बुटवल भैरहवा क्षेत्रमा अब विद्युतीय बस गुड्ने

बुटवल – रुपन्देही र कपिलवस्तु जिल्लाका केही स्थानमा सुन्दर यातायातका विद्युतीय बसहरु गुड्ने भएका छन् । काठमाडौं उपत्यकामा पहिले देखि नै विद्युतीय बस चलाइरहेको सुन्दर यातायातले अब ती स्थानमा समेत विद्युतीय बस गुडाउने तयारी गरेको बताएको छ ।

हाल यी बसहरु सुनौली भन्सारमा आइसकेका र केही दिन पछि यी बस गुडाउनका लागि आवश्यक तयारी भइरहेको छ । सुन्दर यातायातका अध्यक्ष भेषबहादुर थापाका अनुसार यी बसहरु वातानुकुलित भएकाले तराइको गर्मीमा असाध्यै लोकप्रिय हुने विश्वास गरिएको छ ।

नेपालमा सुन्दर यातायातले मात्रै सीमित विद्युतीय बस सञ्चालन गरेको छ । सुन्दर यातायातले चिनियाँ बीएके ब्रान्डका बस ल्याएर राजधानीमा सञ्चालन गरिरहेको अवस्थामा अब राजधानी वाहिर समेत चलाउने तयारी गरेको हो ।

हाल भैरहवा–बुटवल र बुटवल–सालझण्डी हुँदै कपिलवस्तुको ४ नं. सम्म विद्युतीय वसहरु चल्ने र यसको स्वीकृतिको लागि आवश्यक कार्य भइरहेको थापाले बताए ।

सम्बन्धित समाचारहरू

यस्तो हुनेछ ओलाको इलेक्ट्रिक कार, टिजर सार्वजनिक

यस्तो हुनेछ ओलाको इलेक्ट्रिक कार, टिजर सार्वजनिक

भारतमा राइड सेयरिङ सर्भिसमार्फत चर्चामा आएको ओलाले आगामी दिनमा...

ईभीमा ल्याइएको नयाँ ऋण मूल्य अनुपातको प्रभाव र असर : एक समीक्षा

ईभीमा ल्याइएको नयाँ ऋण मूल्य अनुपातको प्रभाव र असर : एक समीक्षा

विद्युतीय सवारी साधन (ईभी) खरिद गर्दा ६० प्रतिशत मात्रै फाइनान्सिङ सुविधा...

महिन्द्रा एक्सयूभी४०० अब प्रो रेन्जमा, यस्ता छन् नयाँ फिचर

महिन्द्रा एक्सयूभी४०० अब प्रो रेन्जमा, यस्ता छन् नयाँ फिचर

महिन्द्रा एन्ड महिन्द्राले इलेक्ट्रिक अल न्यू एक्सयूभी४०० प्रो रेन्ज...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...