बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
काठमाडौं – हुन्डाई गाडीको नेपालका लागि आधिकारिक वितरक लक्ष्मी इन्टरकन्टिनेन्टल प्रालिले नेपाली बजारका लागि इलेक्ट्रिक गाडीको नयाँ मूल्य निर्धारण गरेको छ ।
लक्ष्मी इन्टरकन्टिनेन्टल प्रालिले हाल हुन्डाई कोना र आयोनिक गाडी नेपाली बजारमा उपलब्ध गराइरहेको छ । यी मध्ये कोना ईभी दुई भेरिएन्टमा र आयोनिक सिंगल भेरिएन्टमा उपलब्ध छ ।
कोना ईभी सय किलो वाटको मूल्य ७६ लाख ९६ हजार रुपैयाँ र १ सय ५० वाटको मूल्य ९४ लाख ९६ हजार रुपैयाँ भएको लक्ष्मी इन्टरकन्टिनेन्टलले जनाएको छ ।
गत असार महिना भन्दा पहिले कोना ईभी १०० वाटको मूल्य ५५ लाख ९६ हजार र कोना ईभी १५० वाटको मूल्य ६५ लाख ९६ हजार रुपैयाँ थियो ।
त्यस्तै आयोनिक सय वाटको मूल्य ७६ लाख ९६ हजार रुपैयाँ तोकिएको छ। यसको यसअघिको मूल्य ५५ लाख ९६ हजार थियो ।
सरकारले इलेक्ट्रिक गाडीमा कर बढाएपछि सो गाडीको पनि मूल्य बढेको हो। केही दिन पहिले मात्र सरकारले अन्तःशुल्कमा केही कमी गरेको थियो ।
पहिले मूल्य सूची नै सार्वजनिक गर्न हिच्किचाएका बिक्रेताहरुले अब भने धमाधम मूल्य सार्वजनिक गर्न थालेका छन् । यो भन्दा पहिले दीगो र एमजीले विद्युतीय गाडीको नयाँ मूल्य सूची सार्वजनिक गरिसकेका छन् ।
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...