आयोन वाईका साथ नेपाली बजारमा उपस्थिति विस्तार गर्दै जीएसी मोटर्स
जीएसी मोटर्स नेपाली बजारमा आफ्नो आधिकारिक बिक्रेता सीजी मोटर्समार्फत...
चीनमा सांघाई अटो शो २०२१ सुरु भइसकेको छ । उक्त शोमा १९ र २० अप्रिल मिडिया डे थियो । साथै २० देखि २८ अप्रिलसम्म सर्वसाधारणको लागि शो खोलिने छ । सो शो हरेक २ वर्षमा आयोजना हुने गरेको छ । सो आयोजना सांघाई नेशनल एग्जिबिसन एन्ड कन्भेन्सन सेन्टरमा हुँदैछ ।
यो वर्ष अटो शो विशेषगरी इलेक्ट्रिक कारमा केन्द्रित रहेको छ । यसमा ४ हजार २३० डलर मूल्य पर्ने हांगगुआंग मिनी ईभीको साथै मर्सिडिज बेन्ज र टेस्लाको नयाँ मोडल शोकेस गरिएको छ । उक्त शोमा अन्य इलेक्ट्रिक साधन पनि प्रदर्शन गरिएको छ ।
एभरग्रान्डे हेंगची १
एभरग्रान्डे कम्पनीले हालसम्म आफ्नो ब्राण्डअन्तर्गत एउटा पनि कार बिक्री गरेको छैन । तर अब कम्पनीले एभरग्रान्डे हेंगची १ बाट यो कार लन्च गर्न लागेको हो । कम्पनीले ठूलो परिमाणमा सो इलेक्ट्रिक सेडान कारको उत्पादन गर्नेछ । सो कार अर्को वर्षदेखि बिक्री वितरण गरिनेछ । सो कार सिंगल चार्जमा ७६० किलोमिटरको रेन्ज दिने कम्पनीले दावी गरेको छ । यो मर्सिडिज–बेन्ज लक्जरी ईक्युएस ईभी जस्तो देखिन्छ ।
जिली जिकर ००२
सो इलेक्ट्रिक कारले युवाहरूलाई केन्द्रित बनाउने सम्भावना रहेको छ । जिकर ब्रान्डमा जेड प्रयोग जेनेरेसन जेडको लागि गरिएको छ । सो कार फेसियल रिकग्नाइजेसन फिचरको साथमा उपलब्ध रहेको छ । यो यात्रुको सम्पर्कमा आउने बित्तिकै अटो स्टार्ट हुन्छ । कम्पनीले ओभर–द–एयर अपडेटमार्फत प्रत्येक ३ महिनामा एक पटक गाडीको सफ्टवेयर अपडेट गर्ने प्रतिज्ञा गरेको छ ।
बीएमडब्लु आईएक्स एसयूभी
बीएमडब्लुले सो इलेक्ट्रिक कारलाई गोलो ढुङ्गाजस्तै डिजाइन गरेको छ । यसको भित्र ठूलो क्याबिन रहेको छ । साथै भित्री भागमा कार्बन फाइबरबाट बनेको प्लास्टिक प्रयोग गरिएको छ । यही कारण सो गाडीको वजन कम रहेको छ । सो कारले सिंगल चार्जमा ४८२ किलोमिटरको रेन्ज दिने कम्पनीले दावी गरेको छ ।
मर्सिडिज–बेन्ज ईक्यूएस सेडान
कम्पनीको यो लक्जरी इलेक्ट्रिक कार हो । कम्पनीका अनुसार यसले सिंगल चार्जमा करिब ७७० किलोमिटरको रेन्ज दिने दावी गरिएको छ । सो कारको ड्यासबोर्डमा स्पेसक्राफ्ट जस्तै सिसा समावेश गरिएको छ ।
एक्सपेङ पी५
चिनियाँ इलेक्ट्रिक भेइकल म्यानुफ्याक्चरिङ कम्पनी एक्सपेङगको यो तेस्रो मोडेल हो । पी५ इलेक्ट्रिक सेडान विश्वकै पहिलो ठूलो स्केलको कार हो जसमा सवारी–ग्रेड लिडार जडान गरिएको छ । ड्राइभको समयमा आउने समस्या तथा अन्य गाडीहरु पत्ता लगाउन सो कारमा लेजर सेन्सर समावेश गरिएको छ ।
एसएआईसी–जीएम
हांगगुआंग मिनी ईभीले यो वर्षको जनवरी र फेवअरीमा टेस्ला मोडल ३ लाई उछिनेको थियो । सो महिना हांगगुआंग मिनी ईभीको कुल ५६,००० एकाइ बिक्री भएको थियो भने मोडल ३ को ३५ हजार २ सय युनिट बिक्री भएको थियो । यी दुवै ईभीको बिक्रीमा २०,८०० युनिटको फरक रहेको छ ।
सो कार चीनमा २८ हजार ८ सय युआन मूल्य रहेको छ । सो कारले सिंगल चार्जमा १७० किलोमिटरसम्म ड्राइभिङ रेन्ज प्रदान गर्छ । सो कारको टप स्पिड १०० किलोमिटर प्रति घन्टा रहेको छ । यद्यपि मोडल ३ को सुरुवाती रेन्ज ४०२ किलोमिटर रहेको छ ।
जीएसी मोटर्स नेपाली बजारमा आफ्नो आधिकारिक बिक्रेता सीजी मोटर्समार्फत...
काठमाडौं – नेपालमा याडिया इलेक्ट्रिक स्कुटरको आधिकारिक वितरक कुजु नेपाल...
काठमाडौं– लुयानको नयाँ इलेक्ट्रिक स्कुटर नेपाल आउने भएको छ । नेपालका लागी...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...