सन् २०२३ : टाटा र हुन्डाईका कारसँग प्रतिस्पर्धा गर्न आउने छन् यी धेरै ब्रान्डका इलेक्ट्रिक कार

सन् २०२२ सकिदै छ । यो वर्ष धेरै इलेक्ट्रिक कार निर्माता कम्पनीहरुले यो क्षेत्रमा असाधारण सफलता हात पारेका छन् । आगामी वर्ष अर्थात सन् २०२३ मा पनि धेरै कम्पनीहरुले विभिन्न मोडलका इलेक्ट्रिक कार सार्वजनिक गर्ने तयारी गरिरहेका छन् ।

अधिकांश कम्पनीहरुले भारत र नेपालमा समेत उपलब्ध गराउने गरी तयारी गरेका ती इलेक्ट्रिक कारले हाल बजारमा प्रचलित टाटा र हुन्डाई लगायतका ब्रान्डलाई बलियो प्रतिस्पर्धी उपलब्ध गराउने छन् ।

औडी क्यु८ इट्रोन ती मध्ये एक हो । सो कार २०२३ को अन्त्य सम्ममा लन्च हुने अपेक्षा गरिएको छ ।

आगामी जनवरी महिनामै लन्च हुने गरी सिट्रोन सी३ इलेक्ट्रिक तयार भइरहेको छ । हाल आईसीई इन्जिनमा आधारित रहेको सिट्रोन सी३ जस्तै यो हुनेछ भने फ्युल ट्यांकको सट्टा चार्जिङ पोर्ट हुनेछ ।

नेपाली बजारमा उपलब्ध भइसके पनि भारतीय बजारमा भने अझै पनि हुन्डाई आयोनिक ५ नयाँ भर्सनका साथ उपलब्ध हुनेछ । यसमा ७२.२ किलोवाट आवरको ब्याट्री प्याक हुनेछ ।

त्यसैगरी महिन्द्रा एक्सयूभी४०० ईभी, एमजी मोटर एयर ईभी, मिनी ईभी, स्कोडा इनयाक ईभी, भल्वो ईएक्स९०, भल्वो सी४० रिचार्ज र फक्सवागन आईडी४ लगायतका इलेक्ट्रिक कार समेत अन्तर्राष्ट्रिय बजारमा उपलब्ध हुने छन् ।

यी मध्ये अधिकांश इलेक्ट्रिक कार नेपाली बजारमा समेत उपलब्ध हुनेछन् ।

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...