चांगन युनि–टीले पायो फाइभ स्टार सेफ्टी रेटिङ, छिट्टै नेपाल भित्रिदै
काठमाडौं – चिनियाँ अटोमोबाइल निर्माता कम्पनी चांगनको युनि–टीले...
काठमाडौं – नेपाली बजारमा लगातार नयाँ ब्रान्डका इलेक्ट्रिक स्कुटर भित्रिरहेको समयमा अर्को ब्रान्ड टीएनआर समेत भित्रिएको छ । वीरगन्जलाई केन्द्रविन्दु मानेर बिक्री प्रारम्भ गरिएको यो ब्रान्डका ६ मोडल हाल उपलब्ध छन् ।
निसान ट्रेडर्सले आधिकारिक रुपमा बिक्री प्रारम्भ गरेको यो ब्रान्डका २५० देखि १२ सय वाट सम्मका स्कुटर उपलब्ध छन् । सामान्यतः यी स्कुटरलाई फुल चार्ज हुन ६ घण्टा जति लाग्ने र एक पटकको फुल चार्जमा ८५ किलोमिटर रेन्ज दिने बताइएको छ ।
२५० वाटको भने इलेक्ट्रिक साइकल हो यसलाई चलाउन लाइसेन्स चाहिदैन र दर्ता पनि गर्नु पर्दैन । यसको मूल्य १ लाख ५ हजार रुपैयाँ तोकिएको छ ।
त्यसैगरी ८ सय वाटका टर्नर, टर्नर क्लासिक र जुबा इलेक्ट्रिक स्कुटर उपलब्ध छन् । यी स्कुटरको मूल्य क्रमशः १ लाख १५ हजार, १ लाख २० हजार र १ लाख २५ हजार रुपैयाँ तोकिएको छ ।
अर्को १२ सय वाट क्षमताको जेटर इलेक्ट्रिक स्कुटरको मूल्य भने १ लाख ४० हजार रुपैयाँ छ ।
गत वर्षको फेब्रुअरीमै नेपाल भित्र्याएको भए पनि लकडाउनका कारण बिक्री प्रवद्र्धन हुन नसकेको र हाल यसको बिक्री सन्तोषजनक रहेको निसान ट्रेडर्सका म्यानेजिङ डाइरेक्टर राजबाबु साहले बताए ।
मेक इन इन्डिया यी स्कुटरमा प्रयोग गरिएका पार्ट्स भने अधिकांश चाइनिज हुन् । सस्तो मूल्यमा उपलब्ध भएकाले पनि यी स्कुटर धेरैले मन पराउने गरेको साहले बताए ।
काठमाडौं – चिनियाँ अटोमोबाइल निर्माता कम्पनी चांगनको युनि–टीले...
इन्डोनेसियामा सेरेस ब्रान्ड होल्ड गर्ने पीटी सोकोनइन्डो अटोमोबाइलले सन्...
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले हाइड्रोजन गाडी चढ्ने तयारी...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...