यस्तो छ टीभीएसले ल्याउन लागेको नयाँ इलेक्ट्रिक स्कुटर, अर्को हप्ता लन्च हुने
टीभीएसले २३ अगष्टमा नयाँ इलेक्ट्रिक स्कुटर लन्च गर्ने भएको छ । यूएईको...
काठमाडौं – चौधरी ग्रुप अन्तर्गतको सीजी मोटर्स वातावरणमैत्री विद्युतीय सवारीको व्यवसायमा प्रवेश गरेको छ । सीजी मोटर्सले विद्युतीय सवारी ब्रान्ड नेटाको ‘नेटा भी’ विद्युतीय कार नेपाली बजारमा सार्वजनिक गरेको छ । नेटा ब्रान्ड चिनियाँ मोटर उत्पादक कम्पनी होजोन अटोमोबाइलले उत्पादन गर्दै आएको छ ।
नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ र विभिन्न प्रतिष्ठित व्यक्तिहरुद्वारा एक कार्यक्रमका बीच सो कार हिजो सार्वजनिक गरिएको छ ।
सीजी मोटर्सका प्रबन्ध निर्देशक निर्वाण चौधरीले पेट्रोलियम पदार्थको आयात घटाई व्यापार घाटा कम गर्ने सरकारी नीतिलाई सहयोग पु¥याउन आफुहरुले विद्युतीय सवारीको प्रवद्र्धन गरेको बताए ।
सीजी मोटर्सले चिनियाँ विद्युतीय सवारी उत्पादक कम्पनी होजोन अटोको क्रसओभर कार नेपाली बजारमा ल्याएको हो । अन्य अधिकांश सवारी उत्पादकले आइसी (इन्टरनल कम्बस्चन) इन्जिनयुक्त कारकै लागि डिजाइन गरिएको प्लेटफर्ममा विद्युतीय कार बनाउँदै आएको भएपनि नेटा ब्रान्ड भने पूर्णरुपमा विद्युतीय सवारी उत्पादन गर्नकै लागि डिजाइन गरिएको कार भएकाले यो निक्कै इफिसियन्ट रहेको कम्पनीको भनाइ छ ।

होजोन अटोले अमेरिकाको सिलिकन भ्यालीमा अटोनोमस भेहिकल रिसर्च सेन्टर सन् २०१८ मा स्थापना गरेको थियो । होजोन अटोमोबाइल चिनियाँ विद्युतीय सवारी उत्पादकहरुमा टप ब्रान्डमा पर्दछ । होजोनको मुख्य विशेषता भनेको उच्च प्रविधियुक्त सवारी र सवारीले दिने माइलेज हो ।
सीजी मोटर्सले पहिलो चरणमा नेपाली बजारमा नेटा भी कार ल्याएको हो । यसले एक पटकको फुल चार्जमा ३८० किलोमिटर भन्दा बढी रेन्ज दिने कम्पनीको भनाइ छ ।
नेटा भी कारमा संसारको सबैभन्दा ठूलो ब्याट्री उत्पादक कम्पनी सिएटीएलले उत्पादन गरेको ३८.५ किलोवाट आवर ब्याट्री प्रयोग गरिएको छ । नेटा भीको अधिकतम गति १०१ किलोमिटर प्रतिघण्टा रहेको छ । नेटामा प्रयोग भएका ब्याट्री र मोटरमा ८ वर्ष वा १ लाख ५० हजार किलोमिटर वारेन्टी दिइएको कम्पनीको भनाइ छ ।

फ्रन्ट एक्सएलमा रहेको विद्युतीय मोटरले ७० किलोवाट, ९५ पीएस पावर र १६० एनएम टर्क जेनेरेट गर्छ । यो कारमा गर्मी वा जाडो मौसममा समेत ब्याट्रीको दक्षता कम नहोस् भनेर अटोमेटिक हिटिङ तथा कुलिङ प्रणाली रहेको छ ।
नेपाली बजारमा उपलब्ध नेटा भी विभिन्न ५ रंगमा उपलब्ध छ भने यसको मूल्य ३७ लाख ९९ हजार रुपैयाँ कायम गरिएको छ । त्यस्तै सीजी मोटर्सका हरेक खरिदकर्तालाई ६.६ केडब्लूको चार्जर र एक वर्षको बीमाको सुविधा निःशुल्क उपलब्ध गराइने छ ।
सीजी मोटर्सका सीईओ हेमन्त अग्रवालले नेपालको यातायात क्षेत्रमै नयाँ आयाम ल्याउने लक्ष्यसहित नयाँ प्रविधि र नवीतम सोचसहितका सवारी ल्याइएको बताए । डिजेल/पेट्रोल सवारीले वातावरण प्रदूषण गर्ने भएकाले सीजी मोटरले विद्युतीय सवारीमात्र आयात गर्ने योजना बनाईएको उनको भनाइ छ । त्यस्तै, सीजी मोटर्सले १.५ र २.५ टन क्षमताको विद्युतीय पिकअपसमेत छिट्टै नेपाली बजारमा उपलब्ध गराउने छ । सीजी मोटर्सले स्टेट अफ आर्टमा आधारित वर्कसप तथा चार्जिङ नेटवर्क बनाउँदै जाने तयारीमा रहेको अग्रवालले बताए ।

गाडीका विशेषता छोटकरीमा
लम्बाई – ४ हजार ७० एमएम
चौडाई – १६ सय ९० एमएम
उचाई – १५ सय ४० एमएम
ह्वीलवेस– २४ सय २० एमएम
कर्व तौल– १ हजार १ सय ५१ किलोग्राम
अधिकतम गति– १ सय १ किलोमिटर प्रतिघण्टा
शून्यदेखि ५० किलोमिटर प्रतिघण्टा ३.९ सेकेन्डमा
ग्राउन्ड क्लियरेन्स– १ सय ६० एमएम
ब्याट्री– ३८.५ केडब्लूएच सीएटीएल लिथियम
मोटरको पावर– ७० केडब्लू र ९० पीएस
चार्जिङ स्ट्यान्डर्ड– सीसीएस२
अधिकतम टर्क– १ सय ६० एनएम
१४.६ इन्चको इन्टेलिजेन्ट कन्ट्रोल स्क्रिन
सिट क्षमता– ५
बुट स्पेस– ३ सय ३५ लिटर
यो कारमा प्रयोग भएको ब्याट्री फुलचार्ज हुन एसी चार्जरबाट ६ घण्टा (६.६ किलोवाट) लाग्छ भने डीसी फास्ट चार्जरबाट ८० प्रतिशतसम्म पुग्न जम्मा २० मिनेटमात्र लाग्ने छ । नेटा भीमा फ्रन्ट तथा रेयर दुवैतर्फ डिस ब्रेक छ भने यो फ्रन्ट ड्राइभ मोड कार हो ।
टीभीएसले २३ अगष्टमा नयाँ इलेक्ट्रिक स्कुटर लन्च गर्ने भएको छ । यूएईको...
काठमाडौं– डोङफेङ नामीको नेपालका लागि आधिकारिक वितरक एमएडब्लु वृद्धिले...
पोखरा – एमएडब्लु वृद्धिले पोखरामा आयोजना गरेको एक्सचेन्ज एन्ड टेस्ट...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...