रत्नपार्कमा राखियो विद्युतीय सवारीका लागि चार्जिङ स्टेशन

नेपाल विद्युत् प्राधिकरणले रत्नपार्कको कार्यालयमा चार्जिङ स्टेशन राखेको छ। प्रधिकरणले मंगलबारदेखि देशका विभिन्न भागमा चार्जिङ स्टेशनको उपकरण राख्न सुरु गर्दैछ।

प्राधिकरणको चार्जिङ स्टेशन पूर्वाधार विकास आयोजनाकाअनुसार पहिलो चरणमा राखिने ५१ वटा चार्जिङ स्टेशन धमाधम जडानको काम भइरहेको छ। चार्जिङ स्टेशन जडानका लागि सिभिल पूर्वाधार निर्माणको काम लगभग सकाएर जडान भइरहेको प्रधिकरणले जनाएको छ।

केही समयभित्रै ५१ वटै स्थानमा चार्जिङ स्टेशन जोडिसक्ने प्राधिरकणको लक्ष्य छ। प्राधिकरणले देशभरका राजमार्ग र मुख्य सहरका बसपार्क, सार्वजनिक जग्गा लगायतका स्थानमा चार्जिङ स्टेशन जडान गर्न लागेको हो।  २६ वटा जीबीटी (ठूला बस, माइक्रो, ट्रक, पिकअप तथा कार आदिको लागि) चार्जरर २५ वटा  सीसीएस (साना ठूला कारहरु) चार्जर रहेका छन् । जसका लागि आवश्यक एनएसपी (नेशनल सर्भिस प्रोभाइडर) प्रणालीको विकास गरिएको प्राधिकरणले जनाएको छ। एनएसपीमार्फत उपभोक्ताले अनलाइन बुकिङ गर्न सक्नेछन् । चार्जको रकम भुक्तानीका लागि प्राधिकरणको मोबाइल एप्सप्रयोग गर्न सकिनेछ ।

हाल निर्माण भइरहेको चार्जिङ स्टेसनको क्षमता ६० किलोवाट डीसी प्लस, २२ किलोवाट एसी रहेको छ । यद्यपि १२० किलोवाट डीसीसम्म पनि सिंगल डीसी गनले गाडीहरु चार्ज गर्न सक्ने छ ।

प्राधिकरणका अनुसार नेपालमा उपलब्ध सवारी साधनहरुमा रहेको व्याट्री क्षमता अनुसार कम्तीमा आधा घण्टादेखि १ घण्टासम्ममा चार्ज पूर्ण हुन सक्छ। चार्ज गर्दा कारहरुमा औसत ७० पैसा, एसयूभीहरुमा ८० पैसा, माइक्रोबसमा ९० पैसा र बसहरुमा एक रुपैयाँ २० पैसा प्रति किलोमिटर खर्च लाग्ने देखिन्छ।

चार्जिङ स्टेसन सञ्‍चालकले विद्युतीय सवारी साधनलाई चार्जिङ सेवा दिएवापत महसुल दरमा प्रति किलोवाट घण्टा(युनिट) मा अधिकतम २० प्रतिशतसम्म थप गरी लिन पाउने व्यवस्था रहेको छ ।

प्राधिकरणले बैंकिङ कार्ड र क्यूआर कोड स्क्यान गरेर भुक्तानी गर्न सकिने व्यवस्था गर्दैछ। चार्जिङ स्टेशनमा सवारी चार्ज गर्न प्रि–बुकिङ प्रणाली बनाइएको छ।

यसअनुसार मुग्लिनमा सवारी चार्ज गर्न चाहनेले काठमाडौंबाट सवारी लिएर हिँडेपछि समय बुक गर्न सक्ने प्राधिरकणले जनाएको छ। यसको सबै नियन्त्रण काठमाडौंको कन्ट्रोल रुमबाटै हुनेछ।

सम्बन्धित समाचारहरू

अनलाइनबाटै बिलबुक नवीकरण गर्न सकिने

अनलाइनबाटै बिलबुक नवीकरण गर्न सकिने

काठमाडौं – सरकारले आगामी आर्थिक वर्षमा अनलाइनबाटै बिलबुक नवीकरण गर्न...

चालक बिना चल्न सक्ने पहिलो अटोनोमस इलेक्ट्रिक स्कुटर हुनेछ ओला सोलो

चालक बिना चल्न सक्ने पहिलो अटोनोमस इलेक्ट्रिक स्कुटर हुनेछ ओला सोलो

ओला इलेक्ट्रिकले आफ्नो नयाँ इलेक्ट्रिक स्कुटर ‘ओला सोलो’ सार्वजनिक गर्ने...

कबिरा मोबिलिटीले ल्यायो हाल सम्मकै सर्बाधिक ३४४ किमी रेन्ज दिने नयाँ इलेक्ट्रिक बाइक केएम५०००

कबिरा मोबिलिटीले ल्यायो हाल सम्मकै सर्बाधिक ३४४ किमी रेन्ज दिने नयाँ इलेक्ट्रिक बाइक केएम५०००

कबिरा मोबिलिटीले नयाँ केएम५००० इलेक्ट्रिक क्रुजर बाइक ल्याएको छ । यो...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...