यसरी गर्न सकिन्छ हिरो स्प्लेन्डरलाई १५१ किमी रेन्ज दिने इलेक्ट्रिकमा रुपान्तरण

ईभी स्टार्टअप कम्पनी गोगोएवनले भारतमा दुई पाङ्ग्रे सवारीका लागि पहिलो आरटीओ स्वीकृत ईभी कन्भर्सन किट लन्च गरेको छ । उक्त कम्पनीले १० वर्ष पुरानो हिरो स्प्लेन्डर मोटरसाइकललाई इलेक्ट्रिक सवारी साधनमा रूपान्तरण गरेको छ ।

गोगोएवन कम्पनीले लन्च गरेको इलेक्ट्रिक कन्भर्सन किटको मूल्य लगभग ३५ हजार भारु तोकिएको छ । कम्पनीले सो किट हिरो स्प्लेन्डरमा जडान गरेको छ । कम्पनीले यो किट मार्फत हिरो स्प्लेन्डर एक पटक चार्जमा १५१ किलोमिटरसम्मको रेन्ज दिन सक्ने दाबी गरेको छ ।

कम्पनीले यो इलेक्ट्रिक किटमा ३ वर्षको वारेन्टी दिएको छ, तर ब्याट्री प्याकमा यो उपलब्ध छैन । यसमा १५१ किलोमिटरको ब्याट्री रेन्जको लागि किट र ब्याट्रीको मूल्य लगभग ९५ हजार भारु रहेको छ । सो मूल्यमा बाइकको मूल्य समावेश गरेको छैन ।

स्प्लेन्डरलाई ईभीमा रूपान्तरण गर्नका लागि कम्पनीको आधिकारिक वेबसाइट मार्फत अनलाइन अर्डर गर्न सकिन्छ । सो किट स्प्लेन्डरमा जडान गर्नको लागि गोगोएवन कम्पनीको केन्द्रमा गएर फिट गर्न सकिन्छ । हाल, भारतको ३६ आरटीओमा गोगोएवनको स्थानीय इन्टलेसन सेटअप उपलब्ध छ, र कम्पनीले चाँडै अन्य शहरमा पनि विस्तार गर्ने अपेक्षा गरिएको छ ।

सम्बन्धित समाचारहरू

दशैं–तिहार अफर : भाटभटेनीबाट किनमेल गर्दा टाटा पन्च ईभी जित्ने अवसर

दशैं–तिहार अफर : भाटभटेनीबाट किनमेल गर्दा टाटा पन्च ईभी जित्ने अवसर

काठमाडौं – देशकै सबैभन्दा ठूलो सुपरमार्केट भाटभटेनीबाट दशैं, तिहार र...

फरथिङ फ्राइडे ईभी अव युरोपेली बजारमा पनि, नेपालसहित विश्वभर विस्तार हुँदै

फरथिङ फ्राइडे ईभी अव युरोपेली बजारमा पनि, नेपालसहित विश्वभर विस्तार हुँदै

काठमाडौं – चिनियाँ अटो निर्माता डोङफेङले उत्पादन गरेको फरथिङ फ्राइडे ईभी...

आईएमई इलेक्ट्रिक (राफ्ट स्कुटर) को स्टल बन्यो ईभी नेपाल एक्सपो २०२२ मा नम्बर १ स्टल

आईएमई इलेक्ट्रिक (राफ्ट स्कुटर) को स्टल बन्यो ईभी नेपाल एक्सपो २०२२ मा नम्बर १ स्टल

काठमाडौं – तीन दिन सम्म काठमाडौंको भृकुटीमण्डपमा चलेको ‘ईभी नेपाल एक्सपो...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...