डिलर विस्तारमा आक्रामक बन्दै एथर, झम्सिखेलमा खुल्यो दोस्रो शोरूम
काठमाडौं – वैद्य इनर्जीले एथर इलेक्ट्रिक स्कुटरको नयाँ शोरूम...
पायोनियर ग्रुप नेपालले नेपाली बजारमा सिटी कारको रुपमा हेनरी ब्रान्डको टाइगर मोडल बी मिनी कार लन्च गरेको छ । सो मिनी इलेक्ट्रिक कारमा ३५ किलोवाटको मोटर र १७ किलोवाट आवरको ब्याट्री रहेको छ, जसले १५० किलोमिटर सम्मको रेन्ज दिन्छ ।
हेनरीको सो सिटी कार चीनको हेनरी अटोमोबाइल टेक्नोलोजी कम्पनी लिमिटेडले उत्पादन गरेको हो । सन् २०१० मे मा चीनको बेइजिङ झोङग्वानकुन साइन्स एन्ड टेक्नोलोजी पार्कमा यसको स्थापना भएको थियो । कम्पनीले ‘लो–कार्वन कार बनाउने र हाई–क्वालिटी लाइफ निर्माण गर्ने’ लक्ष्य लिएको छ भने सबैलाई लो–कार्वन कार उपलब्ध गराउने अभियानमा लागेको बताएको छ ।
हेनरी टाइगर मोडल बी मिनी कार स्मल इलेक्ट्रिक भेइकल प्लेटफर्ममा आधारित छ । यो चार सिटर ईभी हो, जसको ह्विलबेस २४४० एमएम लामो छ । यसको डाइमेन्सन ३३८०, १४९९ र १६१० एमएम छ भने १६५ एमएम ग्राउन्ड क्लियरेन्स छ । हेन्री मिनी कारमा एसी, हिटर, पीयू लेदर सिट, रिभर्स क्यामेरा र सेन्सर, कन्ट्रोल बटन, हिल होल्ड असिस्ट, एबीएस, ईबीडी, ईपीएस र इन्टिग्रेटेड डिजिटल इन्फोटेनमेन्ट लगायतका विभिन्न फिचर उपलब्ध छन् ।
यो कारमा १७ किलोवाट आवरको लिथियम आयोन ब्याट्री रहेको छ । रियर ह्विल ड्राइभयुक्त सो कारमा ३५ किलोवाट परमनेन्ट म्याग्नेट सिंक्रोनस छ । कारलाई १०० किलोमिटर प्रतिघण्टा सम्मको गतिमा कुदाउन सकिन्छ । यसको ब्याट्री ४ घण्टामा २० देखि शतप्रतिशत सम्म चार्ज हुन सक्छ ।
सो मिनी कार पायोनियर ग्रुप अन्तर्गतको पायोनियर वल्र्डवाइड प्रालिले बिक्री–वितरण गरिरहेको छ । यसको मूल्य २३ लाख ५० हजार रुपैयाँ तोकिएको छ । हाल थापाथलीस्थित सेन्ट्रल बिजनेस पार्कमा सो कार टेस्ट ड्राइभ गर्न सकिन्छ । केही समय पछि उत्तरढोकाबाट समेत सेवा उपलब्ध हुने बताइएको छ ।
कम्पनीले ब्याट्रीमा ५ वर्ष र मोटरमा ३ वर्ष वा ६० हजार किलोमिटरको वारेन्टी दिने बताएको छ ।
काठमाडौं – वैद्य इनर्जीले एथर इलेक्ट्रिक स्कुटरको नयाँ शोरूम...
काठमाडौँ – ओमोडा एन्ड जेइकोले नेपाल क्रिकेट संघ (क्यान)द्वारा आयोजना हुने...
विद्युतीय सवारीमा प्रयोग गरिने ब्याट्रीका लागि आवश्यक लिथियमको विशाल...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...