सन् २०२३ : टाटा र हुन्डाईका कारसँग प्रतिस्पर्धा गर्न आउने छन् यी धेरै ब्रान्डका इलेक्ट्रिक कार

सन् २०२२ सकिदै छ । यो वर्ष धेरै इलेक्ट्रिक कार निर्माता कम्पनीहरुले यो क्षेत्रमा असाधारण सफलता हात पारेका छन् । आगामी वर्ष अर्थात सन् २०२३ मा पनि धेरै कम्पनीहरुले विभिन्न मोडलका इलेक्ट्रिक कार सार्वजनिक गर्ने तयारी गरिरहेका छन् ।

अधिकांश कम्पनीहरुले भारत र नेपालमा समेत उपलब्ध गराउने गरी तयारी गरेका ती इलेक्ट्रिक कारले हाल बजारमा प्रचलित टाटा र हुन्डाई लगायतका ब्रान्डलाई बलियो प्रतिस्पर्धी उपलब्ध गराउने छन् ।

औडी क्यु८ इट्रोन ती मध्ये एक हो । सो कार २०२३ को अन्त्य सम्ममा लन्च हुने अपेक्षा गरिएको छ ।

आगामी जनवरी महिनामै लन्च हुने गरी सिट्रोन सी३ इलेक्ट्रिक तयार भइरहेको छ । हाल आईसीई इन्जिनमा आधारित रहेको सिट्रोन सी३ जस्तै यो हुनेछ भने फ्युल ट्यांकको सट्टा चार्जिङ पोर्ट हुनेछ ।

नेपाली बजारमा उपलब्ध भइसके पनि भारतीय बजारमा भने अझै पनि हुन्डाई आयोनिक ५ नयाँ भर्सनका साथ उपलब्ध हुनेछ । यसमा ७२.२ किलोवाट आवरको ब्याट्री प्याक हुनेछ ।

त्यसैगरी महिन्द्रा एक्सयूभी४०० ईभी, एमजी मोटर एयर ईभी, मिनी ईभी, स्कोडा इनयाक ईभी, भल्वो ईएक्स९०, भल्वो सी४० रिचार्ज र फक्सवागन आईडी४ लगायतका इलेक्ट्रिक कार समेत अन्तर्राष्ट्रिय बजारमा उपलब्ध हुने छन् ।

यी मध्ये अधिकांश इलेक्ट्रिक कार नेपाली बजारमा समेत उपलब्ध हुनेछन् ।

सम्बन्धित समाचारहरू

हेल्मेट डिटेक्सन सिस्टममा काम गर्दै ओला, हेल्मेट नलगाई वाइक चलाउन खोजे स्टार्ट नै नहुने

हेल्मेट डिटेक्सन सिस्टममा काम गर्दै ओला, हेल्मेट नलगाई वाइक चलाउन खोजे स्टार्ट नै नहुने

भारतको प्रख्यात टु ह्विलर इभी निर्माता ओलाले आफ्नो स्कुटर र मोटरसाइकल...

बीएमडब्ल्युले ल्यायो अनौठो इलेक्ट्रिक स्कुटर, हेलमेट बिना पनि चलाउन सकिने सुविधा

बीएमडब्ल्युले ल्यायो अनौठो इलेक्ट्रिक स्कुटर, हेलमेट बिना पनि चलाउन सकिने सुविधा

बीएमडब्ल्यु मोटरार्डले आईएए मोबिलिटी 2025 शोमा आफ्नो नयाँ इलेक्ट्रिक स्कुटर...

बेइजिङ अटो शोमा बीवाईडीले सार्वजनिक ग-यो ओसन–एम कन्सेप्ट

बेइजिङ अटो शोमा बीवाईडीले सार्वजनिक ग-यो ओसन–एम कन्सेप्ट

बेइजिङ अटो शोमा बीवाईडीले नयाँ ओसन–एम कन्सेप्ट सार्वजनिक गरेको छ । यो...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...