चर्चामा स्टार्टअप कम्पनी कविराका इलेक्ट्रिक बाइक

भारतको गोवामा अवस्थित स्टार्टअप कविरा मोबिलिटीले दुई हाई स्पिड इलेक्ट्रिक बाइक लन्च गरेको छ । सो बाइकको नाम केएम३००० र केएम४००० राखिएको छ ।

कम्पनीले सो बाइक तीव्र गतिमा चल्ने इलेक्ट्रिक बाइक भएको दावी गरेको छ । कम्पनीले बाइकमा स्पोर्टी लुक दिएको छ । सो बाइक ३.१ सेकेन्डमा ० देखि ४० किलोमिटरको स्पिड लिने क्षमता रहेको छ ।

दुबै बाइकको बुकिङ २० फेब्रुअरीबाट सुरु हुनेछ । सो बाइक सुरुवातमा दिल्ली, मुम्बई, अहमदाबाद, पुणे, हेदराबाद, बैगलुरु, चेन्नई, गोवा र धारावाडमा बिक्री हुनेछ । केएम३००० को एक्स शोरुम मूल्य १ लाख २६ हजार ९९० र केएम४००० को एक्स शोरुम मूल्य १ लाख ३६ हजार ९९० भारु रहेको छ ।

केएम३००० मा कम्पनीले ४ केडब्ल्युएच व्याट्रीको प्रयोग गरेको छ । यसमा ब्रशलेस डीसी इलेक्ट्रिक व्याटी समावेश गरिएको छ । सो बाइक ईको मोडमा १२० किलोमिटर, सिटी मोडमा ९५ किलोमिटर र स्पोर्टस् मोडमा ६० किलोमिटर प्रतिघन्टाको स्पिड लिने क्षमता रहेको छ ।

केएम४००० मा कम्पनीले ४.४ केडब्ल्युएच व्याट्रीको प्रयोग गरेको छ । सो बाइकमा ८ केडब्ल्युएच मोटर समावेश गरिएको छ । सो बाइक ईको मोडमा १५० किलोमिटर, सिटी मोडमा ११० किलोमिटर र स्पोर्टस् मोडमा ९० किलोमिटर प्रतिघन्टाको स्पिड लिने क्षमता रहेको छ । सो दुबै बाइकको टप स्पिड १२० किलोमिटर प्रति घन्टा रहेको छ ।

सो दुबै बाइकमा दुई चार्जिङ मोड रहेको छ । ईको चार्जिङ मोडमा ६.३० घन्टामा चार्ज हुन्छ भने बुस्ट चार्जरबाट २ घन्टामा चार्ज गर्न सकिन्छ । दुबै बाइकमा स्पिड कन्ट्रोलको लागि सिंगल डिस्क ब्रेक रहेको छ ।

 

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...