रोल्स रोयसको ई–एयरक्राफ्टले बनायो नयाँ रेकर्ड

रोल्स रोयसको ई–एयरक्राफ्टले नयाँ कीर्तिमान कायम गरेको छ । कम्पनीको इलेक्ट्रिक ‘स्पिरिट अफ इनोभेसन’ एयरक्राफ्टले सो कीर्तिमान बनाएको हो । यसले दुई नयाँ विश्व कीर्तिमान बनाएको छ । सो विमानले ३ किलोमिटरको उचाइमा लगभग ५५५.९ किलोमिटर प्रतिघन्टाको गतिमा उड्न सफल भएको थियो ।

यो विमानले सिमेन्स के ई–एयरक्राफ्ट एक्स्ट्रा ३३० एलई एरोबेटिकको कीर्तिमान पनि तोडेको छ । यो सिमेन्स ई–एयरक्राफ्टको नाममा २३१.०४ किलोमिटर प्रतिघन्टाको गतिमा उडेको रेकर्ड छ ।

रोल्स रोयसको सो एयरक्राफ्टले बेलायती रक्षा मन्त्रालयको एयरक्राफ्ट परीक्षण स्थल बोस्कम्बे डाउनमा १५ किलोमिटर प्रतिघन्टा ५३२.१ किलोमिटरको गतिमा उडेको थियो । यसले सबैभन्दा कम समयमा ३ हजार मिटरको उचाइमा पुग्ने कीर्तिमान पनि बनाएको छ । यसको सबैभन्दा तीव्र गति ६२३ किमी प्रतिघण्टा थियो ।

सो एयरक्राफ्टमा ४०० केडब्ल्युको इलेक्ट्रिक मोटर प्रयोग गरिएको थियो । यो मोटरले ५०० एचपीसम्मको पावर जेनेरेट गर्छ । एयरक्राफ्टमा परिक्षण पाइलट बाहेक, कम्पनीका फ्लाइट अपरेशन निर्देशक फिल ओडेल पनि यो रेकर्ड उडानको समयमा उपस्थित थिए । यस रेकर्डको लागि रोल्स–रोयसले एभिएसन इनर्जी स्टोरेज स्पेशलिस्ट यासासँग साझेदारी गरेको थियो ।

सम्बन्धित समाचारहरू

किन किन्नु हुँदैन ‘आर एन्ड डी’ नभएको इलेक्ट्रिक स्कुटर ?

किन किन्नु हुँदैन ‘आर एन्ड डी’ नभएको इलेक्ट्रिक स्कुटर ?

नेपालमा इलेक्ट्रिक सवारी साधनको लोकप्रियता दिन प्रतिदिन बढ्दै गएको छ ।...

होन्डाले ल्यायो यु–गो अफोर्डेबल इलेक्ट्रिक स्कुटर, दुई भर्सनमा उपलब्ध हुने

होन्डाले ल्यायो यु–गो अफोर्डेबल इलेक्ट्रिक स्कुटर, दुई भर्सनमा उपलब्ध हुने

होन्डाले चीनमा अफोर्डेबल इलेक्ट्रिक स्कुटर यु–गो लन्च गरेको छ । कम्पनीले...

टेस्लाले बेलायतमा ‘सेल्फ ड्राइभिङ’ कार बेच्न नपाउने, यस्तो छ कारण

टेस्लाले बेलायतमा ‘सेल्फ ड्राइभिङ’ कार बेच्न नपाउने, यस्तो छ कारण

टेस्लाले बेलायतमा ‘सेल्फ ड्राइभिङ’ कार बिक्री गर्न नपाउने भएको छ ।...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...