बी.एन. पाण्डे भन्छन् – गुणस्तरीय प्रोडक्ट र आफ्टर सेल्स सर्भिसका कारण ग्राहकको रोजाइमा ओएलएस
आयल ल्युब सिस्टम (ओएलएस) भारतको फरिदावादमा अवस्थित प्रसिद्ध अटोमोटिभ...
काठमाडौं– आइशर कमर्सियल भेहिकलको नेपालका लागि आधिकारिक विक्रेता बतास एमएडब्लू कमर्सियल भेहिकलले सर्भिस क्याम्प सुरु गरेको छ । देशका विभिन्न स्थानमा माघ ७ देखि शुरु भएको सो सर्भिस क्याम्प आगामी माघ १७ सम्म चल्ने छ । सो सर्भिस क्याम्प देशका १७ वटा विभिन्न ग्राहक सेवा केन्द्रमा संचालन हुने कम्पनीले जनाएको छ ।
काठमाडौं उपत्यकामा जगाती र सतुंगलस्थित सर्भिस सेन्टरमा र बिर्तामोड, इटहरी, जनकपुर, बिरगन्ज, हेटौंडा, दाङ, नेपालगञ्ज, सुर्खेत, धनगडीमध्ये आफूलाई पायक पर्ने स्थानबाट ग्राहकहरूले सेवा लिन सक्ने कम्पनीको भनाई छ । त्यसैगरी डिलर मार्फत् पोखरा, बुटवल, नारायणगढ, नौबिसे,नुवाकोट, त्रिशुलीबाट पनि ग्राहकले सेवा लिन सक्नेछन् ।
१० दिनमा १ हजार ५०० बढी गाडीको चेकजाँच एबं मर्मत सम्भार गर्ने लक्ष्य लिइएको क्याम्पमा ग्राहकले स्पेयर्स पार्ट्समा १२ प्रतिशत, लुब्रिकेंट्समा २० प्रतिश र विशेष मर्मतमा २५ प्रतिशत सम्मको छुट प्राप्त गर्न सक्नेछन् । साथै नियमित मर्मत सम्भार, ड्राइभर ट्रेनिंग, ब्याट्री तथा वायरिंग चेक–अप निशुल्क प्रदान गरिनेछ ।
बदलिँदो मौसमसँगै गाडीमा आइपर्ने विभिन्न समस्याहरूको समाधान गरी ग्राहकलाई उत्कृष्ट सेवाप्रदान गर्ने मुख्य उद्देश्यसहित आइशरले कमर्सिअल भेहिकल सर्भिस क्याम्पको आयोजना गरेको हो ।
आयल ल्युब सिस्टम (ओएलएस) भारतको फरिदावादमा अवस्थित प्रसिद्ध अटोमोटिभ...
कारलाई सफा गरे पनि यसको भित्रतिर लामखुट्टे र यस्तै विभिन्न प्रकारका रगत...
डिजेल इन्जिनले कम कार्बन उत्सर्जन र उच्च टर्क जेनेरेट गर्छ । तर पनि बाइकमा...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...