बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
काठमाडौं– आइसर गाडीको नेपालका लागि आधिकारिक वितरक बतास एमएडब्लुले देशका ११ स्थानलाई समेटी अयोजना गरेको मेगा सर्भिस क्याम्प सम्पन्न गरेको छ । सो सर्भिस क्याम्पबाट २ हजार ग्राहकले लाभ लिएको कम्पनीले जनाएको छ । क्याम्प भदौ १७ देखि २९ सम्म संचालन भएको थियो ।
तेह्र दिनसम्म चलेको क्याम्प निकै फलदायी भएको कम्पनीले जनाएको छ । कम्पनीले मेगा सर्भिस क्याम्पमा उपस्थित ग्राहकलाई जेन्यूइन पार्ट्समा६ महिनासम्म वारेन्टी प्रदान गरेको थियो ।
नियमित मर्मतसम्भारदेखि उच्च दक्ष प्राविधिक टोलीबाट अप्रत्यासित मर्मतको सुविधा पनि आइसरले ग्राहकलाई प्रदान गरेको छ । बिदाको समय तथा रात्रिकालीन सेवाका लागि आपतकालीन सेवा चौबिसै घण्टा सञ्चालन हुने पनि क्याम्पमा जानकारी गराइएको छ ।
बतास एमएडब्लूले सधैं गुणस्तरीय सेवालाई आफ्नो उद्देश्यको रूपमा प्राथमिकता दिएको जनाएको छ ।
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...