दर्ता नगरी चलाइएका विद्युतीय स्कुटरलाई अब कारवाही गरिने
काठमाडौं – अब दर्ता नगरी बाटोमा गुडाइएका विद्युतीय सवारीसाधनहरुलाई...
काठमाडौं - गस्ती गर्नका लागि इटहरी उपमहानगरपालिकाका प्रहरीले विद्युतिय अटो टेम्पो पाएका छन्।
इटहरी उपमहानगरपालिका ६ स्थित बजाज शोरुमले १ नम्बर प्रदेश प्रहरी कार्यालय विराटनगरलाई विद्युतीय गाडी हस्तान्तरण गरेको छ।
समुदाय–प्रहरी साझेदारी कार्यक्रमको अवधारणा अनुरूप बजाज शोरुमका प्रबन्धक प्रदिप सन्थालियाले १ नम्बर प्रदेश प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब महानिरीक्षक सुदीप गिरिलाई हस्तान्तरण गरे।
प्रहरी नायब महानिरीक्षक गिरिले ९ सिट क्षमता भएको उक्त विद्युतीय अटो टेम्पो विशेषगरी आत्महत्या रोकथाम तथा न्यूनिकरण अभियान एवम् प्रहरी गस्ती पेट्रोलिङको लागि परिचालन हुने बताए।
बजाज शोरुमका प्रबन्धक सन्थालियाले प्रहरी नागरिकको निम्ति अहोरात्र खटिइरहेको उल्लेख गर्दै आगामी दिनमा समेत प्रहरीलाई आवश्यक सहयोग गर्दै जाने बताए।
काठमाडौं – अब दर्ता नगरी बाटोमा गुडाइएका विद्युतीय सवारीसाधनहरुलाई...
काठमाडौं – नेपाली बजारमा नयाँ चिनियाँ इलेक्ट्रिक कार ब्रान्ड ‘एलएस अटो’...
काठमाडौं– इलेक्ट्रिक स्कुटर बजारमा सक्रिय जीरो एमिसन राइड एनले आफ्नो नयाँ...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...