‘एड्भान्स्ड एयर सस्पेन्सन’ र ‘अल सिट मसाज लक्जरी’ सहितको ‘ट्रान्सफर्मर एक्स’ सार्वजनिक गर्दै एमएडब्लु वृद्धि
काठमाडौं – गत वर्ष विश्वकै पहिलो ट्रान्सफर्मर एसयूभी दिपल ई०७ लाई नेपाली...
मर्सिडिज बेन्ज इन्डियाले भारतमा आफ्नो पहिलो ब्याट्री–इलेक्ट्रिक भेइकल ईक्युसी इलेक्ट्रिक कारको मूल्य घटाएको छ । कम्पनीले सो कार ७ लाख भारु छुटमा बिक्री गरिरहेको छ । हाल यसको मूल्य ९९ लाख ५ हजार भारु रहेको छ ।
कम्पनीले अक्टोबर २०२० मा ९९ लाख ३ हजार भारु मूल्यमा ईक्युसी लन्च गरेको थियो । दुई पटक सम्म यसको मूल्य बढाएर १ करोड ६ लाख भारु पुगेको थियो । यद्यपि, मर्सिडिजले अब करिब ७ लाख भारुको छुट प्रदान गर्दैछ र यस वर्ष जनवरीदेखि ९९ लाख ५ हजार भारुमा ईक्युसी बिक्री गरिरहेको छ । नेपाली रुपैयाँमा हिसाब गर्दा यसको मूल्य एकैपटक करिब ११ लाख रुपैयाँले घटेको छ ।
ईक्युसीमा ८० केडब्ल्युएचको ब्याट्री उपलब्ध छ । यसमा २०.८–१९.७ केडब्ल्युएच÷१०० किलोमिटरको इलेक्ट्रिक मोटर प्रयोग गरिएको छ । सो मोटरले ७६० एनएमको टर्क र ४०२.३ बीएचपीको पावर जेनेरेट गर्छ । यो एसयूभीले ५.१ सेकेन्डमा ० देखि १०० किलोमिटर प्रतिघन्टाको गति लिने क्षमता छ । यसको टप स्पिड १८० किमी÷घन्टा छ ।
सो एसयूभीले एक पटक फुल चार्जमा ४७१ किलोमिटरसम्मको रेन्ज प्रदान गर्ने कम्पनीले दाबी गरेको छ । यसको साथै होम चार्जिङ, एसी वाल आउटलेट र फास्ट चार्जिङका लागि ३ वटा चार्जिङ विकल्प उपलब्ध छ । ईक्युसीको फास्ट चार्जिङ युनिट ५० केडब्ल्युएच प्रकारको छ र यसले ९० मिनेटमा फुल चार्ज गर्न सकिन्छ । २.४ केडब्ल्युएच प्रकारको होम चार्जिङ युनिटले ईक्युसीलाई २१ घण्टासम्म फुल चार्ज गर्न सकिन्छ ।
ईक्युसीमा नयाँ जेनेरेशनको लिथियम आयोन ब्याट्री प्रयोग गरिएको कम्पनीको दाबी छ । मर्सिडिजले आजीवन सर्भिसको साथै ५ वर्षसम्म रोडसाइड असिस्टेन्ट वारेन्टी दिएको छ । ईक्युसीको ब्याट्रीमा ८ वर्ष वा १.६ लाख किलोमिटरको वारेन्टी उपलब्ध गराइएको छ ।
काठमाडौं – गत वर्ष विश्वकै पहिलो ट्रान्सफर्मर एसयूभी दिपल ई०७ लाई नेपाली...
चिनियाँ विद्युतीय सवारी निर्माता कम्पनी बीवाईडीले भेरिएबल–फ्लक्स...
काठमाडौं । नेपाल राष्ट्र बैंकले विद्युतीय गाडीमा कडाई गरेको छ । केन्द्रिय...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...