टामा फुल चार्ज गर्न सकिने स्कुटरले ६० देखि ७५ किलोमिटर रेन्ज दिने बताइएको छ । यसको टप स्पिड ४५ किलोमिटर प्रतिघण्टा छ ।  सो स्कुटरले सिंगल चार्जमा ८० देखि १०० किमी सम्मको रेन्ज दिने कम्पनीले बताएको छ ।

रोबस्ट फ्रेमका कारण यो स्कुटरमा सवार हुने ब्यक्तिले आफूलाई कन्फिडेन्ट महसुस गर्न सक्छन् । लिथियम आयोन ब्याट्री र बोस मोटरको कम्बिनेसनले स्कुटरलाई थप सशक्त बनाएको छ । 

स्कुटरमा गरिएको नयाँ अपग्रेडले यसलाई थप ग्राहकमैत्री बनाएको छ । सबै स्कुटरमा प्रिपेड सिमकार्ड स्लट उपलब्ध छ, जसलाई एनआईयू एपको माध्यमले सातै दिन र चौबिसै घण्टा कनेक्ट गर्न सकिन्छ । यसको सहयोगले जीपीएस, एन्टी–थेफ्ट ट्रयाकिङ, रिमोट ट्रयाकिङ, स्कुटर डायग्नोस्टिक र हेल्प सेन्टर जस्ता रियल टाइम इन्टेलिजेन्स स्कुटर धनीलाई उपलब्ध हुन्छ ।

सम्बन्धित समाचारहरू

२०२४ मा विश्वभर ८ करोड ८३ लाख नयाँ कार बिक्री हुने

२०२४ मा विश्वभर ८ करोड ८३ लाख नयाँ कार बिक्री हुने

नेपाली बजारमा धेरै नयाँ कार बिक्री नभइरहेको अवस्था भए पनि विश्व बजारमा सन्...

१५०० सीसी माथिको कार र इलेक्ट्रिक कारमा बढ्यो कर : यस्तो छ अन्य व्यवस्था

१५०० सीसी माथिको कार र इलेक्ट्रिक कारमा बढ्यो कर : यस्तो छ अन्य व्यवस्था

काठमाडौं – अर्थमन्त्री जनार्दन शर्माले आर्थिक वर्ष २०७९/८० को बजेट...

पहिलो मोडुलर इलेक्ट्रिक स्कुटर अर्को वर्ष लन्च हुने

पहिलो मोडुलर इलेक्ट्रिक स्कुटर अर्को वर्ष लन्च हुने

इभी स्टार्टअप कम्पनी डिस्प्याच भेहिकलले अर्को वर्ष मोडुलर इलेक्ट्रिक...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...