सेगवेको मनसुन अफर : १५ हजार छुटका साथ थप सुविधा उपलब्ध हुने
काठमाडौं – नेपालका लागि सेगवे इलेक्ट्रिक स्कुटरको आधिकारिक वितरक आईहब...
काठमाडौं – गोल्छा ग्रुपले थापाथली क्याम्पसका विद्यार्थीहरुलाई विद्युतीय गाडी बनाउन आर्थिक सहयोग गरेको छ । यो गाडीले सन् २०२० को अक्टोबरमा अन्तर्राष्ट्रिय प्रतियोगिता शेल इको म्याराथनमा भाग लिएको थियो ।
विद्यार्थीहरुले आवश्यक सीप अनुसार टोली निर्माण गर्ने, प्रायोजकहरू खोज्ने, कार्य स्थललाई अन्तिम रूप दिने आदि जस्ता प्रारम्भिक गतिविधिहरूबाट काम शुरु गरेका थिए । फेब्रुअरी २०२२ सम्म टोलीले सवारी साधनको डिजाइन र डेभलपमेन्ट सफलतापूर्वक सम्पन्न गरेका छन् । अनेकन टेस्ट राइडहरु पछि विद्युतीय गाडी ‘मैचा’ अहिले पूर्ण रुपमा प्रतिस्पर्धा गर्न तयार रहेको छ । सबै नियमहरु पालना गर्दै उपलब्ध निर्देशन र स्पेसिफिकेशनहरु अनुसार गाडी बनाइएको हो । अब यो गाडी फेरि प्रतिस्पर्धामा उत्रिने छ ।
‘मैचा’ को ब्याट्रीले १ किलोवाट आवर चार्जबाट १५० किलोमिटर सम्मको रेन्ज दिन्छ । मैचाको निर्माणकर्ता टिम सिरेटोले नेपालमा विद्युतीय सवारीमा विभिन्न अनुसन्धान र कार्यहरू सञ्चालन गरेर दिगो भविष्यमा योगदान पु¥याउने लक्ष्य राखेको बताएको छ ।
उनीहरुको प्रमुख उद्देश्य नेपालको सस्टेनेबल मोबिलिटी क्षेत्रलाई प्रवद्र्धन गर्नु हो । साथै, उनीहरू शेल इको–म्याराथनमा प्रतिस्पर्धा गर्ने नेपालको पहिलो ईभी अर्थात विद्युतीय सवारी टोली हुन् ।
काठमाडौं – नेपालका लागि सेगवे इलेक्ट्रिक स्कुटरको आधिकारिक वितरक आईहब...
साइबर अनुसन्धानकर्मी राफल फिलिप र बेनेडिक्ट स्मोजलले टेस्लाको ‘मोडल...
भक्तपुर – नेपालका लागि चांगान तथा दिपल ईभीको आधिकारिक विक्रेता एमएडब्लु...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...