क्रेटा ईभी सहित ३ नयाँ ईभी लन्च गर्दै हुन्डाई
हुन्डाईले आगामी दिनमा आफ्ना नयाँ इलेक्ट्रिक मोडलहरु लन्च गर्ने तयारी...
नेपाली बजारमा इलेक्ट्रिक कारको चर्चा गर्दा जहिले पनि हुन्डाई, एमजी र कियाको नाम अग्रपंक्तिमा आउने गर्छ । यो भन्दा पहिले हुन्डाईको कोना, कोना फेसलिफ्ट र आयोनिक उपलब्ध भइरहेकोमा अब आयोनिक ५ भित्रिएको छ । त्यसैगरी एमजीको जेडएस ईभी पहिले देखि नै उपलब्ध भइरहेकोमा अब जेडएस ईभीको फेसलिफ्ट मोडल समेत भित्रिएको छ ।
हुन्डाईले केही समय यता परीक्षण गरिरहेको भए पनि गत बिहिबार यसको सफ्ट लन्च गरेको छ भने २०२२ जेडएस ईभी आइतबार औपचारिक लन्च गरिएको छ । हाल नेपाली बजारमा उपलब्ध आयोनिक ५ को दुई भेरिएन्ट मध्ये प्यानोरामिक सनरुफयुक्त भेरिएन्टको मूल्य ८० लाख ९६ हजार र सोलार सनरुफयुक्त भेरिएन्टको मूल्य ८१ लाख ९६ हजार रुपैयाँ तोकिएको छ । म्याट कलर कलर किन्न चाहने ग्राहकले ६० हजार अतिरिक्त रकम तिर्नु पर्नेछ । त्यसैगरी एमजी जेडएस ईभी पनि दुई भेरिएन्टमा उपलब्ध छ । ५१.५ किलोवाट ब्याट्रीयुक्त गाडीको मूल्य ५१ लाख ९९ हजार र ७२.६ किलोवाट ब्याट्रीयुक्त गाडीको मूल्य ५९ लाख ९९ हजार रुपैयाँ तोकिएको छ ।
यी दुई इलेक्ट्रिक गाडी किन्न चाहने ग्राहक आफैमा फरक हुन सक्छन् । ब्रान्ड, क्वालिटी, टेक्नोलोजी आदिले पनि भूमिका खेल्न सक्छ । यद्यपि हुन्डाई आयोनिक ५ एक प्रिमियम इलेक्ट्रिक कार भएकाले त्यसै अनुसारको मूल्य भएको कम्पनी स्रोतको भनाइ छ । यसले गर्दा अलि बढी मूल्य तिर्न पनि तयार हुनेहरुले यो गाडी रोज्न सक्छन् । त्यसैगरी एमजीको ब्रान्ड लिगेसी र पहिले पनि नेपाली बजारमा राम्रो पहिचान कायम गरेको जेडएस ईभीले यसको बिक्री राम्रो हुनमा भूमिका खेल्न सक्छ ।
जे भए पनि पहिले हुन्डाई र एमजीका गाडी प्रयोग गरिरहेका र नयाँ ग्राहकले समेत यी दुवै गाडीमार्फत नयाँ प्रविधियुक्त र नयाँ फिचरयुक्त गाडीको अनुभव लिन सक्ने भएका छन् ।
हुन्डाईको ‘रेभुलुसनरी इलेक्ट्रिक ड्राइभ आर्किटेक्चर’ मा निर्माण भएको आयोनिक–५ मा रियर ह्विल ड्राइभ सिस्टम रहेको छ । साथै, यो कारमा सोलार वा भिजन रुफ, भेइकल टु लोड, एम्बियन्ट मुड लाइट्स, पावर टेलगेट, रेन सेन्सिङ वाइपर, ब्लाइन्ड स्पट भ्यु मोनिटर तथा भ्वाइस रिकग्निसन भेइकल कन्ट्रोल जस्ता अत्याधुनिक फिचर उपलब्ध छन् ।
