होन्डा र सोनीको सहकार्य घोषणा : २०२५ मा इलेक्ट्रिक कार लन्च गर्दै, २०३० सम्म ३० ईभी ल्याउने

जापानी कार निर्माता कम्पनी होन्डा र टेक कम्पनी सोनीले सन् २०२५ मा इलेक्ट्रिक कार लन्च गर्न साझेदारी गरेका छन् । होन्डाका अनुसार कम्पनीले सन् २०३० सम्ममा ३० वटा इलेक्ट्रिक कार लन्च गर्ने र यस अवधिमा विश्वभर हरेक वर्ष २० लाख इलेक्ट्रिक गाडी उत्पादन गर्नेछ ।

होन्डाले कार निर्माण र बिक्रीमा आफ्नो विशेषज्ञता प्रयोग गर्नेछ, जबकि सोनीले यसको सफ्टवेयर र प्रविधिलाई समर्थन गर्नेछ । होन्डाका वरिष्ठ कार्यकारी यासुहिदे मिजुनोले यसको अध्यक्ष र सीईओको रूपमा काम गर्नेछन् । सोनीका कार्यकारी उपाध्यक्ष इजुमी कावानाशी अध्यक्ष र प्रमुख अपरेटिङ अफिसर हुनेछन् । प्रत्येक कम्पनीले संयुक्त रुपमा ६ बिलियन येन लगानी गर्नेछ ।

यस वर्षको सुरुमा होन्डाले जनरल मोटर्स (जीएम) सँग कम लागतको ईभी मोडल विकास गर्ने बताएको थियो, जुन नयाँ संयुक्त प्लेटफर्ममा आधारित हुनेछ । यसमा होन्डा र जीएमले २०२४ मा २ वटा इलेक्ट्रिक ईभी उत्पादन सुरु गर्ने योजना बनाएका छन् ।

होन्डाले सन् २०२० मा आफ्नो सानो इलेक्ट्रिक कार ‘होन्डा–ई’ विश्व बजारमा ल्याएको थियो । कारमा सानो ब्याट्री छ, जसले फुल चार्जमा २८० किलोमिटरको रेन्ज दिन्छ । होन्डा–ईले २०२१ वल्र्ड अर्बन कार अफ द ईयरको उपाधि जितेको थियो । होन्डाले कार बाहेक २ ह्विललाई पनि इलेक्ट्रिकमा रूपान्तरण गर्ने योजना बनाएको छ ।

सम्बन्धित समाचारहरू

नेपाली इलेक्ट्रिक मोटरसाइकल यात्री पी–१ सोल्ड आउट, अर्को बुकिङ फेरि खुल्ने

नेपाली इलेक्ट्रिक मोटरसाइकल यात्री पी–१ सोल्ड आउट, अर्को बुकिङ फेरि खुल्ने

काठमाडौं – नेपाली युवाहरुको डिजाइनमा निर्माण भएको इलेक्ट्रिक मोटरसाइकल...

यस्ता छन् बीवाईडी र चांगनका इलेक्ट्रिक भ्यान (मूल्य, ब्याट्री क्षमता र रेन्ज सहित)

यस्ता छन् बीवाईडी र चांगनका इलेक्ट्रिक भ्यान (मूल्य, ब्याट्री क्षमता र रेन्ज सहित)

इलेक्ट्रिक सवारीसाधनको माग बढेसँगै बजारमा विभिन्न सेग्मेन्टका यस्ता...

सिंगल चार्जमा ४१५ किलोमिटर रेन्ज दिने जीएम इलेक्ट्रिक भ्यानको विश्व किर्तिमान

सिंगल चार्जमा ४१५ किलोमिटर रेन्ज दिने जीएम इलेक्ट्रिक भ्यानको विश्व किर्तिमान

इलेक्ट्रिक सवारी साधन निर्माता कम्पनीहरूले सिंगल चार्जमा अधिकतम रेन्ज...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...