क्रिसमसको अवसरमा भाटभटेनीमा रोमाञ्चक सरप्राइज पाइने
काठमाडौं – नामी ईभीको नेपालका लागि आधिकारिक वितरक एमएडब्लु वृद्धिले...
इलेक्ट्रिक कार याङवाङ यु९ एक्स्ट्रिमले ४९६.२२ किलोमिटर प्रतिघण्टाको उच्चतम गति हासिल गर्दै नयाँ विश्व रेकर्ड कायम गरेको छ । यसको परीक्षण सेप्टेम्बर १४ मा जर्मनीको पापेनबर्गस्थित एटीपी अटोमोटिभ टेस्टिङ ट्र्याकमा सम्पन्न भएको थियो ।
सो कारले इलेक्ट्रिक गाडीको मात्र होइन पेट्रोलबाट चल्ने गाडीको ४९०.४८४ किलोमिटर प्रतिघण्टाको पुरानो रेकर्ड पनि तोडेको छ। यसका कारण यु९एक्स सबै वर्गमा विश्वकै सबैभन्दा तीव्र गतिमा गुड्ने कार बनेको छ। सो रेकर्ड हाई स्पिड रन पछि जर्मन टेस्ट ट्र्याकमा आधिकारिक रूपमा प्रमाणित गरिएको हो।
यस कारलाई पहिले यु९ को स्पेशल एडिशनको रूपमा प्रस्तुत गरिएको थियो तर अब यु९ एक्स्ट्रिम नामसहित सीमित उत्पादनमा लन्च गरिएको छ । विश्वव्यापी रूपमा यसको केवल ३० युनिट मात्र उत्पादन हुनेछ ।
यु९एक्स यु९ प्लेटफर्ममा बनेको भए पनि यसमा धेरै महत्वपूर्ण प्रविधि र प्राविधिक सुधार गरिएको छ। यसमा १२०० भोल्टको अल्ट्रा-हाई-भोल्टेज सिस्टम, लिथियम आइरन फस्फेट ब्लेड ब्याट्री, ३० हजार आरपीएमसम्म घुम्न सक्ने ४ वटा हाई स्पिड इलेक्ट्रिक मोटर, नयाँ डिसस् -एक्स सस्पेन्सन र ट्र्याकको एक्स्ट्रिम प्रेशर सहन सक्ने टायर जडान गरिएको छ। यी सबै फिचरले कारलाई ५०० किलोमिटर प्रतिघण्टाको गति दिन सक्षम बनाएको छ।
सो कारलाई प्रसिद्ध जर्मन रेसिङ ड्राइभर मार्क बासेङले चलाएका थिए । यु९एक्स नाम अंग्रेजी शब्द "एक्स्ट्रिम" बाट लिइएको हो जसको अर्थ "सीमा" र "अन्तिम" हुन्छ भने अक्षर एक्सले अज्ञातलाई जनाउँछ।
काठमाडौं – नामी ईभीको नेपालका लागि आधिकारिक वितरक एमएडब्लु वृद्धिले...
चीनमा हालै सबैभन्दा सुरक्षित कारको रुपमा एइटो एम८ नामक एसयूभीलाई मान्यता...
हिरो इलेक्ट्रिकलाई उछिन्दै ओला भारतको नम्वर वान इलेक्ट्रिक स्कुटर...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...