आयोनिक–५ हुन्डाईको नयाँ आयोनिक लाइनअप अन्तर्गत ‘स्पेशलाइज्ड इजीएमपी व्याट्री इलेक्ट्रिक भेइकल प्लेटफर्म’ मा बनेको हो ।
आयोनिक ५ को डिजाइन अत्याधुनिक र आकर्षक रहेको छ । यो गाडी अत्याधिक इनर्जी इफिसीयन्सी, उत्कृष्ट पर्फर्मेन्स र चालक तथा यात्रुलाई आरामदायी यात्रा गराउन सफल हुने कम्पनीले विश्वास लिएको बताएको छ ।
नयाँ एमजी जेडएस ईभी मध्ये एउटामा ५१.५ किलोवाट हाइटेक ब्याट्री हुनेछ र यसको रेन्ज ३१९ किलोमिटर हुनेछ । त्यसैगरी अर्को ७२.६ किलोवाट ब्याट्री हुनेछ, जसको रेन्ज ४४० किलोमिटर हुनेछ । सो गाडीको ग्राउन्ड क्लियरेन्स १७५ एमएम छ ।
एमजी जेडएस ईभी २०२२ को इन्टेरियर र एक्सटेरियरमा नयाँ डेकोरेसन र अपडेट गरिएको छ । यसको इन्टेरियरमा १०.१ इन्चको टचस्क्रिन इन्फोटेनमेन्ट सिस्टम र ७ इन्चको डिजिटल ड्राइभर डिस्प्ले रहेको छ । यसका साथै रोटरी डायल गियर नब, ड्राइभिङ मोड र ब्रेकिङ रिजेनेरेसन रहेको छ । यसमा हेडल्याम्प, इन्टिग्रेटेड एलईडी डीआरएल, एलईडी टेलल्याम्प आदि छन् ।
यो गाडीमा एमजी पाइलट नाम दिइएको अटोमेटिक इमर्जेन्सी ब्रेकिङ सहितको एड्भान्स्ड ड्राइभर असिस्टेन्स सिस्टम रहेकोले निकै नै सुरक्षित मानिएको छ । यसमा १३० एचपीको पावर र २८० एनएमको टर्क भएको पर्मानेन्ट म्याग्नेट सिंक्रोनस मोटर रहेको छ ।
यो गाडी ८.५ सेकेन्डमा १०० किलोमिटर प्रतिघण्टाको गतिमा गुड्न सक्छ । एमजीको ग्लोबल डिजाइन भएको यो गाडीमा पानोरामिक सनरुफ, १७ इन्चको डायमन्ड कट अलोय ह्विल र २.५ को पीएम फिल्टर लगायतका धेरै सुविधा रहेका छन् ।
एमजी जेडएस ईभी २०२२ मा पावर्ड ड्राइभर सिट, अटोमेटिक हेडलाइट र वाइपर, कनेक्टेड कार टेक्नोलोजी, ६ वटा एयरब्याग, हिल स्टार्ट, हिल डिसेन्ट कन्ट्रोल, अल ह्विल डिस्क ब्रेक, टायर प्रेसर मोनिटरिङ सिस्टम, अडेप्टिभ क्रुज कन्ट्रोल, लेन किप असिस्ट र ३६० डिग्री क्यामेरा जस्ता विभिन्न फिचर उपलब्ध छन् ।
हुन्डाईले आगामी दिनमा आफ्ना नयाँ इलेक्ट्रिक मोडलहरु लन्च गर्ने तयारी...
काठमाडौं– एमजीले फुल साइजको एसयूभी मजेस्टर देखाएको छ । कम्पनीले भारतमा...
हुन्डाई मोटर्स इन्डियाले यसै बर्षको अन्त्यसम्ममा लन्च गर्ने भनिएको...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...