धेरै संख्यामा नेपाल प्रस्थान गरे डीपल एस ०७ : आइतबार लन्च हुने, छिट्टै डेलिभरी गरिने
काठमाडौं – नेपालका लागि चांगनको आधिकारिक वितरक एमएडब्ल्यु वृद्धि...
विक्री पछिको सेवा अर्थात आफ्टर सेल्स सिर्भिस अटोमोवाइल व्यवसायमा सवैभन्दा बढी महत्व वोकेको क्षेत्र हो । यो क्षेत्रको विस्तार विना सवारीसाधनको बजारले अपेक्षाकृत गती लिन नसक्ने लगभग पक्कापक्कि जस्तै छ । सवारीाधन आयत गरी ग्राहकलाई बिक्री गरे पश्चात उक्त सवारीसाधनको आयु रहुन्जेल यसको मर्मतसम्भार जारी राख्न अवाश्यक पर्ने सर्भिसिङ र स्पेयर पार्टसको जोहो मिलाउनु हरेक विक्रेताका लागि अनिवार्य जस्तै हुन्छ । त्यसैले त भनिन्छ गाडी एकपटक बिक्री गरे पुग्छ तर आफ्टर सेल्स सर्भिसको प्रवन्ध हर क्षणका लागी मिलाउनुपर्छ ।
सवारी बजारमा बिक्री पछिको सेवाले सबैभन्दा ठूलो रोल खेलिरहेको हुन्छ भन्ने कुरा हाल कारोवार भैरहेका व्रान्डको उपस्थितीले समेत प्रमाणित गर्छ । नेपालमा जुन व्रान्डले सवैभन्दा बढी यस्तो नेटवर्क विस्तार गर्न सकेका छन् तिनै ब्रान्डको कारोवार उच्च रहेको दृष्टान्तबाट पनि यो क्षेत्रको महत्व स्पष्ट झल्कन्छ ।
विद्युतिय कारको कुरा गर्नुपर्दा पछिल्लो समय यो नयाँ प्रविधीले नेपाली अटो पारखीहरुको मन जित्न थालिसकेको छ । वार्षिक १५ हजार हाराहारीमा विक्री हुने प्यासेन्जर कार बजारमा विद्युतिय कारले १५ सय अर्थात १० प्रतिशत हाराहारी हिस्सा लिन थालिसकेको आयतको तथ्यांकले देखाइसकेको छ । यो संख्या भोलिका दिनमा क्रमिक रुपले बढ्दै जाने हुँदा अवको ५ वर्षभित्र नेपालमा ३० प्रतिशत हाराहारी विद्युतिय कारले बजार लिने आँकलन गर्न थालिएको छ ।
बजार बढ्दै गएपछि यस्ता साधनको मर्मत सम्भार र यससंग जोडिएर आउने स्पेयर पार्टस तथा कम्पोनेन्ट्सको बजार समेत विस्तार हुँदै जानेछ । यसका लागी सवैभन्दा पहिले आयतकर्ता कम्पनी स्वयंले आफूमार्फत विक्री भएका गाडीमा सेवा दिन सर्भिस र स्पेयर पार्ट्सको नेटवर्क बिस्तार गर्दै जानुपर्ने हुन्छ । तर नेपालमा हालसम्म यो क्षेत्रमा एकाध वाहेक धेरैजसो आयतकर्ता कम्पनीले खासै चासो देखाउन सकिरहेका छैनन् ।
यस्ता गाडी आयत गर्ने कम्पनीले चार्जिङ पूर्वाधार नै सवैथोक हो भन्ने बुझाई राखेको पाइन्छ । इलेक्ट्रिक गाडीमात्र आयत गरी कारोवार थालेका यस्ता कतिपय कम्पनीले त झन गाडी बिक्री भैसक्दा समेत आफ्नै एउटा सर्भिस सेन्टर स्थापना गर्न समेत सकिरहेका छैनन । कम्वस्चन इन्जिनयुक्त सवारीसाधनको इन्जिनमा समस्या आइरहने हुँदा त्यसको मर्मतसम्भार गर्न वर्कसप चाहिने भएपनि इलेक्ट्रिक कारमा इन्जिन नै नहुने कारण यस्ता गाडीमा ठूलो समस्या नआउने उनीहरुको बुझाई छ ।
विद्युतिय कारमा जडान गरिने व्याट्रीले इन्धन र मोटरले इन्जिनको काम गर्ने हुँदा यी दुई कम्पोनेन्ट सवैभन्दा महत्वपूर्ण र संवेदनशिल मानिन्छन् । जसमध्ये ब्याट्रीले काम गर्न छाडेपछि यसलाई फेर्नुको अर्को विकल्प हुँदैन भने मोटरमा देखिने सानातिना समस्यालाई मर्मत गर्न सकिन्छ । यसमाथी यी दुई प्रमुख कम्पोनेन्टमा उत्पादक कम्पनीले लामै समयसम्मको वारेन्टि दिने हुँदा ग्राहक र बिक्रेता दुवै पक्ष तत्काल केही नहुने विश्वासमा परेर विक्री पछिको सेवालाई नजरअन्दाज गरिरहेका छन् । जुन भोलिका दिनमा उनीहरुकै लागी ठूलो भूल वन्सक्नेछ ।
व्याट्री र मोटर वाहेक इलेक्ट्रिक कारमा जडान गरिने सेमिकन्डक्टर, इन्फोटेन्मेन्ट सिस्टम र वायरिङमा वेलावखत समस्या निम्तिन सक्छ । जसको उचित हेरचाह र मर्मतसम्भारका लागी पनि विशेष प्रकारको सर्भिस सेन्टर अत्यवश्यक छ । त्यसमाथी यस्ता गाडीमा प्रयोग हुने रनिङ पार्टस र केही महत्वपूर्ण मेकानिकल पार्ट्समा खरावी आउँदा सोको मर्मतसम्भारका लागी स्पेयर पार्ट्सको पर्याप्त मौज्दात आवश्यक हुन्छ । यसतर्फ पनि इभी आयतकर्ताले खासै चासो दिएको पाइदैन ।
नेपालमा अहिले एमजी, टाटा, हुन्डाई, किया, निशान र विवाइडी व्रान्डका इलेक्ट्रिक कार बढी मात्रामा खपत भएका छन् । जसमध्ये टाटा, हुन्डाई, किया र निशानले अन्य प्रकारका गाडी समेत बिक्री गर्ने हुँदा उनीहरुको नेटवर्क देशका विभिन्न स्थानमा विस्तार भैसकेको छ । विवाइडी, एमजी र अन्य नयाँ व्रान्डको फोकस इभीमा मात्र भएका कारण यी गाडीको पहुँच हालसम्म पनि काठमाडौं लगायत केही ठूला सहरमा केन्द्रित रहेको देखिन्छ । जसका कारण यी ब्रान्डमा ग्राहकले सर्वसुलभ सेवा पाउँनेमा शंका गर्न सकिन्छ ।
काठमाडौं – नेपालका लागि चांगनको आधिकारिक वितरक एमएडब्ल्यु वृद्धि...
डोङफेङ मोटरले लक्जरी अफरोड ब्रान्डको रुपमा एमहिरो सार्वजनिक गरेको छ ।...
इलेक्ट्रिक सवारी निर्माता कम्पनी पीएमभीले आफ्नो पहिलो र सबैभन्दा सस्तो...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...