अब अशक्त व्यक्तिहरुलाई पनि १० हजारमै इलेक्ट्रिक स्कुटर

काठमाडौं – बज्र ग्रुप अन्तर्गतको कम्पनी ईभी नेपाल मोटर्स प्रालिले लेभ्निङ ब्रान्डको इलेक्ट्रिक स्कुटर कुनै पनि नेपाल भरिका अशक्त व्यक्तिहरुका लागि १० हजार रुपैयाँमै उपलब्ध गराउने भएको छ ।

तपाईको गोजीमा कति छ ? भन्ने स्किम अन्तर्गत १० हजार रुपैयाँमा लेभ्निङ ब्रान्डको स्कुटर नेपाल भरिको अशक्त व्यक्तिले पाउने छन् । अशक्त ब्यक्तिको लागि बनाइएको ३ पांग्रे स्कुटर को नाम एलएक्स ०१ मोडेल हो। यो स्कुटर जर्मन कम्पनी बोसको मोटर्स प्रयोग गरिएको स्कुटर हो । फुल चार्जमा राम्रो माइलेज दिने हुनाले कुनै पनि अशक्त व्यक्तिले कम्पनीको शोरुम मा गएर १० हजार भुक्तानी गरि फाइनान्स मार्फत सजिलै संग खरिद गर्न पाउनेछन ।

यसका साथै नविल बैंकको शून्य प्रतिशत ब्याजदरमा सो स्कुटर किन्न सकिने छ । त्यसैगरी नगदमा किन्नेका लागि भने १० हजार छुट गरिएको कम्पनीले बताएको छ ।

अशक्त व्यक्तिको खर्च वचत हुने, पेट्रोल हाल्न नपर्ने, सर्भिस र पार्ट्समा खर्च नहुने, वातावरण स्वस्छ हुने हुनाले कम्पनीले यो सहुलियत दरमा र असक्त व्यक्तिको लागि १० हजार वा शून्य प्रतिशत स्किममा लेभ्निङ ब्रान्डको इलेक्ट्रिक स्कुटर सीमित अवधिको लागि प्रदान गर्ने योजना लागू गरेको बताएको छ ।

कम्पनीको कर्पोरेट समाज प्रतिको उतरदायित्व अन्तर्गत यो स्किम अशक्त व्यक्तिहरुको लागि लागु गरिएको छ।
यो योजना प्रारम्भ भइसकेको र नजिकको लेभ्निङ इलेक्ट्रिक स्कुटरको शोरुममा सम्पर्क गर्न सकिने बताइएको छ ।

नेपाली बजारमा एलएक्स०१, एलएक्स०२, एलएक्स०४, एलएक्स०५, एलएक्स०५–डी, एलएक्स०६, एलएक्स०६ म्याक्स, एलएक्स०८, एलएस०१ र एम०४ मोडलका स्कुटर उपलब्ध छन् । यी स्कुटरको मूल्य १ लाख १० हजार देखि ५ लाख ५९ हजार रुपैयाँ सम्म छ ।

काठमाडौंको नक्साल, टेकु र भैसेपाटी शोरुममा सम्पर्क गर्न सकिने वा सम्पर्क नम्बर ९८०१०२९४७४ र ९८०२३०८५१२ मा समेत सम्पर्क गरेर विभिन्न जानकारी लिन सकिने बताइएको छ ।

नेपाली कर्पोरेट हाउसको इतिहासमा ३० वर्ष पुरानो र नेपाल भरिको सबै ग्राहकको बवश्वास जित्न सफल ग्रुपको रुपमा परिचित बज्र ग्रुप अन्तर्गतको कम्पनीले यी स्कुटर उपलब्ध गराइरहेको छ । नेपालमा ३० वर्ष देखि विभिन्न ब्रान्डको व्यवसाय गरिरहेको बज्र ग्रुप विश्वसनियताका लागि लोकप्रिय मानिने बताइएको छ ।

सम्बन्धित समाचारहरू

रसुवागढी नाकाबाट १०० विद्युतीय कार आयात

रसुवागढी नाकाबाट १०० विद्युतीय कार आयात

यातायातको पहुँचलाई सरलीकृत गर्न नेपाली व्यापारी तथा व्यवसायीले उत्तरी...

लिफान ब्रान्डका इलेक्ट्रिक स्कुटर नेपाल आउने, यस्तो हुनेछ मूल्य

लिफान ब्रान्डका इलेक्ट्रिक स्कुटर नेपाल आउने, यस्तो हुनेछ मूल्य

काठमाडौं – नेपालमा लिफान इलेक्ट्रिक स्कुटर भित्रिने भएको छ ।...

युरोपमा सस्तो ईभीको दौड तीव्र, चिनियाँ ब्रान्डको दबाबमा ठूला अटो निर्माता सक्रिय

युरोपमा सस्तो ईभीको दौड तीव्र, चिनियाँ ब्रान्डको दबाबमा ठूला अटो निर्माता सक्रिय

युरोपेली बजारमा चिनियाँ विद्युतीय सवारीसाधन (ईभी) ब्रान्डहरूको प्रभाव...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...